बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

  • मंगलबार, २६ भदौ, २०७५
  • 10 months ago
  • नेपाल
Education Park

लहान ।  यातायात व्यवस्था कार्यालय लहान सिरहाले आजदेखि बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएको छ । 

 

कार्यालयले सूचना प्रकाशित गरी लेखापढी व्यवसायीको प्रमाणपत्र लिएकाबाहेक बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएको हो । 

 

कार्यालयमा बिचौलिया प्रवेश गरी भीडभाड गर्ने र सेवाग्राहीसँग काम गराउने नाममा अनावश्यक रकम असुल्ने गरेकाले उनीहरुलाई प्रवेशमा रोक लगाइएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मीन भट्टराईले जानकारी दिए । 

 

बिचौलियाले कार्यालय अगाडि टेबुल राखेरै सेवाग्राहीको काम गराइदिने र सो काम गराइदिएबापत मनपरी रकम असुल्ने गरेकाले त्यसलाई निरुत्साहित गर्दै भीडभाड व्यवस्थित बनाउन यस्तो निर्णय लिइएको निमित्त कार्यालय प्रमुख भट्टराईले बताए । 

 

अब लेखापढी व्यवसायीको प्रमाणपत्र लिएकालाई मात्र सेवाग्राहीको काम गराउन कार्यालय प्रवेश गर्न दिइनेछ, निमित्त प्रमुख भट्टराईले भने, “लेखापढी व्यवसायी नरहेका सेवाग्राहीको काम गराउन भित्र आए कारबाही गरिनेछ ।” 

 

 


थप समाचार

१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

  • 10 hours ago
१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

एजेन्सी । स्पेनको ‘ला सग्रादा फेमिलिया’ चर्च पछिल्लो १३७ वर्षदेखि निर्माणाधीन रहेको छ । यसलाई सन् १८८२ देखि बनाउन सुरु गरिएको हो ।

‘सडक २’ मा आदित्यः शुटिङ सुरु

  • 10 hours ago
‘सडक २’ मा आदित्यः शुटिङ सुरु

एजेन्सी । फिल्म ‘सडक’ को सिक्वेल बन्ने भएको छ । सन् १९९१ मा रिलिज भएको उक्त सुपरहिट फिल्मले बलिउड स्टार सञ्जय दत्तको करियरलाई उचाईमा पु¥याएर बलिउडमा स्थापित गरायो ।

लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

  • 11 hours ago
लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

एजेन्सी । यदी तपाई प्राइभेट ब्राउजर वा प्राइभेट विन्डोजबाट प्रोनोग्राफी हेर्दै हुनुहुन्छ र तपाई लाई लाग्न सक्छ कसैलाई थाहा हुँदैन ? तर, तपाई गलत हुनुहुन्छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।