ब्रेक्जिटको समयसीमा ६ महिना थप, नयाँ डेडलाइन ३१ अक्टोबर

  • बिहीबार, २८ चैत, २०७५
  • 2 months ago
  • युके
Education Park

 

लण्डन । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) को लागि अक्टोबर ३१ को नयाँ डेडलाइन निर्धारण गरिएको छ । 

 

ब्रेक्जिटको समयसिमा जुन ३० सम्मको लागि बढाउन बेलायतले युरापेली संघसमक्ष आग्रह गरेकोमा संघले ६ महिनाको म्याद थप गरिदिने निर्णय लिएको हो । बुधबार युरोपेली संघका अरु २७ सदस्य राष्ट्रहरुबीच भएको छलफलपछि यो निर्णय लिइएको हो । 

 

यससंगै यहि शुक्रबार अप्रिल १२ को डेडलाइनमा बेलायत कुनै डिल संघबाट बाहिरिने सम्भावना टरेको छ । अक्टोबर ३१ सम्मको डेडलाइन तोकिएपनि यदि बेलायती संसदले त्यसभन्दा अघि नै सम्झौतामा सहमति जुटाएर प्रक्रिया टुंिगयो भने बेलायत डेडलाइन अघिनै संघबाट बाहिरिन सक्नेछ । 

 

अब मे २२ मा हुने युरोपियन संसदको निर्वाचनमा भने बेलायतले पनि भाग लिनुपर्नेछ । यदि बेलायतले युरोपियन निर्वाचन नगरेको अवस्थामा भने जुन १ मा उसले बिना कुनै डिल संघबाट बाहिरिनुपर्नेछ । 

 

बेलायती प्रधानमन्त्री मेले सकेसम्म थोरै समय थप गराउने भन्दै जुन मसान्तसम्मलाई मात्र प्रक्रिया लम्ब्याउन चाहेकी थिइन् । तर युरोपेली संघका बहुमत सदस्यहरुले भने लामो म्याद थपको पक्षमा मत दिएपछि अन्ततः संघले सर्वसम्मतिमा ६ महिना म्याद थपको निर्णय लिएको हो । 

 

६ महिना समससिमा बढाइएपछि युरोपियन परिषदका अध्यक्ष डोनाल्ड टस्कले बेलायतलाई थप गरिएको समयको सदुपयोग गर्न आग्रह गरेका छन् । बेलायतसंग आफ्नो नीतिमा पुनर्विचार गरेर ब्रेक्जिट नै रद्ध गर्नेसम्मको विकल्प रहेको उनले बताएका छन् । 

 

बेलायती प्रधानमन्त्री टेरेसा मेले भने ६ महिना म्याद थपिएपनि त्यसभन्दा अघि नै प्रक्रिया पूरा गर्न कोशिस गर्ने बताएकी छन् । 

 

सुरुमा मार्च २९ को लागि निर्धारित ब्रेक्जिट पहिलोपटक म्याद बढाएर अप्रिल १२ सम्म पुर्याइएको थियो । तर बढाइएको यो समयभित्र पनि प्रक्रिया निश्कर्षमा नपुगेपछि बेलायतले थप समय बढाउन आग्रह गरेको थियो । 

 

बेलायती प्रधानमन्त्री टेरेसा मेले युरोपेली संघसंग गरेको ब्रेक्जिट सम्झौताको सहमति लगातार तीन पटकसम्म बेलायती संसदमा अस्वीकृत बनेपछि प्रक्रिया गतिरोधमा अल्झिएको छ । 

 


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 7 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 8 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 8 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।