ISMT

HUB Education

ब्रेक्जिट सम्झौतामाथि बेलायती संसदमा मतदान हुँदै, पास नहुने लगभग निश्चित

  • मंगलबार, १ माघ, २०७५
  • 7 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । युरोपेली संघबाट बेलायतको बहिर्गमनसम्बन्धी ब्रेक्जिट सम्झौतामाथि आज बेलायतको संसदमा मतदान हुंदैछ । 

 

प्रमुख विपक्षी लेबरसहितका अन्य विपक्षी दल र सत्तारुढ कञ्जरभेटिभ पार्टीकै झण्डै १ सय सांसदले सम्झौताको विपक्षमा मतदान गर्ने तयारी गरिरहंदा सम्झौता संसदबाट पास नहुने निश्चितप्राय छ । 

 

मंगलबार सांझ ७ बजेदेखि सम्झौताको पक्ष र विपक्षमा सांसदहरुको मतदान सुरु हुनेछ । मतदान सकिएको केहि मिनेटभित्रै नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ । विगत ५ दिनदेखि सम्झौताका विषयमा चलेको संसदीय बहसको समापनपछि मतदानको कार्यक्रम सञ्चालन गरिनेछ । 

 

यसअघि सोमबार मात्रै उपल्लो सदन हाउस अफ लर्डस्मा सम्झौतामाथि मतदान हुंदा पक्षमा १ सय ५२ र विपक्षमा  ३ सय २१ मत परेको थियो । मंगलबार हाउस अफ कमन्सबाट समेत सम्झौता भारी मतले अस्वीकृत हुने देखिएको छ । 

 

संसदीय मतदानको पूर्वसन्ध्यामा सोमबार प्रधानमन्त्री टेरेसा मेले सम्झौताको पक्षमा मत दिन सांसदहरुलाई पुनः आव्हान गरेकी छन् । सम्झौता संसदबाट पास हुन नसकेको अवस्थामा ब्रेक्जिट नै धरापमा पर्न सक्ने भन्दै प्रधानमन्त्रीले जनमत संग्रहमा जनताबाट अभिव्यक्त मतको कदर गर्न आग्रह गरेकी छन् ।

 

सांसदहरुलाई कन्भिन्स गर्ने आफ्नो अन्तिम कसरतमा प्रधानमन्त्री मेले ब्रेक्जिट लागु हुन नसके प्रजातन्त्र र समग्र राजनीतिमाथिको बेलायती जनताको विश्वास नै हराएर जाने दाबी गरेकी छन् । 

 

उता विपक्षी लेबर पार्टीले भने आम निर्वाचन नै अहिलेको उत्तम विकल्प रहेको बताएको छ । सम्झौता संसदमा पास नभए प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने र मुलुकलाई आम निर्वाचनमा लैजाने आफ्नो रणनीति लेबरले सार्वजनिक गरिसकेको छ ।

 

अहिले अनुमान गरिएजस्तै सम्झौता पास नभएको अवस्थामा संसदमा वैकल्पिक प्रस्ताव ल्याउनको लागि प्रधानमन्त्री मेले अरु ३ दिनको समय प्राप्त गर्नेछिन् । उक्त प्रस्ताव पनि अस्वीकृत भएको अवस्थाको लागि कञ्जरभेटिभका सिनियर सांसदहरुले युरोपियन युनियन विथड्रल नम्बर २ बिल प्रस्ताव गरेका छन् । जसले सरकारलाई अर्को प्रस्तावसहित आउन थप ३ साताको समय उपलब्ध गराउनेछ । 

 

मार्च २९ को लागि निर्धारित ब्रेक्जिटको डेडलाइन नजिकंदै जांदा समयभित्रै प्रक्रिया पूरा हुने सम्भावना न्यून बन्दै गएको छ । प्रधानमन्त्रीको सम्झौता प्रस्ताव बेलायती संसदबाट पास हुन नसके बिना सम्झौता मार्च २९ मा बहिर्गमन हुने, डेडलाइन पर सारेर युरोपेली संघसंग थप वार्ता गर्ने, लेबरले माग गरेजस्तै आम निर्वाचन गरेर नयां सरकार बनाउने र त्यहि सरकारले युरोपसंग सम्झौता गर्ने वा फेरि जनमत संग्रह गर्ने जस्ता विभिन्न विकल्पहरुमा बहस भइरहेका छन् । 

 


थप समाचार

रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

  • 1 hour ago
रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

काठमाडौँ । शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आन्दोलनलाई विथोल्ने प्रयास गरेको भन्ददै रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएका छन् ।

बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

  • 5 hours ago
बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

एजेन्सी । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक अमेमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ ।

खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

  • 5 hours ago
खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

कञ्चनपुर । कञ्चनपुको पुनर्वास नगरपालिका– ९ मोतियापुरमा रहेको मुक्त हलिया वस्ती । वस्तीमा आधारभूत सेवा सुविधा नहुँदा मुक्त हलिया परिवार कष्टकर जीवन बिताउनु बाध्य छन् ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

एजेन्सी । बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

विचित्र विश्व

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।