IIMS College

ISMT

HUB Education

फेरि सुरु हुंदै ब्रेक्जिट वार्ता, सम्झौता परिमार्जन हुन नसक्ने ईयुको अडान

  • बिहीबार, २४ माघ, २०७५
  • 10 months ago
  • युके
बेलायती प्रधानमन्त्री मे र युरोपेली परिषद अध्यक्ष क्लाउड
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । ब्रेक्जिट सम्झौताका विषयमा बेलायत र युरोपेली संघ (ईयु) बीच थप छलफल र वार्ताहरु फेरि सुरु हुने भएका छन् । 

 

बेलायती प्रधानमन्त्री टेरेसा मे र युरोपेली परिषदका अध्यक्ष जिन क्लाउडले एक संयुक्त वक्तव्य जारी गर्दै दुई पक्षबीच थप छलफलहरु सुरु हुने जानकारी गराएका हुन् । प्रधानमन्त्री मे र अध्यक्ष  क्लाउडबीच  विहिबार ब्रसेल्समा भएको भेटवार्ता सकारात्मक र उपलाब्धिपुर्ण भएको बताइएको  छ ।

 

तर बेलायतले चाहेजस्तै यसअघि सहमति गरिएको ब्रेक्जिट सम्झौतामा परिवर्तन नै गराउन भने अब सम्भव नरहने आफ्नो अडानबाट युरोपेली संघ अझै पछि हटेको छैन । 

 

युरोपेली परिषदका अध्यक्ष क्लाउडले बहिर्गमन सहमतिमा कुनै परिवर्तन नहुनेमा जोड दिदैं भनेका छन्, 'पहिले नै गरिएको सहमतिको व्याख्याका लागि केहि शब्दहरु थप गर्ने कार्य मात्रै गर्न सकिनेछ ।'

 

अध्यक्ष क्लाउड र बेलायती प्रधानमन्त्री मेले यहि महिनाको अन्त्यअघि फेरि भेट्ने सहमति समेत गरेका छन् । 

 

यसबीचमा बेलायत र युरोपेली संघका वार्ताकारहरु भने ब्रेक्जिटसमबन्धी वार्ता सुचारु गर्ने तयारीमा छन् । दुई पक्षबीच यसअघि गरिएको सम्झौताको सहमतिलाई बेलायती संसदबाट कसरी पास गराउन सकिन्छ भन्ने विषयमा उनीहरुबीच थप छलफल हुन लागेको हो । 

 

बेलायतका ब्रेक्जिट मामिला मन्त्री स्टिभ बार्कले र युरोपेली संघका वार्ताकार माइकल बार्नियरबीच आउंदो सोमबार वार्ता हुने तयारी छ । 

 

बेलायती प्रधानमन्त्री टेरेसा मेले आयरल्याण्डको बोर्डरसम्बन्धी ब्याकस्टप सहमतिका कारण बेलायती संसदबाट सम्झौता पास हुन नसकेको सन्दर्भमा सहमतिको उक्त बुंदामा परिमार्जन गराउनुपर्ने पक्षमा युरोपेली संघलाई कन्भिन्स गराउने कोशिस गर्दै आएकी छन् । 

 

युरोपेली संघले भने अझै पनि उक्त सहमतिमा परिवर्तन गराउन थप छलफल हुन नसक्ने तर भावी समबन्धहरुको बारेमा थप व्याख्या मात्रै गर्न सकिने अडान राख्दै आएको छ । 

 

 


थप समाचार

सलमान खानको एउटा यस्तो रहस्य !

  • 2 minutes ago
सलमान खानको एउटा यस्तो रहस्य !

एजेन्सी । बलिउड अभिनेता प्राय जसो कालो कपडामा देखिन्छन् । प्राय जसो जिन्स र टिसर्टमा देखिने उनको यो बानीबारे उनका डिजाइनरले खुलासा गरेका छन् ।

अष्ट्रेलियाका एक अजबगजबका अर्वपति !

  • 5 minutes ago
अष्ट्रेलियाका एक अजबगजबका अर्वपति !

एजेन्सी । अष्ट्रेलिायका एक अर्वपतिले सामाजिक सञ्जालमा एउटा जागिरको विज्ञापन जारी गरेका छन् । मैथ्यु लेपर नाम गरेका यी अर्वपति यस्तो पर्सनल असिस्टेन्ट चाहन्छन् जो उनीसँग हरपल रहुन् ।

अमेरिकाको मेरिल्याण्डमा अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

  • 12 minutes ago
अमेरिकाको मेरिल्याण्डमा अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

वासिङ्गटन डीसी । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२० जुन २६ देखि २८ सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल(अमेरिका फिल



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको विहीबारको भाग्य–मंसिर २६ गते

यस्तो रहेको छ तपाईको विहीबारको भाग्य–मंसिर २६ गते

वि.सं.२०७६ साल मंसिर २६ गते । बिहीबार । ईश्वी सन् २०१९ डिसेम्बर १२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।