बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने

फाइल फाेटाे

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ ।

 

यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो । 

 

निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

 

बुद्धले कोलकाता उडान एटिआर ७२–५०० जहाजले साताको नियमित तीन उडान भर्नेछ । उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुनेछ । भारतमा लोकसभा निर्वाचन यही अप्रिल ११ देखि मे १९ सात चरणमा सञ्चालन हुनेछ । 

 

भारतीय यात्रुका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेज पनि सञ्चालन गर्नेछ । यसका लागि भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार–प्रसार गरिरहेकोे छ । 

 

नेपाली यात्रुहरुका लागि पनि कोलकाता टुर प्याकेज, गङ्गासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको कम्पनीले जनाएको छ । 

 

बुद्ध एयरसँग अहिले ६ वटा एटिआर ७२–५००, तीन वटा एटिआर ४२–३२० र दुई वटाबीच क्राफ्ट जहाज सञ्चालनमा छन् । थप एटीआर–७२ जहाज अर्को महिनादेखि सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ । 


थप समाचार

काठमाडौका दुई स्थानमा बिस्फोट, तीनजनाको मृत्यु

  • 1 hour ago
काठमाडौका दुई स्थानमा बिस्फोट, तीनजनाको मृत्यु

काठमाडौँ । काठमाडौंको दुई छुट्टाछुट्टै स्थानमा भएको विस्फोटमा परी तीन जनाको ज्यान गएको छ । सुकेधारामा आज दिउँसो ४ः३० बजेतिर भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ ।

सुकेधारामा सिलिन्डर विस्फोट

  • 1 hour ago
सुकेधारामा सिलिन्डर विस्फोट

काठमाडौँ । काठमाडौंको सुकेधारामा आज दिउँसो ४ः३० बजेतिर भएको विस्फोटमा परी एकजनाको मृत्यु भएको छ ।

यी तीन खेलाडी जसले वेष्ट इन्डिजलाई विश्वकप क्रिकेटको उपाधि जिताउन सक्छ

  • 1 hour ago
यी तीन खेलाडी जसले वेष्ट इन्डिजलाई विश्वकप क्रिकेटको उपाधि जिताउन सक्छ

एजेन्सी । विश्वकप क्रिकेट सुरु हुन केही दिनमात्रै बाँकी छ । यसको तयारीस्वरुप सहभागी हरेक राष्ट्रले अभ्यास खेल पनि खेलिरहेका छन् । दुई पटककको विश्वकप विजेता वेष्टलाई यस संस्करणको उपाधि विजेताको रुपमा प



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन डीको कमीले बच्चाहरूको हात–खुट्टा बांगा, लुलो हुने, हाड सानो हुने गर्छ । भिटामिन डीको कमीले शरीर नै कमजोर भएर जान्छ । शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा हाड मजबुत बनाउने तत्वको निर्माण हुँदैन । जसको कारण हाड कमजोर हुँदै जान्छ ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

एजेन्सी । पछिल्लो समय महिलाहरुले पनि विभिन्न पेसामा आफुलाई सफलतापुर्वक स्थापित गर्न सक्षम भएका छन् । पुरुषसँगको तुलनाभन्दा पनि आफ्नो सक्षमताका आधारमा उनीहरु अगाडि बढेको देखिन्छ ।