ब्रेक्जिट : नो डिलको प्रस्ताव बेलायती संसदबाट खारेज

  • बिहीबार, ३० फागुन, २०७५
  • 1 week ago
  • युके

 

लण्डन । बेलायती संसदले नो डि ब्रेक्जिटको प्रस्तावलाई खारेज गरेको छ । 

 

बुधबार सांझ हाउस अफ कमन्समा भएको मतदानमा नो डिलको पक्षमा ३ सय ८  र विपक्षमा ३ सय १२ सांसदको मत परेको छ ।

 

प्रधानमन्त्री टेरेसा मेको ब्रेक्जिट डिलको प्रस्ताव बेलायती संसदमा दोस्रोपटक पनि भारी मतले अस्वीकृत भएपछि नो डिलका विषयमा मतदान गराइएको थियो । 

 

नो डिलको विपक्षमा झिनो अन्तरले बहुमत भएपछि अब भोली विहिबार मार्च २९ को डेडलाइन पर सार्ने विषयमा संसदमा मतदान गराइनेछ । उक्त प्रस्तावको पक्षमा बहुमत आए प्रधानमन्त्री मेले ब्रेक्जिटको डेडलाइन पर सार्न युरोपलाई आग्रह गर्नेछन् । 

 

यसअघि मंगलबार सांझ प्रधानमन्त्री मेको ब्रेक्जिट सम्झौताको प्रस्तावमाथि दोस्रोपटक मतदान हुंदा उक्त प्रस्ताव अस्वीकृत भएको थियो । 

 

प्रस्तावको पक्षमा २ सय ४२ सांसदले मत दिंदा विपक्षमा ३ सय ९१ मत परेको थियो । विपक्षी पार्टीका सांसदहरु मात्र नभएर सरकार समर्थक डियुपी र सत्तारुढ दलकै ७५ सांसदले डिलको विपक्षमा मत हालेका थिए । 

 

यसअघि जनवरीमा डिलमाथि गरिएको पहिलो मतदानमा २ सय ३० मतको भारी अन्तरबाट डिल अस्वीकृत भएको थियो । 

 

प्रधानमन्त्रीको डिल दोस्रोपटक संसदबाट अस्वीकृत भएपछि प्रमुख विपक्षी लेबर नेता जेरेमी कोर्बिनले आम निर्वाचनमा जानुपर्ने माग गरेका छन् । 

 


थप समाचार

कसले हाल्यो मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट ?

  • 9 minutes ago
कसले हाल्यो मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट ?

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । कपिलवस्तु घर भई हाल काठमाडौँमा बस्दै आएका अब्दुल सलामले अन्सारीले राष्ट्रपति कार्यालय,

यी २४ एनआरएनए खेलाडीले आठौँ राष्ट्रिय खेलकूदमा प्रतिस्पर्धा गर्दै

  • 14 minutes ago
यी २४ एनआरएनए खेलाडीले आठौँ राष्ट्रिय खेलकूदमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ । प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र दुई महिला एनआरएनएका खेलाडीले प्रति

मधुमेह रोगीले के खाने–के नखाने ?

  • 14 minutes ago
मधुमेह रोगीले के खाने–के नखाने ?

हाम्रो शरीरमा लामो समयसम्म हुने विभिन्न रासायनिक प्रतिक्रियामा कारण रगतमा चिनीको मात्रा बढ्छ । अनि समस्या देखिन्छ, जसलाई चिनीरोग, अर्थात मधुमेह भनिन्छ । अर्थात प्यांक्रियजले पर्याप्त मात्रामा इन्सुलिन



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

मधुमेह रोगीले के खाने–के नखाने ?

मधुमेह रोगीले के खाने–के नखाने ?

हाम्रो शरीरमा लामो समयसम्म हुने विभिन्न रासायनिक प्रतिक्रियामा कारण रगतमा चिनीको मात्रा बढ्छ । अनि समस्या देखिन्छ, जसलाई चिनीरोग, अर्थात मधुमेह भनिन्छ । अर्थात प्यांक्रियजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरको कोषले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा यस्तो समस्या देखिन्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।