IIMS College

ISMT

HUB Education

ब्रेक्जिटलाई जुन ३० सम्म सार्न युरोपेली संघलाई बेलायतको आग्रह

  • शुक्रबार, २२ चैत, २०७५
  • 10 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायतले ब्रेक्जिटको समयसीमा जुन ३० सम्मको लागि लम्ब्याउन युरोपेली संघलाई आग्रह गरेको छ । बेलायती प्रधानमन्त्री टेरेसा मेले संघलाई पत्र पठाएर ब्रेक्जिट प्रक्रियालाई दोस्रोपटक लम्ब्याउन आग्रह गरेकी हुन् । 

 

यसअघि मार्च २९ को लागि निर्धारित ब्रेक्जिटको पहिलो मिति अप्रिल १२ सम्मको लागि बढाइएको थियो । बेलायतले जुन मसान्तसम्मकै लागि बढाउन आग्रह गरेपनि युरोपेली संघले छोटो म्याद थप गरिदिएको थियो । 

 

समयसीमा थप गर्न आग्रह गर्दै संघलाई पठाएको पत्रमा बेलायती प्रधानमन्त्री मेले बेलायती संसदबाट समयमै सम्झौता पास भए त्यसअघि नै बेलायत संघबट बाहिरिने समेत बताएकी छन् । 

 

आउँदो मे २३ मा हुने युरोपियन संसदको निर्वाचनअघि नै संघबाट बाहिरिने बेलायतको चाहना छ । तर त्यसको लागि समयसमै सम्झौता संसदबाट पास नभए निर्वाचनमा समेत भाग लिन बेलायतले तयार रहेको जनाएको छ । 

 

बेलायतले ब्रेक्जिटको समयसीमा लम्ब्याउनको लागि गरेको आग्रहमा आउंदो बुधबार १० अप्रिल मा बस्ने युरोपेली संघका सदस्य राष्ट्रहरुको बैठकले निर्णय लिनेछ । बेलायतले चाहेजस्तै जुन ३० सम्मकै समय लम्ब्याउन संघका अरु सबै २७ सदस्य राष्ट्रहरुको सर्वसम्मति आवश्यक पर्नेछ । 

 

बेलायतले जुनसम्मको समयको लागि आग्रह गर्दै गर्दा युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्कले भने बेलायतलाई १ वर्षसम्मको लचिलो एक्सटेन्सन अफर गर्ने तयारी गरेका छन् । तर प्रक्रिया पूरा भएको खण्डमा १ वर्षभित्रै पनि बेलायतको बहिर्गमन सम्भव रहने उनको भनाइ छ । 

 

अध्यक्ष टस्कको यो प्रस्तावलाई पनि अप्रिल १० मा बस्ने संघको बैठकले सर्वसम्मतिमा पास गर्नुपर्नेछ । 

 


थप समाचार

बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

  • 13 minutes ago
बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । कमिसन बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएर सूचना, सञ्चार तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ब

काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

  • 18 minutes ago
काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

एजेन्सी । भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

टर्कीमा भूकम्प

  • 23 minutes ago
टर्कीमा भूकम्प

एजेन्सी । अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।