IIMS College

ISMT

HUB Education

मोटर र झोलुङ्गे पुल निर्माण

  • मंगलबार, ६ फागुन, २०७६
  • 1 month ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बेनी । म्याग्दीको मङ्गला र मालिका गाउँपालिको सिमानामा पर्ने दुखुखोलामा मोटर चल्ने र मङ्गला–२ को भाइवाङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । दुवै पुलको सोमबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले उद्घाटन गरे । 

 

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलामा रु दुई करोड छ लाखको लागतमा २० मिटर लम्बाइ र छ मिटर चौडाइ भएको मोटर चल्ने पुल निर्माण भएको इञ्जिनीयर सन्तोष अर्यालले बताए ।  

 

पुल बनेपछि खोलाबाट सवारी साधन तार्नुपर्ने समस्या हटेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । बर्खायाममा सवारी आवतजावत अवरुद्ध हुने समस्या हटेको अध्यक्ष रोकाले बताए । 

 

बेनीदेखि बाबियाचौरसम्म र लाम्पाटादेखि दरवाङ दुई खण्डमा कालोपत्रको तयारी भएको पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताए । दरवाङदेखि ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत पहिलो चरणमा दरवाङदेखि सात किलोमिटर ग्राभेल गर्न ठेक्का प्रक्रिया अघि बढाएको बताए । 

 

दुई वर्षअघि शुरु भएको बेनीदेखि बाबियाचौरसम्मको सडकको हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छ । गत जेठमा ठेक्का लागेको लाम्पाटादेखि दरवाङ खण्डको स्तरोन्नतिको २० प्रतिशत भौतिक प्रगति भएको छ । यसैगरी मङ्गला गाउँपालिका–२ को काफलचौर र कोत्रवाङको सिमानामा पर्ने भाइवाङखोलामा रु ४७ लाख ८८ हजार ४६० को लागतमा १०४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुलबाट कोक्रवाङ, भाइजाङ, ¥यालेखोर, कुहुँ, भरजुला, भाइवाङका १४३ घरधुरीका ८५८ जनसङ्ख्या लाभान्वित भएका गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । 

 

मन्त्री बस्नेतले सोमबार नै मङ्गला गाउँपालिका–२ सिमलचौर र ३ पखरेको सिमानामा पर्ने लुलियाघाटस्थित म्याग्दी खोलामाथि पूर्वाधार विकास कार्यालयले बनाउन लागेको झोलुङ्गे पुलको शिलान्यास गरे । मन्त्री बस्नेतले विकास आयोजनामा गुणस्तरहीन काम र ढिलासुस्ती सह्य नहुने बताए । सरकारले समयमै पर्याप्त बजेटको व्यवस्थापन गरेको बताउँदै विकास आयोजनामा उत्पन्न हुने सामाजिक समस्या समाधानका लागि स्थानीय तह र जिल्लास्तरबाट समन्वय हुनुपर्ने उनले बताए ।


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 1 hour ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 1 hour ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 2 hours ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।