IIMS College

ISMT

HUB Education

ब्रेक्जीटका बारेमा प्रगति सकारात्मक – बेलायती प्रधानमन्त्री

  • बिहीबार, ९ फागुन, २०७५
  • 11 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ब्रसेल्स । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग भएको पछिल्लो वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको बताएकी छिन् । तर, उनले वार्तामा ठोस सहमति भइनसकेको पनि बताइन् । 

 

इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट)को मिति छ हप्ताभन्दा कम रहँदा प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करसँग भेटवार्ता गरेकी छिन् । 

 

उनले आयरल्यान्ड र युरोपेली युनियनमा आबद्ध मुलुकहरुबीचको सीमा व्यवस्थाका विषयमा सहमति खोज्ने प्रयत्न गरिरहेकी छिन् । तर इयू नेताहरुले बेलायतसँग यसअघि भएको सम्झौताबाट पछि फर्कन नसक्ने बताएका छन् । 

 

बेलायत र इयूबीच कुनै औपचारिक सम्झौता बेगर नै बेलायतको बहिर्गमन पनि हुनसक्ने अनुमान गर्न थालिएका छन् । ब्रसेल्सतर्फ उड्नु केहीअघि उनकै कन्जरभेटिभ पार्टीका तीन जना सांसदले ब्रेक्जीटमा असहमति जनाउँदै राजीनामा दिएका छन् । 

 

उनीहरु सांसदहरुको नयाँ स्वतन्त्र समूहमा आबद्ध भएका छन् । 

 

बेलायतको संसदले प्रधानमन्त्री मे को ब्रेक्जीट प्रस्तावलाई यसअघि जनवरी १५ मा अस्वीकृत गरिसकेको छ । तर उहाँको प्रस्ताव अस्वीकृत भएसँगै प्रतिपक्षी लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध ल्याएको अविश्वासको प्रस्ताव भने पारित भएको थिएन । 

 

बेलायती राजनीतिमा नाटकीय मोड लिइरहेको ब्रेक्जीटका सन्दर्भमा सांसदहरुले आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको खुला र निर्वाध आवागमन हुन नहुने अडान राख्दै आएका छन् । उनीहरुको भनाईमा निर्वाध आवागमन यथावत राखिए बेलायतको इयूसँगको पुरानै सम्पर्क र सम्बन्ध कायम रहन्छ, र त्यसबाट ब्रेक्जीट सम्झौता कार्यान्वयन सम्भव हुँदैन । 

 

गत वर्ष नोभेम्बर २५ मा बेलायती प्रधानमन्त्रीले इयूसँग गरेको प्रस्तावित ब्रेक्जीट सम्झौतामा आइरिस सीमा खुला राख्ने सहमति भएको थियो । इयूले उक्त सहमतिमात्र स्वीकार्य हुने बताउँदै आएको छ । 

 

बेलायती जनमत पनि ब्रेक्जीटका बारेमा अझै विभाजित छ । केहीले दोस्रो जनमतसंग्रह गर्नुपर्ने निरन्तर माग गरिरहेका छन् भने केहीले पूर्व जनमतकै आधारमा इयूबाट बेलायत बाहिरिनु पर्ने बताएका छन् । 

 

ब्रेक्जीटका बारेमा इयूसँग भएको सम्झौता बमोजिम बेलायत यही मार्च २९ तारिखबाट बाहिरिनु पर्नेछ । 


थप समाचार

पर्याप्त समय नसुतेमा के हुन्छ ?

  • 9 hours ago
पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हु

कक्षामा ढिला आउँदा चीनको यो विद्यालयमा यस्तो सजाय

  • 9 hours ago
कक्षामा ढिला आउँदा चीनको यो विद्यालयमा यस्तो सजाय

एजेन्सी । चीनको हेनानस्थित टेक्निकल सेकेन्डरी स्कुलले कक्षामा ढिला आउने विद्यार्थीहरुलाई एक पाउन्ड प्रतिमिनेटको हिसाबले जरिवाना लगाउनले फैसला गरेको छ ।

जहाजलाई आफूतर्फ खिच्ने अनौठो मन्दिर

  • 9 hours ago
जहाजलाई आफूतर्फ खिच्ने अनौठो मन्दिर

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।

विचित्र विश्व

कक्षामा ढिला आउँदा चीनको यो विद्यालयमा यस्तो सजाय

कक्षामा ढिला आउँदा चीनको यो विद्यालयमा यस्तो सजाय

एजेन्सी । चीनको हेनानस्थित टेक्निकल सेकेन्डरी स्कुलले कक्षामा ढिला आउने विद्यार्थीहरुलाई एक पाउन्ड प्रतिमिनेटको हिसाबले जरिवाना लगाउनले फैसला गरेको छ ।