IIMS College

ISMT

HUB Education

ब्रेक्जिट : समर्थन जुटाउने बेलायती प्रधानमन्त्रीको कोशिस

  • मंगलबार, २२ माघ, २०७५
  • 9 months ago
  • युके
बेलायती प्रधानमन्त्री टेरेसा मे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) को प्रक्रिया अन्योलमै रहंदा बेलायती प्रधानमन्त्री टेरेसा मे नर्दन आयरल्याण्ड पुगेर त्यहांको समर्थन जुटाउने कोशिस गर्दैछिन् । 

 

यसअघि युरोपेली संघसंग प्रधानमन्त्री मेले सहमति गरेको बहिर्गमन सम्झौता बेलायती संसदबाट भारी मतबाट अस्वीकृत भएको थियो । जसको मुख्य कारण नर्दन आयरल्याण्ड र आयरल्याण्डको बोर्डरका सम्बन्धमा गरिएको ब्याकस्टप सहमति नै थियो ।

 

तर गतसाता संसदले यस सम्बन्धमा वैकल्पिक व्यवस्थापन गर्न प्रधानमन्त्री मेलाई म्याण्डेट दिएपछि उनले यो सहमतिलाई परिमार्जन गरी बेलायतमा स्वीकार्य बनाउने कसरत गरिरहेकी छन् । 

 

प्रधानमन्त्री मेले मंगलबार नर्दन आयरल्याण्डमा त्यहांका बिजनेस लिडरहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले डेमोक्रयाटिक युनियनिस्ट पार्टी (डियुपी) का प्रमुख एर्लिन फोस्टरसंग पनि भेटवार्ता गर्नेछिन् । ब्रेक्जिटको गाँठो फुकाउने प्रक्रियामा उनीहरुबाट राजनीतिक समर्थन जुटाउने लक्ष्य प्रधानमन्त्री मेले नर्दन आयरल्याण्डको भ्रमणबाट राखेकी छन् ।  

 

नर्दर आयरल्याण्ड र आयरल्याण्डको बोर्डर सम्बन्धमा यसअघि गरिएको सहमति अस्वीकृत भएपछि वैकल्पिक सहमति गर्ने प्रयास प्रधानमन्त्री मेको छ । तर युरोपेली संघका नेताहरुले भने अहिलेसम्म पनि यो विषय टुंगो लागिसकेको कारण फेरि छलफल हुन नसक्ने अडान कायम राखेका छन् । 

 

मार्च २९ को लागि तोकिएको ब्रेक्जिटको डेडलाइन नजिकिदै जांदा अब के हुन्छ भन्ने अन्योल बढ्दै गएको देखिन्छ । युरोपेली संघ थप वार्ताको लागि तयार नहुनु र यसअघि गरिएको सहमति बेलायतमा कुनै पनि हालतमा स्वीकृत नहुनले अनिश्चितता झन बढाइदिएको छ । 

 

सरकारका केहि मन्त्रीहरु समेतले मार्च २९ को डेडलाइनलाई केहि पर धकेल्ने विकल्पबारे पनि मनस्थिति तयार गरेको बताइएको छ । तर प्रधानमन्त्री मेले भने तोकिएको समयभित्रै प्रक्रिया पूरा गराउने अडान अझै छोडेकी छैनन् । 

 


थप समाचार

बलिउडको नेता बन्न चाहन्छु : अभिनेता सिंह

  • 3 hours ago
बलिउडको नेता बन्न चाहन्छु : अभिनेता सिंह

एजेन्सी । बलिउड स्टार रणवीर सिंह आजभोली खुब चर्चामा रहेका छन् । उनको बलिउडको यात्राले एक दशक पार गरेको छ । रणवीरलाई बलिउडमा एनर्जेटिक, ट्यालेन्टेड तथा पपुलर कलाकारको रुपमा चिनिन्छ ।

सुन्दर अभिनेत्री अनुष्का शर्माको लुक्स, १० तस्बिरमा

  • 3 hours ago
सुन्दर अभिनेत्री अनुष्का शर्माको लुक्स, १० तस्बिरमा

एजेन्सी । बलिउडमा स्थापित नाम हो अनुष्का शर्मा । सन् १९८८ मे १ मा अयोध्यामा जन्मिएकी अनुष्काले सन् २००८ मा ‘रव ने बना दी जोडी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् । उनले सन् २०१७ मा भारतीय चर्चित क्रिक

शिक्षण पेशा छाडेर कृषि कर्ममा रमाउँदै जोशी

  • 3 hours ago
शिक्षण पेशा छाडेर कृषि कर्ममा रमाउँदै जोशी

दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का सुवाश जोशीले खोल्नुभएको फार्ममा रहेको गाई । शिक्षण पेशा छाडेर गाई, राँगा, सुँगुर र कुखुरा पालन व्यवसायमा लाग्नुभएका जोशीले सबै खर्च कटाएर अहिले मासिक



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।