झोलुङ्गे पुल सञ्चालनमा

  • मंगलबार, १२ भदौ, २०७५
  • 7 months ago
  • अर्थ

खोटाङ ।  खोटाङको दक्षिणी क्षेत्रबाट छिमेकी जिल्ला उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । 

 

खोटाङको बराहापोखरी गाउँपालिका–६ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने बंशिलाघाटमा निर्माण गरिएको झोलुङ्गे पुल सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । 

 

रु एक करोड ४३ लाख लागतमा निर्माण गरिएको २३५ मिटर लम्बाइको झोलुङ्गे पुल सोमबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरे । 

 

दक्षिणी क्षेत्रका स्थानीयबासीका लागि दैनिक उपभोग्यवस्तु ढुवानी गर्ने तथा आफूले उत्पादन गरेको थोकवस्तु निकासी गर्ने मुख्य नाका बंशिलाघाटमा निर्माण गरिएको झोलुङ्गे पुलको क्षमता ८५ मेट्रिक टन रहेको छ । 

 

झोलुङ्गे पुल सञ्चालनमा आएसँगै खोटाङको बराहापोखरी, जन्तेढुङ्गा, खोटेहाङ गाउँपालिका र भोजपुरका केही स्थानीय तहका स्थानीयबासीलाई तराईका जिल्ला आवतजावत गर्न सहज भएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए । 

 

पौवासेराको बंशिलाघाटस्थित सुनकोशी नदी र नदीपारी चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरलाई झोलुङ्गे पुलले जोडेपछि दुवै जिल्लाबासीलाई सहज भएको छ । दुई वर्ष लगाएर निर्माण गरिएको झोलुङ्गे पुलको शिलान्यास २०७३ असार ११ गते गरिएको थियो । 

 

हिउँद महिनामा मात्र डुङ्गा सञ्चालन हुने बंशिलाघाटमा झोलुङ्गे पुलमार्फत् बाह्रै महिना आवतजावत गर्न सकिने भएपछि स्थानीयबासी हर्षित भएका छन् । 

 

वर्षौदेखि वर्षायाममा मात्र तराईसँगको सम्बन्धबिच्छेद हुँदै आएको दुई जिल्लाका स्थानीयबासीबीच बाह्रै महिना सहजरूपमा सम्पर्क हुने भएपछि हर्षित भएका हुन् ।  

 


थप समाचार

नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

  • 2 minutes ago
नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

काठमाडौं/एजेन्सी । ब्रिटिश मेडिकल जर्नलमा छापिएको एक अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ । तर अनुसन्धानकर्ताहरुले कफीकै त्यसको

आठौँ राष्ट्रिय खेलकुदः खेलाडीलाई चाउचाउको भर

  • 36 minutes ago
आठौँ राष्ट्रिय खेलकुदः खेलाडीलाई चाउचाउको भर

दाङ । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको

नेपाली भूउपग्रह अन्तरिक्ष कक्षमा पुग्यो

  • 40 minutes ago
नेपाली भूउपग्रह अन्तरिक्ष कक्षमा पुग्यो

काठमाडौं । नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सु



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

काठमाडौं/एजेन्सी । ब्रिटिश मेडिकल जर्नलमा छापिएको एक अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ । तर अनुसन्धानकर्ताहरुले कफीकै त्यसको कारण भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन् ।