IIMS College

ISMT

HUB Education

माडी पुल निर्माण शुरु

  • शुक्रबार, १ भदौ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

रोल्पा । पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्न आजदेखि रोल्पाको माडी खोला पुल निर्माण गर्न थालिएको छ । 

 

सत्र महिनाभित्र निर्माण सक्ने गरी पुल निर्माणको जिम्मा पाएको एसियाटिक राज जेवी कन्ट्रक्सनले गत असार ३१ गते रु तीन करोड ५१ लाखमा निर्माण गर्ने संझौता गरेको छ । 

 

विसं ०६५ मा सडक विभागमा खोलिएको ठेक्कामा काठमाडौँको लामा÷एडी÷धर्मेन्द्र जेभी निर्माण कम्पनीले सो पुल निर्माणको जिम्मा पाएको थियो । 

 

शुरुमा निर्माणको केही काम गरे पनि राजनीतिक पहुँचका आधारमा निर्माण व्यवसायी वसन्त दशौदीले निर्माणमा आलटाल गरेकाले जिल्लाका राजनीतिक दल र सामाजिक सङ्घ संस्थाको टोलीले सङ्घर्ष समिति बनाएर प्यूठानस्थित सडक डिभिजन कार्यालयमा उजुरी गर्दै यथाशिघ्र पक्की निर्माण गर्न जोड दिएका थिए । 

 

वैकल्पिक व्यवस्थाका लागि सो नदीमा बेलीब्रिज राखिए पनि आवतजावतमा निकै समस्या भएकामा अब बन्ने पुलले सो समस्या समाधान हुने यातायात व्यवसायी रामचन्द्र थापाले बताउनुभयो । पुल निर्माणस्थलमा रहेको कडा चट्टानका कारण यातायातका साधन सञ्चालनमा निकै चुनौती ब्योहोर्दै आएका थियौँ, अब यस्ता समस्या समाधान हुुने उनको भनाइ थियो । 

 

पुल निर्माणसँगै पश्चिम रोल्पामा उत्पादन भएका तरकारी, फलफूल, घीउ, दाल, जडिबुटी र खसी–बोका सदरमुकाम लिवाङ ल्याउन किसानलाई सहज हुने भएको छ । 

 

सदरमुकाम लिवाङ, सुलीचौरजस्ता बजार क्षेत्रमा खपत हुने अधिकांश तरकारी पश्चिम रोल्पाबाट सल्यान, दाङ हुँदै आउँदा लागत मूल्य बढेकामा पुल निर्माणपछि बजार मूल्य कम हुने उपभोक्ताले आश गरेका छन् । 

 

सो पुल बनेसँगै रोल्पाका साविक दुई दर्जन बढी गाविस तथा दाङ र सल्यानसम्मको यातायात सेवासमेत सहज हुने बताइएको छ ।यसअघि उक्त पुलका लागि दुई वटा पिलर ठड्याएर बेवारिसे अवस्थामा छोडिएको थियो । 

 

 


थप समाचार

जुनेलो खेती !

  • 7 minutes ago
जुनेलो खेती !

बनेपा । महाभारत गाउँपालिका–६ स्थित बनखु सल्लेनीका किसानले लगाएको जुनेलो खेती । पछिल्लो सयममा जुनेलोको खेती गर्ने क्रम घट्दै गइरहेको छ ।

लोडसेडिङ अन्त्य गरेबापत कुलमान घिसिङलाई दिइयो ‘नाष्ट प्रविधि पुरस्कार’

  • 16 minutes ago
लोडसेडिङ अन्त्य गरेबापत कुलमान घिसिङलाई दिइयो ‘नाष्ट प्रविधि पुरस्कार’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार प्रदान गरेको छ ।

मन्त्री गुरुङ – खानेपानी ट्याङ्की अवलोकन

  • 19 minutes ago
मन्त्री गुरुङ – खानेपानी ट्याङ्की अवलोकन

तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ स्थित राङरुङ खानेपानी आयोजनाको ट्याङ्की अवलोकन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । विसं २०७२ को भूकम्पपछि उक्त खानेपानी ट्याङ्की बन्द अव



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

समयमै बचौँ है पिनासबाट !

समयमै बचौँ है पिनासबाट !

बदलिँदो सौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुँवा तथा एलर्जीका कारण नाकमा संक्रमनले पनि पिनासको जोखिम बढाउँछ ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।