ब्रेक्जिट बहस : आम निर्वाचनमा जान विपक्षी लेबर नेताको माग

  • बिहीबार, २६ पुष, २०७५
  • 5 months ago
  • युके
Education Park

 

लण्डन । बेलायती संसदमा बहुप्रतिक्षित ब्रेक्जिट डिलमाथिकोे मतदान आउंदो साता हुंदैछ । डिललाई संसदबाट थ्रु गराउन प्रधानमन्त्री मेले अन्तिम कसरत जारी राख्दा डिल पास नभए के हुने भन्ने विषयमा भने अन्योल कायम छ । 

 

प्रमुख प्रतिपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ताजा जनादेशको लागि आम निर्वाचन नै अबको उत्तम विकल्प रहने बताएका छन् । 

 

ब्रेक्जिटका सम्बन्धमा दोस्रो जनमत संग्रह गरिनुपर्ने आवाज उनको पार्टीभित्र समेत बढ्दै जांदा नेता कोर्बिनले भने आफ्नो पहिलो प्राथमिकता आम निर्वाचन नै रहने बताएका छन् । 

 

निर्वाचनमार्फत आउने ताजा जनादेशसहितको नयां सरकारलाई ब्रेक्जिटका सम्बन्धमा युरोपेली संघसंग प्रभावकारी वार्ता गर्न सहज हुने भन्दै उनले आम निर्वाचन आव्हान गर्न माग गरेका छन् । 

 

कोर्बिनले प्रधानमन्त्री मेलाई उनको डिलमा आत्मविश्वास भए आम निर्वाचनमार्फत जनतालाई निर्णयको अधिकार दिन चुनौति दिएका छन् । 

 

सत्तारुढ कञ्जरभेटिभ पार्टी र प्रधानमन्त्री टेरेसा मेले भने प्रतिपक्षी लेबर पार्टीसंग ब्रेक्जिटका लागि कुनै योजना नै नरहेको तथा राष्ट्रिय स्वार्थभन्दा आफ्नो पार्टीको स्वार्थलाई बढि महत्व दिएर राजनीति खेलेको आरोप लगाएका छन् । 

 

आउंदो मंगलबार बेलायती संसदमा हुने मतदानमा लेबरसहितका विपक्षी पार्टी र सत्तारुढ दलकै कैयौं सांसदहरुले प्रधानमन्त्रीले प्रस्ताव गर्ने डिलविरुद्ध मत दिने अनुमान छ । उक्त मतदानमा डिल पास हुन नसकेको अवस्थामा लेबर पार्टीले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । 

 

त्यस अवस्थामा बहुमत सांसदहरुको समर्थन प्राप्त गर्न नसके प्रधानमन्त्री टेरेसा मेलाई अफ्ठेरो पर्नेछ । पहिलो पटक विश्वासको मत जित्न नसके थप १४ दिनभित्रमा आवश्यक मत जित्न एक मौका प्रधानमन्त्रीले पाउनेछिन् । त्यस अवसरमा पनि उनी विफल भए आम निर्वाचन आव्हान गर्नुपर्नेछ । 

 

बेलायत आउंदो मार्च २९ मा युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिने कार्यक्रम छ । ब्रेक्जिट डिल बेलायती संसदबाट पास हुन नसकेको अवस्थामा भने यो डेडलाइन अनिश्चित बन्नेछ । 

 


थप समाचार

के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

  • 1 minute ago
के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

के यो तेस्रो विश्वयुद्धको घण्टी हो ? इरानसँग अमेरिकाको एकपछि अर्को घटनाले दुश्मनी निम्त्याइरहेको छ भने युद्धको घण्टी पनि बज्न थालेको विश्लेषकहरुले बताएका छन् । इरानको डिफेंस नेटवर्कमा साइबर अट्याक गरे

बारेकोट गाउँपालिकाका अध्यक्ष शाहको कार्याकक्षमा शंकास्पद वस्तु फेला

  • 24 minutes ago
बारेकोट गाउँपालिकाका अध्यक्ष शाहको कार्याकक्षमा शंकास्पद वस्तु फेला

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहको कार्याकक्षमा शंकास्पद वस्तु फेला परेको छ । मंगलबार बिहान खतरा लेखिएको सुतली बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि स्थानीयमा त्रास फैलि

फिल्म ‘कबिर सिंह’को कमाइ कति ?

  • 25 minutes ago
फिल्म ‘कबिर सिंह’को कमाइ कति ?

एजेन्सी । बलिउडमा गएको हप्ता रिलिज भएको फिल्म हो कबिर सिंह । यस फिल्मले बक्स अफिसमा एकपछि अर्को दिन राम्रो कमाइलाई सन्तुलित राखेको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।