धारिलो हतियार प्रहारबाट राष्ट्रपतिका आकाङ्क्षी घाइते

रियो दि जेनेरियो, ब्राजिल । राष्ट्रपतिको निर्वाचन प्रचार प्रसारमा हिँडिरहेको समय दक्षिणपन्थी नेता जाइर बोल्सोनारोमाथि बिहीबार धारीलो हतियार प्रयोग गरी आक्रमण भएको छ । 

 

दक्षिणपन्थी दलका नेता बोल्सोनारोको दक्षिणपूर्वी शहर जुइज दे फोरामा आक्रमण भएको थियो । उनको तत्काल शल्यक्रिया गरिएको थियो । शरीरको मध्यभागका केही स्थानमा लागेका चोटको उपचार गराईरहनुभएका बोल्सोनारोको अवस्था स्थिर रहेको बताइएको छ । 

 

धारिलो हतियारको आक्रमणबाट घाइते राष्ट्रपतिका उम्मेदवार जाइर मेस्सियास बोल्सोनारोको शान्ता कासा दे जुइज फोरा अस्पतालमा शल्यक्रिया भएको अस्पतालका प्रवक्ताले पुष्टि गरे । 

 

बाहिरी चोटको उपचारपछि थप उपचारका लागि अल्बर्ट आइन्सटाइन अस्पतालमा पठाइएको फोरा अस्पतालका प्रवक्ताले जानकारी दिए । 

 

बोल्सोनारो राष्ट्रपतिका लागि बलियो आकाङ्क्षी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 


थप समाचार

म्याग्दीमा 'एक वडा, एक हेलिप्याड' अभियान शुरू

  • 1 minute ago
म्याग्दीमा 'एक वडा, एक हेलिप्याड' अभियान शुरू

गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु गरिएको छ ।

सुन र चाँदीको मूल्य स्थिर

  • 15 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुन र चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज मंगलबार नै कारोबार भएको मूल्यमा सुनको कारोबार भएको हो ।

कास्की १ मा ४ करोड बराबरका योजनाहरु सार्वजनिक

  • 17 minutes ago
कास्की १ मा ४ करोड बराबरका योजनाहरु सार्वजनिक

पूर्व स्वास्थ्यमन्त्री एवं कास्की संघिय निर्वाचन क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका योजनाहरु सार्वजनिक गरेका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।