ब्रेक्जिट सम्झौताको संशोधनहरुमा बेलायती संसदमा मतदान हुंदै
- मंगलबार, १५ माघ, २०७५
- 10 months ago
- युके




लण्डन । २ साताअघि बेलायती संसदमा प्रधानमन्त्री टेरेसा मेले प्रस्ताव गरेको ब्रेक्जिट सम्झौता भारी मतबाट अस्वीकृत भएपछि सो प्रस्तावको संशोधनहरुमा सांसदहरुले मतदान गर्ने भएका छन् ।
प्रस्तावका विभिन्न बुंदामा सांसदहरुले पेश गरेका संशोधनहरुमा मंगलबार सांझ बेलायती संसदमा मतदान हुंदैछ ।
सम्झौतामा गराइएका के कस्ता संशोधनहरुमा मतदान हुन लागेको भन्ने सार्वजनिक हुन बांकी छ । उक्त प्रस्तावहरुमाथि मंगलबार दिउंसो संसदमा छलफल हुने र सांझ ७ बजे मतदान हुने कार्यक्रम छ ।
सम्झौताको सबैभन्दा विवादित आइरिस बोर्डरसम्बन्धी सहमतिको विकल्पमा इन्सुरेन्स पोलिसीको पक्षमा मतदान गर्न सत्तारुढ कञ्जरभेटिभ पार्टीका सबै सांसदहरुलाई आव्हान गरिएको छ । यसअघि सो दलका १ सय १८ सांसद समेतले विपक्षमा मत दिएपछि प्रधानमन्त्री मेले प्रस्ताव गरेको ब्रेक्जिट सम्झौताको प्रस्ताव संसदबाट अनुमोदन हुन सकेको थिएन ।
मंगलबार दिउंसो संसदमा छलफल सुरु भएपछि सभामुखले कुन कुन संशोधनमाथि मतदान हुने जानकारी गराउनेछन् ।
यसअघि सांसदहरुले सरकारको ब्रेक्जिट सम्झौतासम्बन्धी प्रस्तावका कैयौं बुंदामा संशोधनहरु प्रस्ताव गरेका छन् । जसमा बिना कुनै सम्झौता संघबाट बाहिरिनेदेखि मार्च २९ को लागि निर्धारित ब्रेक्जिटको डेडलाइन पर सार्नेसम्मका प्रस्तावहरु छन् ।
प्रधानमन्त्री टेरेसा मेको प्रवक्ताले भने मंगलबार सांझको मतदानपछि यथासक्य छिटो ब्रेक्जिट सम्झौताको प्रस्तावमाथि संसदमा अर्को अर्थपुर्ण मतदान हुने बताउका छन् ।
२ साताअघि संसदबाट सम्झौता अस्वीकृत भएपछि अवरुद्ध बनेको ब्रेक्जिटको प्रक्रियाले मंगलबार सांझको संसदीय मतदानकोे नयां मोड लिने आशा गरिएको छ ।
थप समाचार
प्रिमियर लिगमा आज कुन–कुन खेल हुँदै ?
- 5 minutes ago

काठमाडौं । क्लब फुटबलमा सर्वाधिक चर्चित लिग इंग्लिस प्रिमियर लिगमा आज शनिबार म्याचविक १७ अन्तर्गत ६ खेल हुँदैछ । नेपाली समय अनुसार बेलुका ६ः१५ बजे शीर्षस्थानमा रहेको लिभरपुलले आफ्नै घरेलु मैदानमा वाटफ
साडी लगाउँदा कस्ती देखिन्छिन् अभिनेत्री प्रियंका कार्की ?
- 11 minutes ago

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् प्रियंका कार्की । उनको जन्म सन् १९८७, फ्रेबुअरी २७ काठमाडौँमा भएको थियो । उनको मातापितको नाम भुपेन्द्र र रक्षा कार्की हो ।
काठमाडौँको एक घरबाट दिउँसै साढे १४ लाख बराबरको चोरी
- 14 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३, कालिमाटीस्थित एक घरबाट दिउँसै साढे १४ लाख बराबरको चोरी भएको छ ।
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।
विचित्र विश्व
यो रहस्यमयी खाडल, कसैले गहिराई नाप्न नसकेको यसलाई ‘नर्कको द्वार’ पनि भन्ने गरिन्छ

एजेन्सी । विश्वमा अनौठा घटनाहरु घटिरहन्छन् । त्यस्ता घटनाले मानिसलाई अचम्मित बनाउँछन् । यस्तै एक रहस्यमयी घटना चेक रिपब्लिक देशको ‘होउस्का क्यासल’मा पनि घटेको थियो ।