नेयमारको भरमा ब्राजिल, यसपटक फ्यानहरु जिल्ल नपर्ने आशामा

  • बुधबार, २३ जेष्ठ, २०७५
  • 5 months ago
  • खेल

एजेन्सी । यो पटकको विश्वकपमा सर्वाधिक आशा गरिएका खेलाडी हुन् नेयमार । तीन महिनादेखि मैदान बाहिर रहेका उनले विश्वकपमा कस्तो खेल प्रदर्शन गर्ने हुन् सबैको चासोको विषय बनेको छ ।

 

सन् २०१४ को विश्वकपमा ब्राजिलले जर्मनीसँग सात गोलले पराजित भएको पिडा आज पनि उत्तिकै ताजा रहेको छ ।

 

यस पटकको विश्वकप जित्नै पर्ने दबाब उनीमाथि रहेकोछ  । सबै खेलाडी उच्च फर्ममा रहेका कारण पनि ब्राजिलले सबैभन्दा धेरै उनीबाट अपेक्षा गरेको फुटबल समिक्षकहरु बताउँछन् । 

 

यो वर्ष सर्वाधिक चर्चामा रहे ब्राजिलियन स्टार नेयमार । बार्सिलोनामा छदाँ लियोनल मेस्सीको ओझलमा परेको महसुस गरेका यी खेलाडीले अन्ततः बार्सिलोना छोड्ने निर्णय गरे । बार्सिलोनाले नेयमारको वाइ आउट क्लब २२२ मिलियन युरो राखेको थियो । फ्रेन्च क्लब पिएसजीले उक्त रकम तिर्न आफु तयार रहेको बताएपछि बार्सिलोना एकपटक झस्किएको थियो ।

 

तर, नेयमारले बार्सिलोना छोड्ने मनस्थिति बनाएपछि क्लबले उनलाई रोक्न चाहेन । लिग सिजन सुरुवात हुनुअघि नै वाइ–आउट क्लज तिर्दै पिएसजीले नेयमारलाई अनुबन्ध गर्यो । यो ट्रान्सफरसँगै उनी विश्वकै महँगा खेलाडी समेत भए । केही वर्ष पिएसजीले विश्वका उत्कृष्ट खेलाडीहरु आफ्नो क्लबमा अनुबन्ध गर्दै आइरहेको छ । यसको पछिल्लो उदाहरण हुन् नेयमार । युरोपका प्रतिष्ठित उपाधि जित्ने उसको लक्ष्य रहेको छ । 

 

विश्वकै महँगा खेलाडी नेयमारको सफलताको यात्रा

 

व्यवसायिक फुटबल खेलाडी नेयमार फरवार्ड लाइन वा विइगर दुवै स्थानबाट खेल्न सक्छन् । उनको पेश पनि उच्च रहेको छ । ब्राजिलको राष्ट्रिय टोली र हाल पिएसजी क्लबमा आवद्ध भएका उनलाई लालिगामा पनि राम्रै सफलता मिलेको थियो । सन् १९९२, ५ फ्रेबअरी, मोगी डास क्रुजेज, साओ पाउलोमा जन्मिएका नेयमार युथ टिम पोर्चुगुइसा सानिस्टाबाट खेल्न सुरु गरे । उनको ट्यालेन्ट देखेर सान्टोस एफसीले उनलाई आफ्नो क्लबमा ल्याउने मनसाय बनायो । तर, केही समय पश्चात नेयमारको परिवार नै सान्तोस सर्ने निर्णय गर्यो । अन्ततः नेयमार सन्तोस क्लबमा आवद्ध भए । 

 

१४ वर्षको कलिलो उमेरमा नेयमारले रियल मड्रिडको भ्रमण गर्ने मौका पाए । रियलबाट उनी फुटबल खेल्न चाहन्थे । तर, उनलाई बोनसको अफर गरेपछि  सान्तोसमा नै रहने निर्णय गरे । उनले खेल्ने समय पनि अधिक पाउन थाले । यसले उनको खेल्ने शैलीलाई परिष्कृत गर्यो । 

 

मार्च ७, २००९ मा उनले ओस्टेविरुद्धको खेलमा डेब्यु गरे । उनी त्यतिखेर १७ वर्षका मात्र थिए । पहिलो सिजनमा उनलाई सबै गरेर ४८ वटा खेल खेल्ने मौका दिइयो । 

 

उनले उक्त सिजनको भरपुर उपयोग गर्दै क्लबका लागि १४ महत्वपुर्ण गोल गरे । 

 

सन् २०१० मा नेयमारको चर्चा तब चुलियो जब उनले १९ खेलमा १४ गोल गर्दै क्यामीपियोनेटो पोलिस्टा लिग उपाधि जिताउन महत्वपुर्ण भुमिका खेले । 

 

‘बेस्ट पर्फमेन्स’ दिएका कारण उनी त्यस सिजन लिगको उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल रहे । 

 

त्यसपछि उनलाई किन्न विश्वका चर्चित र धनी क्लबहरु लागि नै परे । तर, सान्तोसले उनलाई रोकेर राख्यो । उनलाई दिने सेवा सुविधामा ५० प्रतिशत वृद्धि गरियो । युरोपियन क्लबले दिने सुविधा उनले पाउन थाले । 

 

सन् २०११ मा पनि उनले क्लबलाई क्यामीपियोनेटो पोलिस्टा लिग उपाधि जिताउन सफल रहे भने फिफा क्लब वल्र्डको फाइनलमा समेत पुर्याउन सफल रहे । सन् २०११ मा उनको योगदानको कदर गर्दै उनलाई ‘साउथ अमेरिकन फुटबल अफ द इयर अवार्ड’ बाट सम्मानित गरियो । 

 

सन् २०१२ मा पनि पुन सोही अवार्डबाट उनी सम्मानति भए । 

 

२० वर्षको उमेरमा उनले क्लबका लागि १०० गोल गरे । हाल उनी ब्राजिलका नम्बर वन खेलाडी भएको र उनको कला कौशल उत्कृष्ट खेलाडीहरुमध्ये रहेको फुटबल पण्डितहरुको बताए । 

 

सन् २०१७, जुन २७ मा उनले बार्सिलोना जाने निर्णय गरे । पाँच वर्षको सम्झौता गर्दै ५७ मिलियन युरोमा उनी बार्सिलोना गए । युरोपियन उपाधिका लागि खेल्ने उनको सपना पुरा भयो । बार्सिलोनामा उनले लियोनल मेस्सी, एद्री इनिएष्टा, जाभी हर्नानडेज, पिक्यु जस्ता विश्वकै उत्कृष्ट खेलाडीको साथ पाए । 

 

सन् २०१० मा अमेरिकाविरुद्धको खेलमा नियमारले राष्ट्रिय टोलीबाट डेब्यु गरे । पहिलो खेलमा नै उनलाई सफलता मिल्यो । उनले २८ औ मिनेटमा सानदार गोल गरे । उनी राष्ट्रिय टोलीमा लगातार पहिलो रोजाइको खेलाडी बन्न पुगे । सन् २०१२ मा भएको ओलम्पिक खेलमा उनले राष्ट्रिय टोलीबाट तीन गोल गर्दै सिल्भर मेडल जिताउन सफल रहे । 

 

सन् २०१३ मा भएको कन्फेडेरेशन कपमा उनीमाथि ठुलो दबाब रह्यो । तर, उनले  आफ्नो जिम्मेवारी निकै राम्रोसँग बुझेका थिए । उनले उक्त कपमा चार गोल गरे । उनको खुसीको क्षण त्यतिखेर आयो जब उनले ‘गोल्डेन बल अवार्ड फर द बेस्ट प्लेयर’ को उपाधि जिते । 

 

आज उनी एक सफल खेलाडी बनिसकेका छन् । उनको अपेक्षा भनेको मेस्सी र रोनाल्डोले जितेको बेलोन डि’ओरको उपाधि जित्नु हो । बार्सिलोनामा रहँदा लियोनल मेस्सीको ओझेलमा परेको अनुभत गरेका उनले अन्तत पिएसजी जाने अन्तिम निर्णय गरे । उनले पिएसजीबाट अब कस्तो खेल प्रदर्शन गर्ने हुन् र उनको सफलताको उचाइ अझ कति माथि पुग्ने हो त्यो भने हेर्नै बाँकी रहेको छ । 

 

विश्वकपको तयारी

 

ब्राजिलः धेरै भन्छन् ब्राजिल पहिला जस्तो किलर टिम रहेन । सन् २०१४ को विश्वकपमा जर्मनीसँग सात गोलले पराजित भएको ब्राजिल यसपटक भने नयाँ इतिहास रच्ने दाउमा रहेको छ । फ्यानहरुको विश्वास फेरि जित्न यसपटकको विश्वकप जित्नै पर्ने दबाबमा ब्राजिल रहेको छ । 

 

ब्राजिलको विश्वकप उपाधि इतिहास

सन् १९५८ मा स्वीडेनलाई पराजित गर्दै ब्राजिलले पहिलो पटक विश्वकप उपाधि जितेको थियो । स्वीडेनमा नै आयोजित भएको उक्त विश्वकपमा ब्राजिलले स्वीडेनलाई ५–२ गोलले पराजित गरेको थियो । सन् १९६२ मा लगातार दोस्रो पटक ब्राजिलले विश्वकप जित्न सफल भयो । चिलीमा सम्पन्न भएको उक्त विश्वपकमा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलले पराजित गर्दै विश्वकप उपाधि जितेको थियो । 

 

सन् १९७० मा मेक्सिकोमा आयोजना भएको विश्वकपमा ब्राजिलले इटालीलाई ४–१ गोलले पराजित गर्दै तेस्रोपटक विश्वकप उपाधि जितेको थियो । त्यसपछि भने ब्राजिलले लामो समय विश्वकप उपाधि जित्न सकेन । अमेरिकामा आयोजना भएको सन् १९९४ मा भएको विश्वकपमा इटालीलाई ट्राइबेकरमा हराउँदै पुन विश्वकप उपाधि उचाल्यो । 

 

सन् २००२ मा दक्षिण कोरिया र जापानमा आयोजना भएको विश्वकपमा जर्मनीलाई पराजित गर्दै ब्राजिलले पाँचौ पटक विश्वकपको उपाधि उचाल्यो । पाँच पटकको विश्वकप विजेता रहेको ब्राजिल यसपटकको विश्वकपको ग्रुप इ मा रहेको छ । उसले यस ग्रुपमा स्वीजरल्याण्ड, कोस्टारिका र सर्भियासँग आमनेसामने गर्नेछ । निकै बलियो विश्वकप इतिहास भएको ब्राजिलले पछिल्ला विश्वकपहरुमा भने खासै गतिलो खेल प्रदर्शन गर्न सकेको छैन । ब्राजिलमा नै आयोजना भएको सन् २०१४ को विश्वकपमा ब्राजिलले भोगेको लज्जास्पद हारले पनि यस कुराको पुष्टि गर्छ । 

 

सन् २०१६ मा ब्राजिलको प्रशिक्षकमा टिटेको आगमन भएको थियो । उनको आगमनले ब्राजिलको खेलमा नयाँ रुपान्तरण भयो । उनले लगातार ९ खेल जिताउँदै ब्राजिललाई विश्वकपमा छनोट गराउन सफल भए । 

 

बार्सिलोनामा आझेलमा परेको महसुस गरेका नेयमारले गएको सिजन पिएसजी जाने निर्णय गरे । पिएसजीमा आएपछि उनले आफ्नो जिम्मेवारी पुरा गर्दै उपाधि जिताउन पनि सफल भए । अब उनको काँधमा अर्को ठुलो जिम्मेवारी थपिएको छ । दोस्रो पटक विश्वकपमा उत्रिन लागेका उनी फिट अवस्थामा आइसकेका छन् । पिएसजीको अन्तिम खेलतिर घाइते भएका उनी विश्वकपका लागि भने जिम्मेवारीसहित उत्रिनेछन् । 

 

टिम विश्लेषण

 

गोलकिपरः एलिसन, एडेरसन, क्यासियो

 

डिफेन्डरः मिरान्डा, मार्किन्होस, थियागो सिल्भा, मार्सेलो, फिलिप लुईस, ड्यानिलो, फाग्नर, पेड्रो गेरोमेल

 

मिडफिल्डरः कासेमिरो, फर्ना्न्डिन्हो, पाउलिन्हो, रेनाटो अगस्तो, विलियन, फ्रेड, फिलिप कोटिन्हो

 

फरवार्डः ग्याब्रियल जिसस, रोबटो फर्मिनो, डगलस कोस्टा, टाईसन, नेयमार

 

ब्राजिलको पछिल्लो खेल हेर्ने हो सबै पक्ष सबल नै देखिन्छ । नेयमार, फिरमिन्हो, कोटिन्हो, ग्राबियल कोस्टा जस्ता स्टाइकरहरु उच्च फर्ममा रहेका छन् । मिडफिल्ड पनि उत्तिकै बलियो रहेको छ । 

 

कासिमेरो, कासेमिरो, फर्ना्न्डिन्हो, पाउलिन्हो, रेनाटो अगस्तो, विलियन, फ्रेड जस्ता खेलाडीहरुले भरिएको ब्राजिलले यस पटक नतिजा निकाल्न सक्षम रहेको देखाउँछ । 

 

मिरान्डा, मार्किन्होस, थियागो सिल्भा, मार्सेलो, फिलिप लुईस, ड्यानिलो, फाग्नर, पेड्रो गेरोमेल डिफेण्डरहरु पनि उत्तिकै लयमा रहेका छन् । लामो समयको अभ्यास र अनुभवका कारण पनि उनीहरुले विपक्षीलाई कडा चुनौती दिनेमा फुटबल विश्लेषकहरु बताउँछन् । 

 

गोलरक्षकमा रहेका छन् इडरसन , एलिसन र क्यायिो । उनीहरुको क्लब फुटबलको रेकर्ड पनि बलियो रहेको छ । 

ग्रुप स्टेजको खेल सजिलै पार गर्ने फुटबल विश्लेषकहरु बताउँछन् । यसपटक ब्राजिलको पुरै टिम सबै खेलाडीहरुको रेकर्ड राम्रो रहेको र विश्वकपमा यसको प्रभाव पनि राम्रो रहने उनीहरुको भनाइ छ । 

 

 


थप समाचार

के छ ब्रेक्जिट सम्झौतामा ?

  • 2 hours ago
के छ ब्रेक्जिट सम्झौतामा ?

सम्झौतामा समावेश रहेको सबैभन्दा विवादित विषय भने आयरल्याण्डसंगको बोर्डर हो । सम्झौताले आयरल्याण्डसंग बेलायतको कुनै भौतिक बोर्डर नरहने प्रतिबद्धता गरेको छ ।

विज्ञापनको व्यापार, सबैतिर व्यापक

  • 2 hours ago
विज्ञापनको व्यापार, सबैतिर व्यापक

अहिले समाजसेवामा पनि विज्ञापन खुब चलेको छ । यसो दुई चार हजार दान गर्यो । मान, समान र खादा ग्रहण गर्यो । सामाजिक संजाल रंगायो । दान दिने र लिने दुवैको चर्चा । जतातेतै वावाही बटुल्यो । बधाई लिने फुर्सद

साफ फुटबल आयोजना गर्दै नेपाल

  • 5 hours ago
साफ फुटबल आयोजना गर्दै नेपाल

काठमाडौँ । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।