IIMS College

ISMT

HUB Education

बेलायती संसदमा ब्रेक्जिटमा नयाँ सहमतिको खोजी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लन्डन । बेलायती संसद “हाउस अफ कमन्स”मा  युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट ) का विषयमा नयाँ सहमतिको खोजीका लागि सोमबार पुनः छलफल हुँदैछ ।

 

 

 

बेलायतको संसदले यसअघि प्रधानमन्त्री  टेरेसा मेले ब्रेक्जिटका बारेमा ल्याएका प्रस्ताव दुईपटक अस्वीकृत गरिसकेको छ । उक्त प्रस्ताव विफल भएसँगै बेलायत र युरोपेली यूनियनबीचको सम्बन्धमा तनाबको अवस्था सिर्जना भएको छ । 

 

 

 

युरोपेली यूनियनबाट बेलायतको बहिर्गमनको अन्तिम मिति आइपुग्न अब दुई हप्ताभन्दा कमको मात्र समय छ । यही वस्तुतथ्यलाई मनन गरी सांसदहरु वर्तमान गतिरोध अन्त्य गर्न फेरि संसदमा विभिन्न विकल्पमाथि मतदान गर्न लागेका हुन् । 

 

 

 

बेलायतमा सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा ब्रेक्जीटको पक्षमा ५२ प्रतिशतले मतदान गरेका थिए । तर ब्रेक्जीट प्रक्रियामा सांसदहरुबीच मतैक्य हुन सकेको छैन । बेलायती संसद र जनता नै अहिले पनि इयूबाट बेलायत बाहिरिनुपर्छ वा पर्दैन भन्नेमा विभाजित छन् । 

 

 

 

प्रधानमन्त्री मेले युरोपेली यूनियनसँग गत वर्ष नोभेम्बरमा गरेको सम्झौतालाई बेलायती संसदले अस्वीकृत गरिसकेको छ । मेको प्रस्तावमा गत मार्च २९ मै बेलायत औपचारिक रुपमा युरोपेली यूनियनबाट बाहिरिने सम्झौता भएको थियो । 

 

 

 

युरोपेली यूनियनले बेलायत सरकारको अनुरोधमा उक्त मितिलाई मे २२ सम्म थप गरेको थियो । 

 

 

 

प्रधानमन्त्री मेले अघि सारेको एक अर्को प्रस्तावमा संसदले ब्रेक्जिटमा सहमति जनाए आफूले प्रधानमन्त्रीको पदबाट राजीनामा दिने बताएकी छिन् । तर यो प्रस्तावमा पनि सांसदहरुले कुनै सहमति निकाल्न सकेका छैनन् । 

 

 

 

यस असहमतिका बीच सरकारले अब युरोपेली यूनियनसँग आगामी अप्रिल १० सम्मको समयावधि थप गर्न समय माग्नु पर्नेछ अथवा अप्रिल १२ मा बिना कुनै सम्झौता युरोपेली यूनियनबाट बेलायत बिदा हुनु पर्नेछ । यो परिस्थितिमा बेलायतको समग्र आर्थिक परिदृश्य अस्तव्यस्त हुनेछ । 

 

 

 

तर मे २२ भन्दा अझ ढिलो भए बेलायतमा युरोपेली संसदका लागि अरु युरोपेली युनियनका सदस्य राष्ट्रझैं चुनाव गर्नुपर्ने विचित्र परिस्थिति सिर्जना हुनेछ । 

 

 

 

युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करले आइतबार एक इटालेली टेलिभिजनसँग कुरा गर्दै बेलायतसँग युरोपेली यूनियनको धैर्यता टुट्दै गएको बताए । “बेलायती मित्रहरुसँग हाम्रो गहिरो धैर्यता छ, तर त्यो धैर्यको पनि बाँध फुट्नै लागेको छ । अहिलेसम्म हामीलाई बेलायती संसदले हुन्न भनेको मात्र थाहा छ ।”

 

 


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 1 hour ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 1 hour ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 1 hour ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।