IIMS College

ISMT

HUB Education

पेरिसमा २५६३ औँ बुद्ध जयन्ती मनाइयो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पेरिस फ्रान्स । पेरिसको आइफल टावर अगाडि गौतम बुद्धको सन्देश विश्वमा फैलाउने उद्देश्यसहित यहि १९ मे २०१९ का दिन बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भयो। भगवान गौतम बुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैलाउन फ्रान्सका नेपाली समुदाय एकत्रित भएका थिए । बुद्धका तस्विर र पोस्टरसँगै नेपाली झण्डाले बुद्ध र नेपालको सम्बन्ध दर्शाइरहेका थिए। नेपाली राजदुतावास फ्रान्स र फ्रान्सका १२ ओटा नेपाली संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा बुद्दको मुर्ति, बुद्ध नेपालमा जन्मिएका हुन भन्ने जानकारी दिने ब्यानरहरु नेपाल चिनाउने ब्यानरहरु समावेश गरिएको थियो ।

 

गौतम बुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैल्याउने उद्देश्यले २००९ देखि एकता समाज फ्रान्सको पहलमा र पछि संयुक्तरुपमा फ्रान्सको महत्वपूर्ण पर्यटकीय स्थानमा बुद्ध जयन्ती मनाइदै आएको छ । आइफेल टावर बिश्वकै सबैभन्दा धेरै पर्यटकहरुले भ्रमण गर्ने ठाउँ मध्यमा पर्दछ। शान्तिका दूत गौतम बुद्धको जन्मथलो लाइ लिएर फैलिएको भ्रम चिर्दै रास्ट्रिय झन्डा संगै गौतम बुद्धको मुर्ति र ब्यानर आइफल टावर अगाडी राखी कार्यक्रम सम्पन्न भयो। 

 

फ्रान्सस्थित नेपाली दूतावास, एन आर एन ए फ्रान्स, नेपाली एकता समाज फ्रान्स,  प्रवासी नेपाली एकता मंच, जनसम्पर्क समिति फ्रान्स, मैजों कल्चर दु नेपाल, तमु समाज फ्रान्स, मगर समाज फ्रान्स, पाकोफेन फ्रान्स, म्याग्दी समाज फ्रान्स, मगर समाज फ्रान्स, इनास फ्रान्स र तामांग समाज फ्रान्सले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा फ्रान्सस्थित नेपाली राजदुत दिपक अधिकारिले बुद्ध धर्म, यसको प्रचार प्रसारको महत्व आदि बारे प्रकाश पर्नु भएको थियो। उहाले नेपाल र विश्व राजनीतिमा बुद्धको नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औलाउदै बुद्धको अनुशरण गरेर मात्रै विश्वमा शान्ति र समृद्धि स्थापना हुन सक्ने बताए । 

 

कार्यक्रममा बुद्धका सन्देशहरु आधारित दुईओटा नेपाली गीतहरुको संयुक्त गायन भएको थियो। कार्यक्रमको संचालन एनआरएनए फ्रान्सका भुपु अध्यक्ष निर्मल अर्यालले गरेका थिए । 

 


थप समाचार

भ्रमण वर्षको प्रवद्र्धनका लागि वेबसाइट तथा समाचार पोर्टल सार्वजनिक

  • 29 seconds ago
भ्रमण वर्षको प्रवद्र्धनका लागि वेबसाइट तथा समाचार पोर्टल सार्वजनिक

काठमाडौँ । भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालयले आधिकारिक वेबसाइट, समाचार पोर्टल तथा सामाजिक सञ्जाल सार्वजनिक गरिएको छ । उक्त वेबसाइट तथा सामाजिक सञ्जालको ए

बढी शुल्क असुलीविरुद्धको आन्दोलनमा अनेरास्ववियुको ऐक्यबद्धता

  • 5 minutes ago
बढी शुल्क असुलीविरुद्धको आन्दोलनमा अनेरास्ववियुको ऐक्यबद्धता

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले केही दिन पहिलेदेखि जारी निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलीका विरुद्ध विद्याथीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । निर्धार

अग्रता जोगाउन नसक्दा रोनाल्डोको युभेन्ट्स बराबरीमा रोकियो

  • 10 minutes ago
अग्रता जोगाउन नसक्दा रोनाल्डोको युभेन्ट्स बराबरीमा रोकियो

काठमाडौँ । दोब्बर पारेको अग्रता जोगाउन नसक्दा रोनाल्डोको युभेन्ट्स एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ । बुधबार राति सम्पन्न् च्याम्पियन्स लिगको समूह चरणको उक्त खेल २–२ गोलको बराबरीमा रोकिएको हो ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको विहीबारको तपाईको भाग्य– असोज २ गते

यस्तो रहेको विहीबारको तपाईको भाग्य– असोज २ गते

वि.सं. २०७६ साल असोज ०२ गते । विहीबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि पंचमी, २४ घडी ५८ पला, दिउसो ०३ बजेर ५० मिनेट उप्रान्त षष्ठी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट ।

विचित्र विश्व

विश्वकै कहालीलाग्दा १० पुलहरु

विश्वकै कहालीलाग्दा १० पुलहरु

एजेन्सी । विश्वमा विभिन्न ठाउँहरु रहेका छन् जसलाई पुलको माध्यमबाट जोड्ने गरिन्छ । आधुनिक युगको विकास सँगै यस्ता विभिन्न पुलहरु पनि निर्माण भएका छन् जुन मानवको कल्पना भन्दा बाहिर रहेका छन् । यसै सन्दर्भमा विश्वमा रहेका १० पुलहरुबारे जानकारी लिऔं जसमा यात्रा गर्न एकदमै डरलाग्दो हुन्छ ।