ब्रेक्जिट सम्झौतामाथि बेलायती संसदमा दोस्रोपटक मतदान हुंदै, पास हुने सम्भावना न्यून

  • मंगलबार, २८ फागुन, २०७५
  • 4 months ago
  • युके
Education Park

लण्डन । युरोपेली संघबाट बेलायतको बहुप्रतिक्षित बहिर्गमन (ब्रेक्जिट) प्रक्रियाको एक विशेष महत्वपुर्ण दिन मंगलबार । बेलुका ७ बजे बेलायती संसद हाउस अफ कमन्समा प्रधानमन्त्री टेरेसा मेको ब्रेक्जिट डिलको प्रस्तावमाथि दोस्रोपटक मतदान हुंदैछ । 

 

तर विपक्षी पार्टीहरुका साथै सरकारको समर्थक पार्टी डियुपी र सत्तारुढ कञ्जरभेटिभकै ब्रेक्जिट पक्षधर कैयौं सांसदहरुले आज पनि सम्झौताको विपक्षमा मत दिने भएपछि यो डिल पास हुने सम्भावना न्यून देखिएको छ । 

 

केहि साता पहिले सम्झौतामाथि भएको पहिलो मतदानमा प्रधानमन्त्री मेको प्रस्ताव भारी मतबाट अस्वीकृत भएको थियो । त्यसयता प्रधानमन्त्री मेले सांसदहरुलाई कन्भिन्स गराउने कोशिसस्वरुप सम्झौतालाई परिमार्जन गराउने भन्दै युरोपेली संघका नेताहरुसंग कैयौंपटक वार्ता गरेकी थिइन् ।  जसको फलस्वरुप सोमबार बेलुका मात्रै उनले आयर ल्याण्डको बोर्डरसम्बन्धी विषयमा बेलायतभित्र सांसदहरुले देखाएका चिन्ताहरु मेटाउने गरी सम्झौतामा लिगल ग्यारेन्टीहरु व्यवस्था गरेको दाबी गरिन् । 

 

आयरल्याण्डको बोर्डरसम्बन्धी विषयमा भविष्यमा बेलायतले एकतर्फी रुपमा निर्णय लिन नसक्ने अवस्था कायम रहेकोले यसले बेलायतलाई कुनै न कुनै रुपमा युरोपेली संघमा निर्भर राख्ने तर्क सम्झौताका आलोचक सांसदहरुको छ । उनीहरुको यहि आशंकालाई चिर्न भन्दै प्रधानमन्त्री टेरेसा मेले सोमबार लिगल ग्यारेन्टी व्यवस्था गरेको बताएपनि सांसदहरुले खोजेजस्तो पर्याप्त परिवर्तन नभएपछि आजको मतदानमा पनि प्रधानमन्त्रीलाई अफ्ठेरो पर्ने ठानिएको छ । 

 

पहिलोपटकको मतदानमा सम्झौता २ सय ३० मतान्तरले अस्वीकृत भएको थियो । प्रधानमन्त्रीले दाबी गरेको लिगल ग्यारेन्टीबाट कन्भिन्स हुने केहि सांसदहरु सम्झौताको पक्षमा बढेपनि अनुमोदन हुनका लागि पर्याप्त संख्या नपुग्ने आंकलन छ । 

 

अहिलेको अनुमानजस्तै आजको मतदानमा पनि सम्झौता पास हुन नसके त्यसले ब्रेक्जिटको भविष्य त अन्योलमा पार्छ नै, प्रधानमन्त्री टेरेसा मेको कुर्सीलाई समेत ठूलो धक्का लाग्ने आंकलन गरिएको छ । 

 

 


थप समाचार

'बुद्धकाे मूर्तिमाथि भएकाे ताेडफाेड विदेशी शक्तिहरूको इसारामा'

  • 41 seconds ago
'बुद्धकाे मूर्तिमाथि भएकाे ताेडफाेड विदेशी शक्तिहरूको इसारामा'

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनले बुधबार राती रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गौतम बुद्धका मूर्तिहरूमाथि भएको तोडफोडो भर्त्सना गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्या

टाटाको मनसुन चेकअप क्याम्प सुरु

  • 15 minutes ago
टाटाको मनसुन चेकअप क्याम्प सुरु

काठमाडौँ । टाटा मोर्टर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रिेता सिप्रदी ट्रेडिङ्गले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ । काठमाडौंको सोल्टीमोड, बालकुम

‘गेम अफ थ्रोन्स’ ले बनायो नयाँ रेकर्ड

  • 23 minutes ago
‘गेम अफ थ्रोन्स’ ले बनायो नयाँ रेकर्ड

एजेन्सी । लोकप्रिय फेन्टासी ड्रामा ‘गेम अफ थ्रोन्स’ ले एम्मी २०१९ अवार्डमा ३२ विधामा नोमिनेसनमा परेर नौलो रेकर्ड बनाउन सफल भएको छ । यो रेकर्ड कुनैपनि शो को एकलौटी सीजनका लागि अत्यधिक हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।