के छ ब्रेक्जिट सम्झौतामा ?

  • मंगलबार, ४ मंसिर, २०७५
  • 2 months ago
  • युके

ब्रेक्जिट विवादले अन्योल

लण्डन । ब्रेक्जिट सम्झौताका लागि युरोपेली संघसंग गरिएको सहमतिपछि बेलायतमा व्यापक राजनीतिक अन्योलको स्थिति उत्पन्न भएको छ । 

 

सम्झौताको सहमतिमा असहमति राख्दै सरकारका केहि प्रभावशाली मन्त्रीहरु समेतले राजिनामा गरेपछि प्रधानमन्त्री टेरेसा मेमाथि चर्को दबाब सिर्जना भएको छ ।

 

त्यस्तै, कञ्जरभेटिभ पार्टीका ब्रेक्जिट समर्थक प्रभावशाली सांसदहरुको एक समुहले प्रधानमन्त्री मेको नेतृत्वलाई नै चुनौति दिदै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन् । प्रधानमन्त्रीको समर्थनमा उभिएका सरकारका केहि वरिष्ठ मन्त्रीहरुले पनि संघसंग गरिएको सम्झौतामा केहि विषय परिवर्तन गर्न प्रधानमन्त्रीलाई सुझाएका छन् । 

 

युरोपेली संघसंग सहमति गरिएको सम्झौतासंग असहमत ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राब, वर्क एण्ड पेन्सन मन्त्री एस्थर म्याकभी र अरु केहि जुनियर मन्त्री समेत गरी ५ जनाले सरकारबाट राजिनामा गरेका हुन् । 

 

मन्त्रीपरिषद बैठकले सम्झौताको पक्षमा समर्थन दिएपनि उक्त सम्झौताको विपक्षमा उभिने मन्त्रीहरुको संख्या पनि उल्लेख्य पाइएको छ । 

 

यसअघि महिनौंको ठूलो कसरतपछि बेलायत र युरोपेली संघका वार्ताकारहरु गतसाता ब्रेक्जिट सम्झौताको मस्यौदामा सहमतिमा पुगेका थिए ।

 

 

के छ सम्झौतामा ?

 

सम्झौतामा ब्रेक्जिटपछि बेलायतमा युरोपेली नागरिक र युरोपमा बेलायती नागरिकका अधिकारको प्रत्याभुति गरिएको छ । अहिले जे जस्तो अवस्थामा काम वा अध्ययन गरिरहेका छन्, उनीहरुले त्यसलाई त्यसरी नै निरन्तरता दिन पाउनेछन् । 

 

सम्झौतामा सन् २०१९ को मार्च २९ मा औपचारिक ब्रेक्जिट भइसकेपछि २१ महिनाको लागि ट्रान्जिसन को समय तोकेको छ । जुन आपसी सहमतिमा बढाउन सक्ने समेत भनिएको छ । 

 

बेलायतले डिभोर्सका लागि युरोपेली संघलाई न्यायोचित हुने गरी रकम बुझाउने सहमति छ । जसलाई ३९ विलियन पाउण्डको डिभोर्स बिलका रुपमा बुझिएको छ । 

 

सम्झौतामा समावेश रहेको सबैभन्दा विवादित विषय भने आयरल्याण्डसंगको बोर्डर हो । सम्झौताले आयरल्याण्डसंग बेलायतको कुनै भौतिक बोर्डर नरहने प्रतिबद्धता गरेको छ । 

 

यसको अर्थ ट्रान्जिसनको अन्त्यसम्ममा पनि बेलायत र युरोपेली संघबीच व्यापारसम्बन्धी कुनै सम्बन्ध वा समझदारी बन्न नसकेको अवस्थामा पनि आयरल्याण्डसंग कुनै भौतिक बोर्डर राख्न पाइनेछैन । र कैयौं व्यापार सम्बन्धहरुको लागि युरोपेली संघसंग नर्दन आयरल्याण्डको सम्बन्ध केहि हदसम्म कायम नै रहनेछ । 

 

यो शर्तका कारण ब्रेक्जिटपछि पनि बेलायत कुनै न कुनै रुपमा युरोपेली संघसंग बांधिराख्नुुपर्ने भन्दै ब्रेक्जिट समर्थकहरुले बेलायतमा चर्को आलोचना गरिरहेका छन् ।  । 

 


थप समाचार

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 42 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 44 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।

रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

  • 54 minutes ago
रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

नयाँ दिल्ली । शुक्रबार रिलिज भएको चलचित्र ‘गल्ली ब्वाय’बाट रणवीर सिंहले आफुलाई एकपटक फेरि प्रमाणित गरेका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।