IIMS College

ISMT

HUB Education

बुढीगङ्गा र कर्णाली नदीका पुल उच्च जोखिममा

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

मार्तडी । जिल्लामा लगातारको अविरल वर्षाले बुढीगङ्गा र कर्णाली नदीमा रहेका पुल उच्च जोखिममा परेका छन् । बुढीगङ्गा नदीका बाजुराको ताप्रीसेरा, द्वारी, तिपाडा, रापकका झोलुङ्गे पुल जोखिममा छन् । नदीका कारण छिमेकी जिल्ला अछामको साँफे, बुढाबगरलगायत ठाउँका दर्जनौँ पुल उच्च जोखिममा छन् । 

 

जिल्लाको पूर्वी–उत्तरी भेगमा पर्ने कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । बुढीगङ्गा नदीको द्वारीमा रहेको झोलुङ्गेसम्म पानी पुगेपछि स्थानीयवासीले आवतजावत नै बन्द गरेका छन् । पुल पनि जीर्ण बन्दै गएको छ, नदी बढेर पुलसम्म पुगेपछि आवतजावत नै बन्द भएको स्थानीयवासी धन जैशीले बताए ।

 

त्यस्तै बुढीगङ्गा नगरपालिका–२ ताप्रिसेराबाट त्रिवेणी नगरपालिका–९ बाँगापाटा जोड्ने पुल पनि पानीको बहाव बढेपछि पानी पुलसम्म आउनसक्ने भएकाले आवतजावत गर्न निकै जोखिम रहेको गोपाल थापाले बताएका छन् ।

 

कर्णालीको पिलीचौरमा रहेको झोलुङ्गे पुल सधैँको वर्षात्को समयमा जोखिममा पर्ने गरेको छ । पुलसँगै जोडिएका आठ परिवार पनि विस्थापित भएका छन् । पुलको दुवैतिर रहेको पर्खालसमेत भत्किने अवस्थामा रहेको स्थानीय गङ्गराज गिरीले बताउनुभयो । कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन् ।

 

यस्तै वाई–बाँधु जोड्ने पुल, गोत्री–साप्पाटा पुल, हिमाली गाउँपालिकाको रुगिन–मुगु, बाजुरा–हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेको हिमाली गाँउपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताएका छन् । उनले पुलसमेत छोप्ने गरी कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका स्वामीकार्तिक गाउँपालिकामा रहेका वाइ, साप्पाटा, जुकोटमा आवतजावत प्रभावित बनेको छ ।

 

त्यस्तै नदीमा बाढी बढेपछि बाजुराका अन्य दर्जनौँ पुलसमेत बाढीको जोखिममा छन् । अछाम, बाजुरा जोड्ने इकडीगाड पुल, सेरामा रहेको बुढीगङ्गा, बाजुर्गाड, गुइगाड, कोर्दालीगाड, घटमुना, बाहुलीखोला, दहकोट, मौरे, कोटिलाको दैयालगायतका नदीमा रहेका झोलुङ्गे पुल जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । 

 

खोलामा आवतजावत गर्न अन्य विकल्प नभएपछि ज्यान जोखिममा  राखेर पुलमा आवतजावत गर्नुपरेको गौमुल गाउँपालिकाका–२ का स्थानीयवासी धर्मबहादुर बोहराले बताउनुभयो । जिल्ला समन्वय समितिको तथ्याङ्कमा जिल्लामा ६५ झोलुङ्गे पुल छन् । दशकौँ पुराना र थोत्रा झोलुङ्गे पुल वर्षात्को समयमा बाढीपहिरोको जोखिममा रहेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ ।

 

चार वर्षअघि केन्द्रबाट विज्ञहरुको टोली आएर यहाँका पुलहरु जोखिममा रहेको भन्दै पुलमा खतराको सङ्केतसमेत लगाएर गएका थिए । जिल्ला विकास समितिले स्थानीयवासीलाई पुल संरक्षण व्यक्ति भनेर तोक्ने गरेको छ । उनीहरुलाई वर्षेनी रु ८८ हजार २०० खर्च गर्ने गरेको छ । पुल जीर्ण भएको जिल्लादेखि केन्द्रसम्म जानकारी भए पनि मर्मतका लागि कुनै निकायले वास्ता नगरेको स्थानीयवासीले आरोप लगाएका छन् । (रासस)


थप समाचार

ऋणले डुबेकी अभिनेत्री !

  • 1 minute ago
ऋणले डुबेकी अभिनेत्री !

एजेन्सी । हलिउड अभिनेत्री केटी प्राइस अचानक सडकमा आइपुगेकी छिन् । लन्डनको एउटा अदालतले उनलाई ‘बैक करप्ट’ घोषित गरिदिएको छ ।

घरमा यी चिजहरु राखेमा फाइदैफाइदा !

  • 12 minutes ago
घरमा यी चिजहरु राखेमा फाइदैफाइदा !

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन

  • 15 minutes ago
यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

घरमा यी चिजहरु राखेमा फाइदैफाइदा !

घरमा यी चिजहरु राखेमा फाइदैफाइदा !

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

विचित्र विश्व

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टेलिभिजन प्रतिबन्ध थियो ।