विपी अध्ययन प्रतिष्ठान बेलायतको संयोजकमा अर्जुन कटुवाल मनोनित

  • आइतबार, २४ भदौ, २०७५
  • 7 months ago
  • युके

 

लण्डन । विपी अध्ययन प्रतिष्ठान बेलायतको संयोजकमा अर्जुन कटुवाल मनोनित भएका छन् । 

 

प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष तथा विदेश विभाग प्रमुख दिनेश राईको उपस्थितिमा लण्डनमा सम्पन्न भेलाले गरेको सिफारिसमा कटुवाललाई संयोजक मनोनित गरिएको हो । 

 

गतसाता प्लमस्टिडमा जनसम्पर्क समिति बेलायतआबद्ध नेता, कार्यकर्ताको सहभागितामा उक्त भेला सम्पन्न भएको थियो । 

 

विपीका सिद्धान्त, आदर्श र विचारहरु सम्बन्धी अध्ययन गरी पार्टीलाई आवश्यक सरसल्लाह र निर्देशन गर्ने 'थिंक ट्यांक'का रुपमा विपी प्रतिष्ठान स्थापना भएको हो । पछिल्लो समय नेपालबाहिर समेत विभिन्न देशहरुमा प्रतिष्ठाका शाखाहरु स्थापना भएका छन् । 

 

प्रतिष्ठानको बेलायत संयोजकमा मनोनित कटुवाल बेलायतमा थुप्रै सामाजिक संघसंस्थाहरुमा क्रियाशिल रहंदै आएका अभियन्ता हुन् । एनआरएन यूकेका पूर्व उपमहासचिव उनी यूके नेपाल फ्रेण्डसिप सोसाइटीमा कोषाध्यक्ष तथा बुद्ध फाउण्डेसन यूकेमा महासचिव छन् । नेपालमा रहंदा राजनीतिमा समेत सक्रिय उनी नेविसंघ उदयपुर जिल्लाका पूर्व सभापति समेत हुन् । 

 

संयोजक कटुवालले अब प्रतिष्ठानको बेलायत शाखाले काम अघि बढाइसकेको बताएका छन् । १ महिनाभित्रै ७ देखि ११ सदस्यसम्मको पुर्ण कार्यसमिति चयन गराउने तयारी  सुरु भइसकेको छ । प्रतिष्ठानले प्रारम्भिक रुपमा बेलायतमा रहेका नेपाली कांग्रेस निकट एकेडेमिक तथा अन्य प्रोफेसनहरुलको तथ्यांक संकलनको कार्य सुरु गर्दैछ ।

 

यसैबीच १ सय ५ औं  विपी जयन्तीका अवसरमा समेत प्रतिष्ठान बेलायतको तर्फबाट संयोजक कटुवालले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । 

 


थप समाचार

श्रीलंका आक्रमणः यसरी गिर्जाघरमा पसेका थिए आक्रमणकारी, भिडियो सार्वजनिक

  • 14 minutes ago
श्रीलंका आक्रमणः यसरी गिर्जाघरमा पसेका थिए आक्रमणकारी, भिडियो सार्वजनिक

एजेन्सी । अन्ततः श्रीलंकामा भएको आक्रमणबारे केही प्रमाणहरु सार्वजनिक भएका छन् । श्रीलङ्कामा आइतबार ३ सय ५० बढिको ज्यान जानेगरी भएको विस्फोटनमध्ये एउटा गिर्जाघरमा एकजना सन्दिग्ध आक्रमणकारी छिरेको भिडि

दूधे बालकसहित पक्राउ गरेकाे भन्दै नेतृ सुवेदीलाई रिहा गर्न माग

  • 23 minutes ago
दूधे बालकसहित पक्राउ गरेकाे भन्दै नेतृ सुवेदीलाई रिहा गर्न माग

रुपन्देही । प्रतिबन्धित नेकपा रुपन्देहीकी जिल्ला नेतृ कल्पना सुवेदीलाई प्रहरीले दूधे बालकसहित पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरिएको छ । जिल्ला सेक्रेटरी अमर आरसीले एक विज्ञप्ति जारी गर

आन्तरिक पर्यटन मेला शुक्रबारदेखि

  • 33 minutes ago
आन्तरिक पर्यटन मेला शुक्रबारदेखि

काठमाडौँ । नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गर्न लाग



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अप्रिल २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि षष्ठी ,२३ घडी २३ पला, दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाषाढा, ४२ घडी ४४ पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध, ५३ घडी २१ पला, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त साध्य ।