ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

  • मंगलबार, २७ कार्तिक, २०७५
  • 6 months ago
  • युके

 

लण्डन । युरोपेली संघबाट बेलायतको औपचारिक बहिर्गमनका लागि ब्रेक्जिट सम्झौताका विषयमा बेलायत र संघका वार्ताकारहरु सहमतिमा पुगेका छन् । 

 

यो हप्ता दुई पक्षबीच भएका गहन छलफलहरुको श्रृंखलापछि दुवै तर्फका अधिकारीहरुको प्राविधिक तहमा सम्झौताको ड्राफ्टमा सहमति जुटेको बेलायती अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ । 

 

युरोपेली संघसंग सहमति बनेको सम्झौताका विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री टेरेसा मेले बुधबार मन्त्रीपरिषदको विशेष बैठक आव्हान गरेकी छन् । बुधबर अपरान्ह बस्ने उक्त बैठकमा मन्त्रीहरुले उक्त सम्झौतामा आफुहरुको समर्थन रहने वा नरहनेबारे प्रधानमन्त्रीलाई बताउनेछन् । 

 

सम्झौताको लागि सहमति गरिएको ड्राफ्टमा बेलायती मन्त्रिपरिषदमा सहमति नजुटेको अवस्थामा युरोपेली संघका बांकी सदस्य राष्ट्रका प्रतिनिधीहरुले बुधबार सांझ नै बैठक बसेर नयां रणनीति तय गर्ने योजना बनाएका छन् । 

 

यता बुधबारको मन्त्रीपरिषद बैठकअघि प्रधानमन्त्री मेले सबै मन्त्रीहरुलाई छुट्टाछुट्टै भेटेर आफ्नो पक्षमा समर्थन जुटाउने प्रयत्न गर्दैछिन् । मंगलबार सांझसम्म प्रधामन्त्रीले सम्झौताको ड्राफ्ट सबै मन्त्रीहरुलाई वितरण गर्ने जनाइएको छ । 

 

बेलायत युरोपेली संघबाट औपचारिक बाहिरिनको लागि आउंदो वर्षको मार्च २९ को डेडलाइन तोकिएको छ । ब्रेक्जिट प्रक्रिया तोकिएकै समयसीमामा पूरा गर्नको लागि दुई पक्षबीचको ब्रेक्जिट सम्झौतामा यहि नोभेम्बर महिनाभित्रै सहमति बन्न आवश्यक छ । डेडलाइन घर्किदै जांदा समेत आइरिस बोर्डरसहितका केहि महत्वपुर्ण बुंदामा सहमति नबनेपछि बेलायती प्रधानमन्त्री मेमाथि दबाब बढ्दै गएको थियो । 

 

सम्झौताको ड्राफ्टमा सहमति बनेपनि उक्त सम्झौतामा सकारका अरु मन्त्रीहरु, उनको आफ्नै दल र संसदका अरु सांसदहरुको समर्थन जुटाउन भने प्रधामन्त्री मेसामु अझै पनि चुनौति बांकी नै छ । 

 


थप समाचार

'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

  • 5 hours ago
'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।

आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

  • 5 hours ago
आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

फिदिम । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वर

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

  • 6 hours ago
‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारो



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

विचित्र विश्व

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

एजेन्सी । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।