IIMS College

ISMT

HUB Education

ब्रेक्जिट : ईयुसंग थप वार्ता गर्न संसदको 'म्याण्डेट', धेरै सांसद 'नो डिल'को विपक्षमा

  • बुधबार, १६ माघ, २०७५
  • 10 months ago
  • युके
बेलायती प्रधानमन्त्री टेरेसा मे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन ।  ब्रेक्जिट सम्झौताको प्रस्तावलाई परिमार्जन गराउन पहल गर्ने बेलायती प्रधानमन्त्री टेरेसा मेको चाहनालाई बेलायती संसदले साथ दिएको छ  । 

 

मंगलबार सांझ संसदमा भएको मतदानमा प्रधानमन्त्री मेले ल्याएको सम्झौताको प्रस्तावमा समावेश आइरिस बोर्डरसम्बन्धी सहमति हटाएर वैकल्पिक व्यवस्थापन गर्ने प्रस्तावले सांसदहरुको समर्थन पाएको हो । 

 

सत्तारुढ कञ्जरभेटिभ सांसद सर ग्राहम ब्राडीले पेश गरेको उक्त प्रस्तावको पक्षमा ३ सय १७ सांसदले मत दिए भने विपक्षमा  ३ सय १ मत परेको छ । 

 

यसअघि प्रधानमन्त्री मेले पनि उक्त प्रस्तावको पक्षमा मत दिएर युरोपेली संघ (ईयु)संग थप वार्ताको लागि आफुलाई म्यान्डेट दिन सांसदहरुलाई आव्हान गरेकी थिइन् ।

 

युरोपेली संघसंग उनले गरेको बहिर्गमन सम्झौताको प्रस्ताव २ साताअघि मात्रै संसदमा भारी मतबाट अस्वीकृत भएको थियो । उक्त सम्झौताको सबैभन्दा विवादास्पद बुंदाका रुपमा रहेको आइरिस बोर्डरसम्बन्धी सहमतिलाई परिमार्जन गरेर संसदबाट पास गराउने रणनीतिमा अहिले प्रधानमन्त्री मे छन् । 

 

तर, बेलायती संसदमा भएको मतदानको नतिजा बाहिरिएलगत्तै युरोपेली संघले भने यसअघि सहमति भइसकेको सम्झौतामा थप वार्ता हुन नसक्ने आफ्नो अडानलाई फेरि स्पष्ट पारेको छ । 

 

यसैगरी, सांसदहरुले नो डिल ब्रेक्जिटको विपक्षमा समेत आफ्नो मत व्यक्त गरेका छन् । नो डिल ब्रेक्जिटलाई अस्वीकार गर्ने उक्त प्रस्तावमा ३ सय १८ र विपक्षमा ३ सय १० मत परेको थियो । 

 

त्यसअघि कुनै सम्झौतामा सहमति नबने मार्च २९ को ब्रेक्जिट डेडलाइन पर सार्ने लगायतका अन्य प्रस्तावहरु भने संसदको मतदानबाट अस्वीकृत भएका थिए ।  

 


थप समाचार

गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

  • 2 hours ago
गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

  • 3 hours ago
स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत

आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

  • 3 hours ago
आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

नियामी (एजेन्सी) । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।