IIMS College

ISMT

HUB Education

‘बुद्धिस्ट पर्यटकको मुख्य गन्तव्य लुम्बिनी नै हो’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

नेपाल भ्रमण आएका एक हुल पर्यटकलाई ट्राभल्स व्यवसायीको संस्था सोट्टो नेपालले सीमामा स्वागत गर्दा उनीहरु दङ्ग परे । पाल्पाली ढाका टोपी लगाएर स्वागत गर्दा उनीहरुमा खुशीको सीमा थिएन । एकाएक सबैले ‘वेलकम इन नेपाल’ भनेर हातहातमा फूलका थुँगा दिँदा भारत हुँदै नेपाल प्रवेश गरेका पर्यटकहरु खुशीले गद्गद् भए । “सत्र जना थाई पर्यटकहरु र पाँच जना भारतीय पर्यटकहरुलाई हामीले सीमामा स्वागत गर्यौं । थाईहरु लुम्बिनी र भारतीयहरु पाल्पा घुम्न आउनुभएको रहेछ”, सोट्टो नेपाल प्रदेश समितिक वरिष्ठ उपाध्यक्ष श्रीचन्द गुप्ताले बताए । 

 

बेलहिया नाका हुँदै दैनिक सयौंँ पर्यटक नेपाल भित्रिरहेका छन् ।  नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या विगतमा भन्दा दोब्बर हुने विश्वास यस क्षेत्रका जानकारले राखेका छन् । अहिले प्रदेश नं ५ को सरकारको अभियानका रुपमा  लुम्बिनी भ्रमण वर्ष २०७६ पनि चलिरहेको छ । अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालका अनुसार सन् २०१९ मा एक लाख ६१ हजार ६९१ विदेशी पर्यटक बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका छन् । स्थलमार्ग हुँदै बेलहिया सीमाबाट प्रवेश गर्नेहरु अधिकांश लुम्बिनी घुम्ने उद्देश्यले आएको खनालले बताउनुभयो । उनले भने, “राहदानी सहित नेपाल प्रवेश गरेकाहरु सबैभन्दा बढी श्रीलङ्का, म्यानमा, थाई, भियतनामी देखिन्छन् । बुद्धिस्ट धर्म मान्ने उक्त देशबाट आएका पर्यटकको मुख्य गन्तव्य लुम्बिनी नै हो ।”

 

बौद्धधर्मावलम्बी देशबाट आएका पर्यटक लुम्बिनी, भारतीयहरु प्रायः काठमाडौँ, स्वर्गद्वारी, सौराहा, पाल्पा तथा  जर्मन र  सिङ्गापुरका जनता पाल्पा र  पोखरा जाने उद्देश्यले नेपाल आउने गरेको बेलहियामा डेढ दशकदेखि ट्राभल्स व्यवसाय गर्दै आएका व्यवसायी गुप्ताले बताए । नेपाल भ्रमण वर्षले पर्यटन व्यवसायमा ठूलो सकारात्मक सङ्केत देखिएको पर्यटन व्यवसायी विष्णुप्रसाद शर्माले बताए । उनले भने, “फेबु्रअरी ११ मा ८५५ जना भारतीयहरु नेपाल भ्रमणका लागि आउँदैछन् । उनीहरुका लागि हामीले प्याकेजसहित बुक गरिसकेका छौंँ । उनीहरु लुम्बिनी हुँदै प्रदेश नं ५ का विभिन्न पर्यटकीय गन्तव्य भ्रमण गर्दैछन् ।”

 

‘घुम्न जाउँ बर्दिया’ भन्ने मूल नाराका साथ प्रदेश नं ५ मा नेपाल भ्रमण वर्षको शुभारम्भ मुख्यमन्त्री शङ्कर पोखरेलले बर्दियाको ठाकुरद्वारामा आयोजित एक कार्यक्रमबाट जनवरी १ तारिख (पुस १६ गते) गरिसकेको छ । भ्रमण वर्ष २०२० प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितीले आयोजना गरेको उक्त कार्यक्रमको शुभारम्भसँगै प्रदेश नं ५ मा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वास पनि प्रदेश सरकारले राखेको छ । 

 

प्रदेश नं ५ अन्तर्गतका १२ जिल्लामा घुम्नलायक मुख्य मुख्य गन्तव्य सयौंँ छन् । सांस्कृतिक, ऐतिहासिक, धार्मिक, प्राकृतिक महत्वका पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गर्ने उद्देश्यले यस प्रदेशमा विदेशी पर्यटक आउने गर्छन् । सङ्घीय सरकारले सन् २०२० का अवधिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित कार्यक्रम घोषणा गरेको भए तापनि नेपाल भित्रिने पर्यटकमध्ये पचास प्रतिशत पर्यटक प्रदेश नम्बर ५ का विभिन्न स्थलको अवलोकनमा आउने विश्वास प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले व्यक्त गरे ।

 

प्रदेश नं ५ भौगोलिक, सास्कृतिक, ऐतिहासिक, जातीय, धार्मिक र प्राकृतिक हिसाबले विविधतायुक्त प्रदेश हो । नेपाल भ्रमण वर्ष प्रदेशस्तरीय समितिका सहसंयोजक माधव नेपालले भने, “ मिनी नेपालको रुपमा रहेको प्रदेश ५ मा आउने पर्यटकको सङ्ख्या सन् २०२० को अवधिमा १० लाखभन्दा बढी हुने छ ।”

 

पर्यटनको मुख्य केन्द्र मानिने प्रदेश नं ५ मा शाक्यमुनि गौतम बुद्ध जन्मस्थल लुम्बिनीदेखि सिस्ने हिमाल, गौमुखीदेखि चिसापानीसम्मका मुख्य पर्यटकीय गन्तव्य पर्छन् ।  बाह्र जिल्लाका मुख्य गन्तव्य नै फरक फरक महत्व र आकर्षणको केन्द्र देखिएका छन् । पर्यटन व्यवसायीले प्रदेशका १२ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्य समेटेर प्याकेज बनाएको नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर्स (नाट्टा) प्रदेश ५ का अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । अधिकारीका अनुसार नेपाल भ्रमण वर्षले स्थापित पर्यटकीय गन्तव्य र नयां पर्यटकीय गन्तव्य दुवै मिलाएर नाट्टाले विभिन्न प्याकेज बनाएको छ । उनले भने, “हामीले लुम्बिनी, कपिलवस्तुु, स्वर्गद्वारी हुँदै बाँके, बर्दियासम्मको एउटा प्याकेज, रुकुम, रोल्पा, दाङ हुँदै प्युठानसम्म अर्को प्याकेज, पाल्पा, गुल्मी, अर्घाखाँचीको अर्को अलग प्याकेज तथा नवलपरासी, रुपन्देही र कपिलवस्तुको बुद्धसर्किटको अलग्गै प्याकेज बनाएका छौंँ ।”

 

पर्यटनविद् प्रा डा गितु गिरीका सैनामैना क्षेत्र, बुटवलको सिद्धबाबा र रामापिथेकश, गजेडीको दानापुर ताल, विष्णुपुराको गैडहवा ताल, गजेडीको लौसा ताल, फायरलाइनको लुम्बिनी साझेदारी वन, देवदहको पोखरी र  छपियाको मत्स्यक्षेत्र रुपन्देहीका प्रमुख पर्यटकीय गन्तव्य हुन् । यसैगरी नवलपरासीमा सिद्धार्थ गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तूप, पाल्ही भगवती मन्दिर, दाउन्ने, त्रिवेणीघाट, नवलपरासी मनरीको कोलवृक्ष,  भ्रमहीखोलाको नजीक रहेको बर्दगरिया, छिपागढको बडगाँ, हरपुरको गोबरकोट, गजेन्द्रमोक्षधाम र  केवलानीदेवी मुख्य पर्यटकीय गन्तव्य रहेको प्रा डा गिरी बताउँछन् ।

 

शाक्यवंशको ऐतिहासिक पुरानो राजधानी कपिलवस्तु, जहाँ  युवराज सिद्धार्थले २९ वर्ष बिताएका थिए, का अतिरिक्त कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा, मानवनिर्मित सबैभन्दा ठूलो ताल जगदीशपुर ताल र  शिवगढी तथा त्यहांँ आउने साइबेरियाली चराको अवलोकन महत्वपूर्ण छ । 

 

हिल स्टेशनका रुपले समेत परिचित पाल्पा जिल्ला प्रकृति र धार्मिक पर्यटनको दृष्टिले महत्वपूर्ण स्थल भएको पाल्पा पर्यटन प्रबद्र्धन विकास समितिका सदस्य दलबहादुर गुरुङले बताए । उनले भने, “पाल्पाको बल्डेङ्गढी, रानीमहल, रुरु क्षेत्र, रिडी, श्रीनगर भ्यूटावर, नुवाकोट, अमरनारायण मन्दिर, झ्याङ्ग्ला गाउँ, जन्तीलुङ भगवतीस्थल, सुकेताल, सिर्जना फार्म, राम्दीघाट, केलादी, सत्यवती दशैँ बिदामा घुम्नलायक थलो हुन् ।” पर्यटनविद् प्रा डा गिरीका अनुसार भ्रमण वर्ष २०२० का  गुल्मीको रेसुङ्गा, अर्जुनको डाँडो, मुसीकोट, धुर्कोट गुफा, सिरसेनी, रुपाकोट, भाडागाउँको सुन्तला खेती, वामीको त्रिपुरासुन्दरी मन्दिर, हर्दिनेटाको छत्रेश्वर, चारपाला दरबार, रिडीबजार, रुद्रवेणी र रिडी घुम्नलायक ठाउँ हुन् । यसैगरी अर्घाखाँचीका पणेना,  सुपा, नरपानी, सन्धिखर्क, घेरालेक, नरसिंहस्थान  पनि महत्वपूर्ण गन्तव्य हुन् । 

 

यता पश्चिम उत्तरमा रहेको प्युठान जिल्लाको स्वर्गद्वारी र गौमुखी धार्मिक दृष्टिले महत्वपूर्ण गन्तव्य हुन् । यसैगरी भित्रीकोट, सौतामारे र  सरुमारानी पनि आकर्षक पर्यटकीय गन्तव्य हुन् । पूजाको तामाखानी, खुङको गुफा र  खरा अर्खाको धुरी पनि हेर्नलायक ठाउँ हुन् ।  

 

रोल्पा जिल्लाको ३ हजार एक सय मिटर अग्लो जलजला पहाड, होलेरी, थबांग, खुंग्री , रुन्टीगढी, भामा ओडार,  यहांका मुख्य पर्यटकीय गन्तव्य हुन् । यसैगरी रुकुमको सिस्ने हिमालदेखि गुरिल्ला ट्रेक मुख्य पर्यटकीय गन्तब्य हुन् ।  प्रदेश नम्बर ५ को सबैभन्दा अग्लो हिमाल सिस्ने हिमाल रुकुममा पर्दछ । ‘घुम्न जाऔँ बर्दिया’ भन्ने नाराका साथ प्रदेश नं ५ मा सञ्चालित नेपाल भ्रमण बर्ष २०२० को अर्को गन्तव्यस्थल बर्दिया हो । प्रदेश नं ५ को सुदूर पश्चिमको जिल्ला बर्दियामा चिसापानी पुल, राष्ट्रिय निकुञ्ज, गोही, गैडा, जङ्गली हात्ती, बाघ, वन्यजन्तु, चराचुरुङ्गी, ठाकुरद्वारा र  कृष्णसार  अवलोकन गर्न पाइन्छ । यसैगरी दाङ्गको  देउखुरी उपत्यका, बाह्रकुने दह, पुरुनधरा झरना, चमेली गुफा, जखेरा ताल, भारपानी, तरुनी दह आदिका लागि प्रसिद्ध छ । यसका अतिरिक्त राप्ती नदीको अवलोकन, दाङ देउखुरीको खेती पनि हेर्न लायकस्थल हुन् ।

 

प्रदेश नं ५ को अर्को जिल्ला बाँकेका बाँके राष्ट्रिय निकुञ्ज, सङ्कटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा, बागेश्वरी मन्दिर, जुँगेश्वर महादेवको मन्दिर, महेन्द्रपार्क, रानी तलाउ, वाटर पार्क, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा आदि पर्यटकका लागि गन्तव्यस्थल हुन् । 

 

मिनी नेपालका रुपमा रहेको प्रदेश नं ५ पर्यटनका लागि महत्वपूर्ण गन्तव्यस्थल रहेको पर्यटन व्यवसायी रचना पन्तले बताए । उनले भने, “ यस प्रदेशमा आउने कुनै पनि पर्यटक निराश भएर फर्कँदैन । यहाँका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र  प्राकृतिक महत्वको अवलोकन र भ्रमणले उनीहरु प्रफुल्ल हुन्छन् ।  थोरै बजेटले धेरै ठाउँ अवलोकन गर्न सकिन्छ ।”


थप समाचार

अग्नि ‘सर’ अब सभामुख

  • 1 minute ago
अग्नि ‘सर’ अब सभामुख

काठमाडौँ । धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार

उपसभामुखको राजीनामा कुर्दै संसद सचिवालय, प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल सुरु

  • 2 minutes ago
उपसभामुखको राजीनामा कुर्दै संसद सचिवालय, प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल सुरु

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामाको विषयमा छलफल सुरु भएको छ ।

नारामै सिमित ‘बिहेवारी, बीस वर्षपारि’

  • 3 minutes ago
नारामै सिमित ‘बिहेवारी, बीस वर्षपारि’

निरज गौतम नेपालगञ्ज । युवकयुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी, बीस वर्षपारि’ भनाइ झुण्डिएको भए पनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ । बाँके जिल्लाका केही सचेत युवा र किशोरी बाल क्लबमार्फत जनेत



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

एजेन्सी । आजको समयमा इमान्दारिता कम नै भेटिन्छ । यदि तपाईको सामान हराएको छ या भुलबस छुटेको छ भने त्यसलाई कसैले फिर्ता गर्यो भने तपाईलाइ पक्कै खुसी मिल्छ ।