ब्रेक्जिट सकसः बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग

Education Park

लन्डन ।  बेलायती प्रधानमन्त्री टेरेसा मेले युरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का लागि आगामी जुन ३० को समयसीमाका लागि इयूसँग शुक्रबार आग्रह गरेकी छिन् । 

 

यसअघि बेलायत इयूबाट मार्च २९ मा औपचारिक रुपमा बाहिरिने सम्झौता भएको थियो । तर उक्त समयभित्र इयूसँग कुनै सम्झौता हुन नसकेपछि अप्रिल १२ को नयाँ मिति प्रस्ताव गरिएको थियो । नयाँ मितिमा पनि बेलायती संसदमा कुनै सहमति हुन नसकेपछि जुन ३० को नयाँ मिति प्रस्ताव गरिएको हो । 

 

ब्रेक्जीटका बारेमा इयूसँग प्रधानमन्त्री मेले गर्नुभएका सबै सहमति र समयसीमालाई बेलायती संसदले अस्वीकृत गरेपछि इयूबाट बेलायतको औपचारिक बहिर्गमनको औपचारिक मितिका बारेमा अन्यौल उत्पन्न भएको थियो ।

 

प्रधानमन्त्री मेले बेलायतको इयूबाट बहिर्गमनका बारेमा नयाँ प्रस्तावित मितिसँगै युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्कलाई पत्र लेखेर औपचारिक आग्रह गरेकी छिन् ।

 

तर इयूका एक जना वरिष्ट अधिकारीले अध्यक्ष टस्कले ब्रेक्जीटको समयसीमा एक वर्ष थप गर्न प्रस्ताव गरेको बताएका छन् । 

 

टस्कलाई लेखिएको पत्रमा प्रधानमन्त्री मेले ४६ वर्षसम्म इयूको महत्वपूर्ण सदस्य रहेको बेलायत सुविचारित किसिमबाट बाहिरिन चाहेको बताएकी छिन् । 

 

प्रधानमन्त्री मेले इयूसँग कुनै सम्झौता सहित बाहिरिनु नै उपयुक्त रहेकामा आफू विश्वस्त रहेको बताउँदै यसबाट इयू र बेलायतको राजनीतिक, सुरक्षा, कुटनीतिक र आर्थिक सम्बन्ध थप मजबुत हुने उल्लेख गरेकी छिन् ।

 

“सरकारको नीति नै युरोपेली यूनियनसँग सुव्यवस्थित तरिकाबाट बाहिरिनु पर्दछ, र कुनै अनावश्यक ढिलाई गर्नु हुँदैन भन्ने रहेको छ,” प्रधानमन्त्री मेले पत्रमा लेखेकी छिन् । “कुनै सम्झौता सहित इयूबाट बाहिरिनु नै सबैभन्दा उत्तम विकल्प हो ।”

 

बुधबार नै ब्रसेल्समा युरोपेली यूनियनका नेताहरुको बैठक बस्दैछ । उक्त बैठकमा नयाँ समयसीमाका बारेमा छलफल हुने र त्यसमा सहमति हुने विश्वास बेलायतको छ । 

 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले समयसीमा बढाउनुपर्ने स्पष्ट कारण बेलायती प्रधानमन्त्रीबाट सुन्न चाहेको बताएका छन् । 

 

प्रधानमन्त्री मेको टोलीले यता बेलायती मुख्य विपक्षी दल लेबर पार्टीका नेताहरुसँग नयाँ मितिमा सहमति जुटाउन वार्ता गरिरहेको छ । बेलायती सदनमा ब्रेक्जीटको मितिका बारेमा चौथो पटक मतदान हुने तयारी पनि हुँदैछ । तर हालसम्म यस्तो वार्तामा सहमति जुट्न सकेको छैन ।


थप समाचार

प्रि–सिजनको पहिलो खेलमा आर्सनलको जित

  • 2 minutes ago
प्रि–सिजनको पहिलो खेलमा आर्सनलको जित

एजेन्सी । अमेरिका भ्रमणमा रहेको इंग्लिस क्लब आर्सनलले इन्टरनेशनल च्याम्पियन्स कपमा जर्मन क्लब वायर्न म्युनिखलाई पराजित गरेको छ । प्रि–सिजनको पहिलो खेलमा एल ए गेलेक्सी क्लबको होम मैदानमा भएको खेलमा आर्

फेरि बिकिनी पोजमा साम्राज्ञी !

  • 8 minutes ago
फेरि बिकिनी पोजमा साम्राज्ञी !

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह ।

लुका मोड्रिच भित्र्याउने एसी मिलानको चाहना

  • 12 minutes ago
लुका मोड्रिच भित्र्याउने एसी मिलानको चाहना

एजेन्सी । बलोन डी’ओर विजेता खेलाडी लुका मोड्रिचलाई इटालियन क्लब एसी मिलानले भित्र्याउने चाहना राखेको छ । रियल मड्रिडबाट गत सिजन राम्रो खेल प्रदर्शन गर्न नसकेका मोड्रिचलाई रियलले पनि अन्य पठाउने चाहना



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।