IIMS College

ISMT

HUB Education

ब्रेक्जिट डिल बेलायती संसदबाट फेरि अस्वीकृत

  • बुधबार, २९ फागुन, २०७५
  • 7 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेको ब्रेक्जिट सम्झौता (डिल) सम्बन्धी प्रस्तावलाई बेलायती संसदले दोस्रोपटक पनि अस्वीकृत गरिदिएको छ । 

 

मंगलबार साँझ हाउस अफ कमन्समा भएको मतदानमा सम्झौताको पक्षमा २ सय ४२ सांसदले मत दिंदा विपक्षमा ३ सय ९१ सांसदले मत दिएका छन् । यससंगै सम्झौता १ सय ४९ को मतअन्तरबाट अस्वीकृत भएको छ । 

 

विपक्षी पार्टीहरुसंगै सरकारको समर्थक पार्टी डियुपी र सत्तारुढ कञ्जरभेटिभ पार्टीकै ७५ सांसदले समेत विपक्षमा मत दिएका छन् । 

 

यसअघि जनवरीमा सम्झौतामाथि भएको पहिलो मतदानमा प्रधानमन्त्री मेको प्रस्ताव २ सय ३० मतको भारी अन्तरबाट अस्वीकृत भएको थियो ।  जुन बेला विपक्षमा मतदान गर्ने सत्तारुढ दलका सांसदको संख्या १ सय १८ थियो । 

 

त्यसयता सम्झौतामा सांसदहरुको समर्थन जुटाउने प्रयासस्वरुप  युरोपेली संघसंग हप्तौंको निरन्तर वार्तापछि सोमबार मात्रै प्रधानमन्त्री मेले आयरल्याण्डको बोर्डरसम्बन्धी सहमतिमा संघको तर्फबाट लिगल ग्यारेन्टी सुरक्षित गरेको दाबी गरेकी थिइन् । 

 

तर सम्झौताका आलोचक सांसदहरुले भने आयरल्याण्डको बोर्डरमा भविष्यमा बेलायतले एकतर्फी रुपमा निर्णय लिन नसक्ने अवस्था अझै पनि कायम रहेकोले यसले बेलायतलाई कुनै न कुनै रुपमा युरोपेली संघमा निर्भर राख्ने तर्क गर्दै सम्झौताको विपक्षमा उभिएका थिए । 

 

अब के हुन्छ ?

यो नतिजासंगै निर्धारित मार्च २९ मा बेलायत कुनै डिलसहित युरोपेली संघबाट अलग हुने सम्भावना सकिएको छ । 

 

अब बुधबार सांझ हाउस अफ कमन्समा नो डिलको विषयमा मतदान हुनेछ । नो डिल पास भएको अवस्थामा मार्च २९ मै बेलायत बिना कुनै डिल संघबाट बाहिरिनेछ ।

 

तर नो डिल पनि पास नभए विहिबार संसदमा ब्रेक्जिटको डेडलाइन पर सार्न अर्को मतदान गराइनेछ । सो मतदानमाफत बहुमत सांसदहरुले म्यान्डेट दिएको अवस्थामा बेलायत सरकारले ब्रेक्जिटको डेडलाइन मार्च २९ बाट पर धकेल्नको लागि युरोपेली संघलाई आग्रह गर्नेछ । 

 

प्रधानमन्त्रीको ब्रेक्जिट सम्झौता दोस्रोपटक पनि भारी मतले अस्वीकृत भएलगत्तै विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले भने ताजा जनादेशका लागि आम निर्वाचन घोषणा गरिनुपर्ने बताएका छन् ।

 


थप समाचार

पिरुङ्ग स्पोर्टस् क्लबलाई चौँथो भोरकोट भलिबल कपको उपाधि

  • 8 hours ago
पिरुङ्ग स्पोर्टस् क्लबलाई चौँथो भोरकोट भलिबल कपको उपाधि

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका स्थित भोरकोटमा आयोजना भएको चौँथो भोरकोट भलिबल कपको उपाधि पिरुङ्ग स्पोर्टस् क्लबले हात पारेको छ ।

सुन्दर यातायातकाे विद्युतीय बस नाफामा, पच्चीस वटा नयाँ बस थपिने

  • 9 hours ago
सुन्दर यातायातकाे विद्युतीय बस नाफामा, पच्चीस वटा नयाँ बस थपिने

काठमाडौँ । चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभित्रै थप २५ बस थप गर्ने भएको छ । गत महिना सुरु भएको बस नाफामा गएकाले बस थप्ने योजना बनाइएको हो ।

किसमिस सेवन गर्नुकाे अतुलनीय फाइदा, चिकित्सकहरू दिन्छन् यस्ताे सुझाव

  • 9 hours ago
किसमिस सेवन गर्नुकाे अतुलनीय फाइदा, चिकित्सकहरू दिन्छन् यस्ताे सुझाव

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एजेन्सी । निता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । निता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । निता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् ।