Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थखल्ती र नेपाल इ–स्पोर्ट्स एसोसिएसनबीच साझेदारी

खल्ती र नेपाल इ–स्पोर्ट्स एसोसिएसनबीच साझेदारी


काठमाडौँ। खल्ती प्रा.लि र नेपाल इ–स्पोर्ट्स एसोसिएसनबीच इ–स्पोर्ट्सको पहुँच विस्तारको लागि साझेदारी सम्पन्न भएको छ।

यस साझेदारीले इ–स्पोर्ट्स क्षेत्रमा हुने टूर्नामेंट वा प्रतियोगिताको रजिस्ट्रेसनलाई डिजिटलाइज गरी बिभिन्न सुविधाका माध्यमबाट इ–स्पोर्ट्स को पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। साथै, खल्तीले गेमिङ इकोसिस्टममा प्रमुख भुमिका खेल्दै नेपालमा गेमिङको सम्भावना र भविष्यबारे सचेतना जगाउने उद्देश्य लिएको छ।

नेपाल इ–स्पोर्ट्स एसोसिएसन एउटा सामाजिक प्रभावकारी संस्था हो जसले समान पहुँचको सुनिश्चितता गरी ई–स्पोर्ट्सलाई पनि महत्वपूर्ण खेलको रूपमा प्रवर्द्धन र विकास गर्ने उद्देश्य लिएको छ। यसबाहेक, खल्तीसँगको यस साझेदारीले भुक्तानी प्रक्रियालाई सुव्यवस्थित र सुरक्षित बनाउन महत्वपुर्ण भुमिका खेल्नेछ।

साझेदारीको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हाम्रो लोकप्रिय र युवा लक्षित ब्रान्ड, नेपालको इ–स्पोर्ट्स इकोसिस्टमको डिजिटलाइजेशन र प्रवर्द्धनका लागि नेपाल इ–स्पोर्ट्स एसोसिएसनसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं। यसबाहेक, हामी नेपालका गेमरहरूका लागि सहज र सुविधाजनक भुक्तानी विधि प्रदान गर्दै खल्ती प्रयोग गर्न प्रोत्साहित गर्ने लक्ष्य लिई अघि बढेका छौँ।’

यसैबीच, नेपाल इ–स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज श्रेष्ठले भने,
‘नेपालमा इ–स्पोर्ट्स एस्पोर्ट्सका लागि यस किसिमको साझेदारी नयाँ कदम हो र हामी विश्वास गर्छौं कि निजी संस्थाहरूको समर्थनले इ–स्पोर्ट्सहरूलाई नयाँ उचाइमा पु¥याउनेछ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT