बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

 

ब्रेनस्ट्रोक हुँदा टाउकोको एकापट्टीको भागमा प्यारालाइसिस हुने, मुख बांगिने, बेहोस् हुने, आँखा नदेख्ने आदि हुन्छ । मस्तिष्कको पूरै भागबाट रक्तसञ्चार बन्द भएमा मानिसको मृत्यु समेत हुन्छ । 

 

जसलाई जोखिमः

जुनसुकै उमेरका मानिसमा पनि मस्तिष्कघात वा पक्षघातको खतरा हुने गर्छ । यद्यपि, गर्भनिरोधक चक्की सेवन गरिरहेका महिला, मधुमेह, उच्च रक्तचाप, र कालेस्ट्रोलका बिरामीमा यसको जोखिम बढी हुन्छ । 

 

लक्षणः

ब्रेनस्ट्रोक हुँदा एक्कासि बेहोस् हुने हुन्छ । अन्य समस्याका कारण बेहोस् हुँदा मानिस एकै छिनमा आफै ठीक हुन्छ । तर, स्ट्रोक हुँदा लामो समयसम्म बेहोस् हुने अर्थात् होस मै नआउने हुन्छ । अचानक मुख बांगिने, प्यारालाइसिस हुने, कमजोर महसुस हुने, एक्कासि आँखा नदेख्ने हुने यसका मुख्य लक्षण हुन् । 

 

कारणः

ब्रेन स्ट्रोक हुनुका विभिन्न कारण छन् । अत्यधिक धुम्रपान गर्नु, बढी तनावयुक्त जीवन जिउनु आदी कारणले यसको जोखिम हुन्छ । 

 

उपचारः 

– ब्रेन स्ट्रोक भएमा सकेसम्म छिटो उपचार गरिसक्नुपर्छ । जति छोटो समयमा उपचार गर्न सकियो, त्यतिनै उपलब्धिमूलक हुन्छ । 

 

– मस्तिष्कमा रगत भरिदै गएको भए उपचार गर्न हतार गर्नुपर्छ । रक्तसञ्चार बन्द भएर पक्षाघातको स्थिति आएमा तीन घण्टाभित्र अस्पताल पु–याइसक्नुपर्छ । 

 

– रोगको अवस्था हेरेर शलयक्रिया वा औषधि सेवनबाट यसका् उपचार सम्भव छ । यद्यपि, नेपालमा अधिकांश अस्पतालमा न्युरो सर्जन छैनन् । यो आवश्यकता पूर्ति गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आवश्यक छ ।

 

यो जानकारी आजको नयाँ पत्रिका दैनिकबाट ।

 


थप समाचार

क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

  • 16 minutes ago
क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

दैलेख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले बुधबार हातपात गरेका छन् । गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमा

लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

  • 54 minutes ago
लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यावसाय र अन्य रोजगार पनि बन्द छ ।

कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

  • 1 hour ago
कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्ला मृतक दोलखाका ७



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।