बुद्ध फाउण्डेसनले गर्यो बुद्धजयन्ती कार्यक्रमको समिक्षा

  • सोमबार, ४ आषाढ, २०७५
  • 4 months ago
  • युके

लन्डन ।  बुद्ध फाउण्डेसन यूकेले गत महिना लण्डनको ट्राफल्गर स्क्वायरमा गरेको बुद्धजयन्ती कार्यक्रमको समिक्षा गरेको छ । 

 

आइतबार सल्लाहकारहरु समेतको सहभागितामा प्लमस्टिडमा बसेको कार्यसमिति बैठकले कार्यक्रमको समिक्षा गरेको हो । बैठकमा कार्यक्रममा भएका कमी कमजोरीहरुमाथि  सच्चाएर आगामी कार्यक्रममा सुधार गर्दै जानेबारे छलफल गरिएको थियो । 

 

अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतमा सम्पन्न बैठकले बुद्ध जयन्ती कार्यक्रममा सहभागी हुने तथा  सफल पार्न सहयोग गर्ने सबै संघसंस्थाहरुलाई धन्यवाद दिने निर्णय गरेको थियो ।सल्लाहकारहरु मोहन गुरुङ र विनोद ज्ञवालीले यो कर्यक्रमलाई अझ व्यापक रुपमा सञ्चालन गर्न विभिन्न सुझाव दिए ।

 

बैठकमा फाउण्डेसनको अन्तर्राष्ट्रिय शाखाहरु बिस्तार गर्ने विषयमा पनि छलफल भयो । यस विष्यमा भएका प्रगतिहरुको अपडेट महासचिव अर्जुन कटुवालले बैठकमा पेश गरे । 

 

त्यस्तै, सल्लाहकार तथा विधान समिति संयोजक फडिन्द्र भट्टराईले प्रस्तुत गरेको विधानका प्रस्तावना , भूमिका लगायतका विषयमा व्यापक छलफल  गर्दै सबैको सुझावलाई समेटेर अन्तिम रुप दिने निर्णय गरियो । 

 

कोषाध्यक्ष राजन खकुरेलले आगामी बैठकमा संस्थाको सम्पुर्ण आर्थिक कारोबारको विवरण प्रस्तुत गर्ने निर्णय बैठकले गर्यो ।

 

त्यसैगरी, ग्रीनवीचकपमा भाग लिने सबै कार्यको जिम्मा निरन्जन खड्कालाई दिने र नेपाली मेलाका लागि सुर्य गुरुङलाई जिम्मा दिने निर्णय भयो । बैठकले कार्यसमति सदस्य लक्ष्मण गुरुङ नेपाली युथ एसोसिएसनको अध्यक्ष भएकोमा बधाई ज्ञापन गरेको थियो ।

 


थप समाचार

यतिको च्यारिटी कार्यक्रमका लागि विहिबार लण्डन आइपुग्दै पूर्वप्रधानमन्त्री नेपाल

  • 8 hours ago
यतिको च्यारिटी कार्यक्रमका लागि विहिबार लण्डन आइपुग्दै पूर्वप्रधानमन्त्री नेपाल

लण्डन । नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल विहिबार लण्डन आउंदैछन् । यति नेपाली एशोसिएसनले शनिबार लण्डनमा आयोजना गर्ने च्यारिटी कार्यक्रममा प्रमुख अतिथ

हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

  • 9 hours ago
हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले २१ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । संस्थालाई निरन्तर रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्दै आएका समाजसेवीहरुलाई आउंदो २ वर्षको

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

  • 12 hours ago
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।