IIMS College

ISMT

HUB Education

ब्रेक्जिट डिलमाथिको चौंथो भोटिङ जुन पहिलो साता

  • बुधबार, १ जेष्ठ, २०७६
  • 4 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेको ब्रेक्जिट सम्झौताको प्रस्तावमाथि आउँदो जुन महिनाको पहिलो साता बेलायती संसदमा पुनः भोटिङ हुने भएको छ । 

 

यसअघि तीनपटकसम्म संसदबाट अस्वीकृत सम्झौतालाई चौंथोपटक भोटिङमा लैजान लागिएको हो । 

 

प्रधानमन्त्री मेले युरोपेली संघसंग गरेको सम्झौताको सहमति बेलायती सांसदहरुबाट अनुमोदन हुन नसकेपछि ब्रेक्जिट प्रक्रिया अहिले अन्योलमा छ । 

 

यसैबीच, जुनको पहिलो साता हुने भनिएको भोटिङ अन्तिम हुने ब्रेक्जिट सेक्रेटरी स्टेफन बार्कलेले बताएका छन् । यसपटक पनि सम्झौता संसदबाट पास नभएको अवस्थामा बेलायतले नो डिल ब्रेक्जिटको सामना गर्ने वा ब्रेक्जिट नै स्थगित हुन सक्ने उनको भनाइ थियो । 

 

सम्झौतामा सहमति जुटाएर गतिरोध अन्त्य गर्ने प्रयासमा विपक्षी लेबर पार्टीसंग प्रधानमन्त्रीको संवाद जारी छ । तर अहिलेसम्म कुनै निश्कर्ष निस्किन सकेको छैन ।

 

लेबर नेता जेरेमी कोर्बिनले कुनै नयाँ सहमतिमा पुग्न नसकेको अवस्थामा आफुहरुले सम्झौताको विपक्षमै मत दिने बताइसकेका छन् । 

 

प्रधानमन्त्री टेरेसा मेले भने यसपटक सम्झौतालाई संसदबाट अनुमोदन गराएर ब्रेक्जिटलाई निश्कर्ष दिने आफ्नो प्रयत्न जारी राखेकी छन् । समझौताको अनुमोदन हुन सके मात्रै बेलायती जनताले सांसदहरुलाई दिएको म्याण्डेट पूरा हुन सक्ने भनाइ उनले राख्दै आएकी छन् । 

 

सम्झौता पास भएको खण्डमा आफुले पदबाट राजिनामा गर्ने उनले बताएकी छन् । तर राजिनामाको यकिन तिथि तोक्नुपर्ने भन्दै उनीमाथि पार्टी पंक्तिबाटै दबाब बढ्दै गएको छ । 

 


थप समाचार

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

  • 11 minutes ago
अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेव

७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

  • 18 minutes ago
७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको महासचिव पदमा डा हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । बेलायतबाट शर्माले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै त्यसलाई कार्यान्वयन गर्न योजना र

१० तस्बिरमा हेर्नुहोस प्रियंकाको लुक्स

  • 23 minutes ago
१० तस्बिरमा हेर्नुहोस प्रियंकाको लुक्स

एजेन्सी । बलिउडमा स्थापित भएर हलिउडमा समेत आफ्नो कलाले प्रशंसा बटुलेकी अभिनेत्री हुन् प्रियंका चोपडा । उनको सन् १९८२ जुलाई १८ मा बिहारमा जन्म भएको हो । उनी सन् २००० मा मिस वल्र्ड बनिन् । उनले सन् २००३



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।