IIMS College

ISMT

HUB Education

पन्ध्र महिनामा निर्माण हुनुपर्ने पुल छ वर्षमा पनि बनेन

  • बिहीबार, १० साउन, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

जाजरकोट ।  जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन । 

 

सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको लापर्बाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुलको छ वर्ष बित्दा पनि जग मात्र ठडिएको छ । 

 

पुल निर्माणको जिम्मा सर्वउद्धार प्रन्डस जेभी कोटेश्वर काठमाडौँको फर्ममार्फत जाजरकोट सुवानाउलीका कर्णबहादुर थापाले लिएका थिए । १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६९ मा ठेक्का सम्झौता भएको पुलको ठेकेदारले समयमा काम नगर्दा अलपत्र परेको छ । 

 

तीनपटक म्याद थप गर्दा पनि काम पूरा हुन सकेको छैन । समयमा निर्माण नहुँदा यातायात सञ्चालनमा समस्या भएको छ । स्थानीय जोखिम मोलेर खोलाबाट वारपार गर्ने गरेका छन् । महिला, बालबालिका, वृद्धवृद्धा, अपांगलाई खोला तर्न समस्या हुने गरेको छ । साना बालबालिकालाई विद्यालय आउजाउ गर्न समस्या छ । 

 

जिल्लाको पश्चिम सीमा, जुँगाथापाचौर, साल्मा, दसेरा, मजकोट, दह, गर्खाकोट, पजारु, झाप्रा, टालेगाउँ, पैकलगायत १५ गाविस, जुम्ला तथा उत्तरी बारेकोटका बासिन्दालाई समस्या भएको छ । स्थानीयले निर्माण व्यवसायीलाई कडा कारबाहीको माग गरेका छन् । 

 

खोला बढ्दा दैनिक उपभोग्य सामान तथा निर्माण सामग्री ढुवानीमा बाधा पुगेको छ । बालुवा बजारको यातायात बन्द भएको छ । यातायातका साधन मोर्क बजारमै थन्किएका छन् ।

 

 निर्माणको जिम्मा लिएको ठेकेदारले काम नगरेर दोस्रो व्यक्तिलाई जिम्मा लगाउँदा निर्माणको काम अलपत्र परेको छ । व्यवसायीले तोकेको समयमा पुल नबनाउँदा यस क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या हुनुको साथै अन्य विकास निर्माणमा पनि बाधा पुगेको सीमा ९ स्यापीका पूर्णसमीर महताराले बताए । 

 

पुल नबन्दा थलह बजारसम्मको २५ किलोमिटर सडकमा यातायात चल्न सकेको छैन । सडक बने पनि यातायातको सुविधा नहँुदा स्थानीयलाई आवताजावतमा सास्ती हुने गरेको छ । 

 

 

पुल निर्माणका लागि हालसम्म रु ६० लाखभन्दा बढी रकम खर्च भइसकेको छ । २५ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको पुलका लागि पेस्की रकम बराबरको कामसमेत हुन सकेको छैन । 

 

व्यवसायीले प्रतिस्पर्धामा कामको जिम्मेवारी लिने अनि काम सम्पन्न गर्नेतर्फ बेवास्ता गर्ने प्रचलनले समस्या भएको जिल्ला समन्वय समितिले जनाएको छ । 

 


थप समाचार

ग्रीनवीचका भलिबल खेलाडी संगठित

  • 8 hours ago
ग्रीनवीचका भलिबल खेलाडी संगठित

ग्रीनवीच भलिबल परिवारको पहिलो कार्यसमितिमा अध्यक्षको जिम्मेवारी रविन्द्र रोका मगरले पाएका छन् भने सचिवमा कृष्ण खरेल चुनिएका छन् ।

विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

  • 9 hours ago
विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

भारतले नेपालसंगको परामर्शबिना एकपक्षीय रुपमा नेपाली भुभाग समेत समेटेर नक्सा सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय कानुनको मान्यताविपरित हुने समेत स्पष्ट पारिएको छ ।

प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

  • 9 hours ago
प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

बागलुङ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया बागलुङमा टुङ्गिएको छ । दुई सङ्गठन मिलेर बनेको प्रेस सङ्गठन नेपालको बागलुङ संयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाका



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

एजेन्सी । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।