ब्रेक्जिटबारे पुनः जनमतसंग्रह माग गर्दै लण्डनमा लाखौं उत्रिए सडकमा

  • आइतबार, ४ कार्तिक, २०७५
  • 7 months ago
  • युके
Education Park

लण्डन । बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बहिर्गमन हुने दिन जति नजिकिदै छ, समग्र ब्रेक्जिट प्रक्रिया झन् बढि अन्योलपुर्ण बन्दै गइरहेको छ ।

 

ब्रेक्जिटपछि बेलायत र युरोपेली संघ कस्तो सम्बन्ध रहने भन्ने सम्बन्धमा दुई पक्षबीचको डिललाई टुंग्याउने बेलायती प्रधानमन्त्री टेरेसा मेको प्रयास निश्कर्षमा पुग्न नसकिरहंदा यस सम्बन्धमा निर्णय लिन पुनः अर्को जनमत संग्रह गर्नुपर्ने माग चर्किदै गइरहेको छ ।  

 

यसैक्रममा शनिबार लण्डनमा दोस्रो जनमत संग्रहको माग गर्दै लाखौंले प्रदर्शन गरेका छन् । लण्डनमा गरिएको शताब्दीकै दोस्रो ठूलो प्रदर्शनमा ६ लाख ७० हजारले भाग लिएको बताइएको छ । 

 

सन् २००३ मा ईराक आक्रमणको विपक्षमा दश लाख भन्दा बढिले लण्डनमा प्रदर्शन गरेयता यो नै सबैभन्दा ठूलो प्रदर्शन थियो । 

 

 

प्रदर्शनलाई सत्तारुढ कञ्जरभेटिभ पार्टीका सहित विभिन्न दलका सांसदहरु, लण्डनका मेयर सादिक खान सहितका अभियन्ताहरुले अगुवाई गरेका थिए । 

 

प्रदर्शनलाई सम्बोधन गर्दै उनीहरुले ब्रेक्जिटको विषयमा निर्णइ लिन ताजा जनमतसंग्रहको विकल्प नरहने दाबी गरे । आफुहरुले अघि सारेको मागको उभिने बेलायती नागरिकहरु दिनप्रतिदिन बढ्दै गइरहेको भन्दै उनीहरुले दबाबमुलक कार्यक्रमहरु जारी राख्ने उद्घोष गरे । 

 

उनीहरुले सडकमा उर्लिएको स्वस्फुर्त जनसागरको आवाजलाई उचित सम्मान र मुल्यांकन गर्न सरकारलाई सुझाव पनि दिए । 

 

प्रधानमन्त्री टेरेसा मेका प्रवक्ताले भने कुनै पनि हालतमा दोस्रो जनमत संग्रहमा नजाने आफ्नो अडानमा प्रधानमन्त्री अडिग रहेको प्रतिक्रिया दिएका छन् । 

 

दोस्रो जनमतसंग्रह माग गर्दै लण्डनमा लाखौं जनता सडकमा उत्रिएको समय टेरेसा मे भने आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एक प्रर्दशनीको अवलोकनमा व्यस्त थिइन् । 

सन् २०१६ को जुन महिनामा सम्पन्न पहिलो जनमत संग्रहमा झिनो मतअन्तरले बाहिरिने पक्षमा नतिजा आएको थियो । औपचारिक बहिर्गमनको लागि आउंदो मार्च मसान्तसम्मको समयसीमा तोकिएको छ । 

 


थप समाचार

सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

  • 1 hour ago
सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

हेँटौडा । प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सरकारले गरेका कामको गलत तरिकाले व्याख्या भइरहेको बताएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको

असार २६ गतेदेखि भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

  • 1 hour ago
असार २६ गतेदेखि  भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

काठमाडौं । आउँदो अषाढ २६ देखि २९ गतेसम्म भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला आयोजना हुने भएको छ । शैक्षिक परामर्श संघ नेपालले विगत १२ वर्षदेखि लगातार रुपमा हरेक वर्ष वृहत शैक्षिक मेलाको आयोजन गर

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

  • 2 hours ago
तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।