ब्रेकजिटका लागि समय थपको याचिकासहित बेलायती प्रधानमन्त्रीले इयुलाई पत्र लेखे

  • आइतबार, ३ कार्तिक, २०७६
  • 7 months ago
  • युके

एजेन्सी । ब्रेक्जिटका लागि तोकिएको अक्टोबर ३१ को डेडलाइनमै बेलायतलाई युरोपेली संघबाट अलग गराउने प्रयासमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ठुलो ठक्कर लागेपछि उनले युरोपेली युनियन (ईयु) लाई ब्रेक्जिट सम्झौताका लागि समय थप गर्न भन्दै पत्र लेखेका छन् ।

 

उनले युरोपेली युनियन छोड्नका लागि बेलायतलाई थप समय दिन पत्रमा अनुरोध गरेका हुन् । तर उनले आफ्नो पत्रमा भने हस्ताक्षर गरेका छैनन् ।

 

पहिलो पत्रमा जोनसनले संसद्‍मा आफूले गरेको सहमतिबिनाको ब्रेक्जिट सम्झौता (नो डिल ब्रेक्जिट) को सम्भावना बारेको प्रस्ताव पारित नभएपछि अक्टोवर ३१ को समयसीमा लम्ब्याउन इयुलाई आग्रह गरेका थिए ।

 

शनिबार बेलायती   संसदले  प्रधानमन्त्री  जोनसनलाई ब्रेक्जिटको  डेडलाइन लम्ब्याउन युरोपेली संघलाई प्रस्ताव   गर्ने म्यान्डेट  दिएको थियो ।  

हाउस अफ कमन्समा भएको मतदानमा ब्रेक्जिट   लम्ब्याउने प्रस्तावको पक्षमा ३ सय २२ सांसदले  मत दिएका थिए ।  विपक्षमा ३ सय ६ सांसदको मत आएको थियो ।  

 

सुरुदेखि नै अक्टोबर  ३१ मा ब्रेक्जिट गराएरै छोड्ने अठोट गरेका प्रधानमन्त्री   जोनसन संसदको पछिल्लो म्यान्डेटसंगै अफ्टेरोमा परेका थिए । 

 

तर, उनले संसदको पछिल्लो  मतको बाबजुद ब्रेक्जिट डेडलाइन लम्ब्याउन आफुले प्रस्ताव  नगर्ने बताएका थिए ।  

 

आवश्यक कानुनलाई सच्चाएर भएपनि  आफ्नो प्रतिबद्धता पूरा गर्ने उनको अडान छ ।  

 

यसअघि प्रधानमन्त्री  जोनसनले युरोपेली संघसँग सहमति गरेको ब्रेक्जिट सम्झौताको नयाँ  प्रस्ताव समेत आउंदो  साता संसदमा ल्याउने उनको योजना रहेको बताइएको थियो ।  


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 5 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 5 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 5 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।