ब्रेक्जिट : नो डिलको पक्ष, विपक्षमा संसदमा मतदान हुंंदै

  • बुधबार, २९ फागुन, २०७५
  • 1 week ago
  • युके

 

लण्डन । प्रधानमन्त्री टेरेसा मेको ब्रेक्जिट डिलको प्रस्ताव बेलायती संसदमा दोस्रोपटक पनि भारी मतले अस्वीकृत भएपछि नो डिलका विषयमा मतदान गराइने भएको छ । 

 

बुधबार सांझ ७ बजे हाउस अफ कमन्समा नो डिलको पक्ष र विपक्षमा मतदान हुंदैछ । अधिकांश सांसदहरु नो डिलको पक्षमा नरहेको अवस्थामा नो डिलको प्रस्तावलाई संसदले खारेज गरिदिने आंकलन गरिएको छ ।

 

नो डिलको पक्षमा बहुमत सांसदले मत दिए तोकिएको मार्च २९ कै डेडलाइनमा बेलायत युरोपेली संघबाट बिना कुनै डिल बाहिरिनेछ । तर नो डिलको विपक्षमा बढि मत आए भोली विहिबार मार्च २९ को डेडलाइन पर सार्ने विषयमा मतदान गराइनेछ । उक्त प्रस्तावको पक्षमा बहुमत आए प्रधानमन्त्री मेले ब्रेक्जिटको डडलाइन पर सार्न युरोपलाई आग्रह गर्नेछन् । 

 

यसअघि मंगलबार सांझ प्रधानमन्त्री मेको ब्रेकिजट सम्झौताको प्रस्तावमाथि दोस्रोपटक मतदान हुंदा उक्त प्रस्ताव अस्वीकृत भएको थियो । प्रस्तावको पक्षमा २ सय ४२ सांसदले मत दिंदा विपक्षमा ३ सय ९१ मत परेको थियो । 

 


विपक्षी पार्टीका सांसदहरु मात्र नभएर सरकार समर्थक डियुपी र सत्तारुढ दलकै ७५ सांसदले डिलको विपक्षमा मत हालेका थिए । 

 

यसअघि जनवरीमा डिलमाथि गरिएको पहिलो मतदानमा २ सय ३० मतको भारी अन्तरबाट डिल अस्वीकृत भएको थियो । 

 

प्रधानमन्त्रीको डिल दोस्रोपटक संसदबाट अस्वीकृत भएपछि प्रमुख विपक्षी लेबर नेता जेरेमी कोर्बिनले आम निर्वाचनमा जानुपर्ने माग गरेका छन् । 

 

 


थप समाचार

एलोभेरा जुसका फाइदा

  • 21 minutes ago
एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

तौल कम हुनुको कारण

  • 1 hour ago
तौल कम हुनुको कारण

अधिकांश मानिसका लागि मोटोपन एउटा समस्या हो । तर कतिपय मानिस दुब्लोपनका कारण पनि चिन्तित हुने गरेका छन् । अब जानौं, शरीरमा आवश्यक तौल नहुनुको कारणः

सम्मेलनको मिति नजिकिँदै गर्दा सुरक्षा सर्तकता बढ्यो

  • 1 hour ago
सम्मेलनको मिति नजिकिँदै गर्दा सुरक्षा सर्तकता बढ्यो

काठमाडौं । लगानी सम्मेलनमा आउने विदेशी लगानीकर्तालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतमै रातो कार्पेट बिच्छाएर स्वागत गर्ने तयारी गरिरहेका बेला काठमाडौं उपत्यकामा सुरक्षा सर्तकता पनि बढाइएको



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

एलोभेरा जुसका फाइदा

एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।