IIMS College

ISMT

HUB Education

पुल नहुँदा समस्या

  • शुक्रबार, १ भदौ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बैतडी ।  बागागाड खोलामा पुल नहुँदा पुर्चौडी नगरपालिकाका बासिन्दालाई खोला तर्न समस्या भएको छ । 

 

नगरपालिकाको केन्द्र हाट जोड्ने खोलामा पुल नहुँदा भूमिराज, कोटिलालगायत ठाउँका बासिन्दालाई दैनिक उपभोग्य सामान खरिदका लागि बसन्तपुर बजारसम्म पुग्न उक्त खोलामा पुल नहुँदा समस्या भएको हो । 

 

पुर्चौडीको बजारहाट बसन्तपुर नजिक पुल नहुँदा वर्षात्मा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चौडी नगरपालिका–१ का बीरबहादुर गडालले बताए । उनले भने, “पुल भएको ठाउँमा समेत पहिरोले जान नसकिने अवस्था भएपछि अहिले नगरपालिका तथा बसन्तपुर बजार पुग्नेहरू खडीखेत पुल हुँदै आउनुपरेको छ ।” 

 

बसन्तपुर हाट बजार नजिक पुल नहँुदा आवतजावत गर्न समेत जोखिमपूर्ण रूपमा बागागाड खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चौडी–७ कोटिलाका जयबहादुर विष्टले बताए । उनले भने, “वर्षात्को समयमा त कतिबेला खोलाले बगाउँछ भन्ने डर हुन्छ ।” 

 

दैनिक उपभोग्य सामान किन्नसमेत हाट बसन्तपुर बजार पुग्नुपर्ने भएकोले बजार नजिकै पुल नहँुदा जोखिम हुने पुर्चौडी–७ कोटिलाका अर्जुन जोशीले बताए । 

 

उक्त खोलामा पुल नहुँदा वर्षात्मा विद्यार्थी पनि जोखिम मोलेर खोला तर्ने हुँदा स–साना बालबालिकालाई भने निकै किठन भएको पुर्चौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगीको भनाइ थियो । 

 

पुल निर्माणका लागि त्रिवेणीधाम नजिक सर्वेक्षण गरिए पनि प्राविधिक दृष्टिकोणले पुल निर्माण गर्न नसकिने प्राविधिकले जनाएको वडाध्यक्ष गडालले बताए । “झोलुङ्गु पुल निर्माणका लागि समस्या भए पनि आरसीसी पिलर भएको पुल निर्माणका लागि पहल गर्न नगरपालिकामार्फत आग्रह गरिरहेका छौं ।” उनले भने । 

 

बागागाड नदीको ५०० मिटरमाथि झोलुङ्गे पुल भए पनि पहिरोका कारण पुलसम्म पुग्ने बाटो अवरुद्ध भएको छ । बसन्तपुर बजार पुर्चौडी क्षेत्रको मुख्य बजार हो । पुर्चौडी क्षेत्रका साविकका १० गाविस दैनिक उपभोग्य समान किन्न बसन्तपुर बजार जाने गर्छन् । 

 

 


थप समाचार

बोरिस जोनसनलाई प्रधानमन्त्री ओलीको बधाई

  • 6 seconds ago
बोरिस जोनसनलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको आम निर्वाचनमा भारी बहुमतका साथ विजयी बोरिस जोनसनलाई बधाई दिएका छन् । जोनसन र उनको कन्जर्भेटिभ पार्टीलाई गत बिहीबार भएको निर्वाचनमा भारी बहुमत

यो रहस्यमयी खाडल, कसैले गहिराई नाप्न नसकेको यसलाई ‘नर्कको द्वार’ पनि भन्ने गरिन्छ

  • 16 minutes ago
यो रहस्यमयी खाडल, कसैले गहिराई नाप्न नसकेको यसलाई ‘नर्कको द्वार’ पनि भन्ने गरिन्छ

एजेन्सी । विश्वमा अनौठा घटनाहरु घटिरहन्छन् । त्यस्ता घटनाले मानिसलाई अचम्मित बनाउँछन् । यस्तै एक रहस्यमयी घटना चेक रिपब्लिक देशको ‘होउस्का क्यासल’मा पनि घटेको थियो ।

बाबुराम भट्टराईलाई रेखा थापाको सुझावः यत्तिको बुद्दिभाका मान्छे आँफै पनि केही गरे हुने

  • 20 minutes ago
बाबुराम भट्टराईलाई रेखा थापाको सुझावः यत्तिको बुद्दिभाका मान्छे आँफै पनि केही गरे हुने

काठमाडौं । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री रेखा थापाले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईप्रति कटाक्ष गरेकी छिन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।