IIMS College

ISMT

HUB Education

ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले नेपालमा हुने वैदेशिक लगानीलाई प्रोत्साहन गर्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

 

चेम्बर अफ कमर्शका अध्यक्ष एवँ कँडेल ग्रुप अफ युकेका प्रबन्ध निर्देशक राजेन कँडेलको नेतृत्वमा गएको टोलीले आज अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएको हो । अर्थमन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कँडेलले नेपालमा वैदेशिक लगानीका वर्तमान समस्या र चुनौतीहरूको बारेमा अवगत गराए ।

 

दक्ष कामदारको अभाव, विदेशबाट आउने विज्ञ कामदारहरूको लागि वर्क पर्मिट तथा भिसा नीति, दोहोरो कर नीतिलगायतका विषयमा अर्थमन्त्री खतिवडालाई अवगत गराइएको अध्यक्ष कँडेलले बताए ।

 

त्यस्तै नेपाल र बेलायतबीच सन् १९९३ मा भएको तर सार्वजनिक जानकारीमा नरहेको बिप्पा सम्झौतामा पुनः हस्ताक्षर गर्नुअघि अद्यावधिक गर्नुपर्ने आवश्यकता समेत उनले औँल्याए ।

 

अध्यक्ष कँडेलले उक्त सम्झौता अद्यावधिक हुँदा नेपाल र बेलायतबीच थप लगानीमैत्री वातावरण सिर्जना हुने विश्वास समेत प्रकट गरे । अर्थमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा यिनै विषयहरू समेटिएको कँडेलले जानकारी दिए ।


थप समाचार

नेपाल-भारत सिमा विवादबारे के भन्छ चीन ?

  • 4 hours ago
नेपाल-भारत सिमा विवादबारे के भन्छ चीन ?

काठमाडौँ । कालापानीलाई लिएर नेपाल भारतबीच विवाद चलिरहेको बेला छिमेकी देश चीनले मुख खोलेको छ । चिनियाँ विदेश मन्त्रालयले कुटनीतिक रुपमा यो विवाद वार्तामार्फत समाधान गर्न सुझाव दिएको छ ।

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

  • 6 hours ago
यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

एजेन्सी । विवाहमा कति खर्च लाग्ला ? सामान्य परिवारले गर्ने विवाह र धनी वर्गले गर्ने विवाहको कुनै तुलना हुन सक्दैन । पछिल्लो समय विवाहमा ठुलो खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।

राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत

  • 7 hours ago
राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत

कास्की । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरिएको छ । नेपालको राजकीय भ्रमणमा आएका राष्ट्रपति हमिद पोखरा र



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् बच्चालाई कस्तो खानेकुरा खुवाउनुपर्छ ?

थाहा पाउनुहोस् बच्चालाई कस्तो खानेकुरा खुवाउनुपर्छ ?

एजेन्सी । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेशनल इन्सिच्युट अफ चाइल्ड एण्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा गरेका यो

विचित्र विश्व

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

एजेन्सी । विवाहमा कति खर्च लाग्ला ? सामान्य परिवारले गर्ने विवाह र धनी वर्गले गर्ने विवाहको कुनै तुलना हुन सक्दैन । पछिल्लो समय विवाहमा ठुलो खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।