IIMS College

ISMT

HUB Education

करीब एक अर्ब रुपैयाँ लगानीमा नेपालको दोस्रो लामो पुल निर्माण पूरा

  • बुधबार, १३ कार्तिक, २०७६
  • 1 month ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

दाङ । नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करीब रु एक अर्ब लगानीमा निर्माण पूरा भएको हो । 

 

अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२/७३ देखि निर्माणकार्य शुरु गरेको हो । आव २०७६/७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यसअगावै निर्माणको काम पूरा भएको पुल निर्माणको योजना  कार्यान्वयन गराउने सरकारी निकाय पुल योजना सेक्टर नम्बर ३ का योजनाप्रमुख सुनिलबाबु पन्तले बताए । “पुल निर्माणका लागि चार वर्षको सम्झौता भएको थियो”, उनले भने, “तर सम्झौता अवधि पूरा गर्नु चार महीनाअघि नै हामीले काम पूरा गरेका छौँ ।”

 

अहिले पुल निर्माण पूरा भएको र त्यहाँ पुग्ने सडक निर्माणको काम भइरहेको उनले बताए । उक्त पुलको आउँदो माघ महीनामा उद्घाटन हुनेसमेत उनको भनाइ छ । उक्त पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करीब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ । 

 

“पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयवासीलाई धेरै गाह्रो थियो । बर्खाको समयमा खोला बढेर वारपार गर्न सकिने अवस्था नै हुँदैनथ्यो”, उनले भने, “भनेको बेला सवारीसाधन पनि नपाएर वारपार गर्न हैरान हुन्थ्यो । अब पुल निर्माण भएसँगै १५ मिनेटमा आवतजावत गर्न सकिनेछ ।”

 

यो पुल निर्माण भएपछि आयआर्जनमा टेवा पुग्नेछ । जिल्लाको देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिने भएकाले यही क्षेत्रमा प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम पनि सञ्चालनमा छ । तर, पुलको अभावमा स्थानीय किसानले कृषि उत्पादनको बजारीकरण गर्न सकेका थिएनन् ।  

 

पुल निर्माण भएमा राप्ती नदीपारिका किसानको कृषि उत्पादनको बजारीकरण गर्न ठूलो सहयोग पुग्न सो क्षेत्रका प्रदेशसभा सदस्य इन्द्रजित थारूले बताए । 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 3 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 3 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 3 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।