अपडेटः अर्थमन्त्री खतिवडाद्वारा संसदमा बजेट प्रस्तुत

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गरिरहेको छ । अर्थमन्त्री युवराज खतिवडाले अहिले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् । 

 

सरकारले हरेक जेठ १५ मा संसद्मा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्रीले केहीबेरअघि शुरु भएको बैठकमा बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् । 

 

नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि गठित नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत गरेको हो । 

 

आजकै मन्त्रिपरिषद्को बैठकले उक्त बजेटलाई पारित गरेको थियो । यही जेठ ७ गते संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत गरिएको छ ।

तराईमा २५ हजार घरमा गोवरग्यास प्लान्टमा अनुदान दिइने

ग्रामीण विद्युतीकरणका लागि ५ अर्ब विनियोजन

विद्युत नियमन आयोग गठन गरिने

सर्वसाधारणको लगानीमा ३ हजार मेगावाटको आकर्षक योजना सुरु गरिने

राष्ट्रसेवक र विदेशमा रहेका नेपालीको लगानीमा विजुली आयोजना बनाइने

बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गरी आयोजना निर्माण अघि बढाइने

 

०७५ (८५ उर्जा दशक मनाइने

१ हप्ताअघि नै जलवायुको पूर्वानुमान गर्न सकिने व्यवस्था गर्ने

 

जनताको तटबन्धका लागि २ अर्ब विनियोजन

 

भेरी बबइ रानी जमरा लगायतका सिञ्चाइ योजनाका लागि १० अर्ब

सार्वजनिक स्थलहरुमा स्मार्ट शौचालय बनाइने

 आगामी वर्षलाई राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गरिने

मेलम्ची खानेपानीको दास्रो चरणको आयोजनाको सुरुवात 

 ३ वर्षमा रानीपोखरी र धरहरा निर्माण गरिसक्ने

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पूननिर्माण गरिने । 

३ वर्षमा रानीपोखरी र धरहरा निर्माण गरिसक्ने

 

हवाइ क्षेत्रमा १९ अर्ब बजेट विनियोजन

सबै स्थानीय तहमा हेलिप्याड निर्माण

हिमाल आरोही र पर्यटकको आकस्मिक उद्दार प्रभावकारी बनाइने

स्तरीय होटल तथा पर्यटन पूर्वाधार विकासमा सहज बनाइने

१०० वटा पर्यटकीय गन्तव्य पहिचान गरी प्रवर्द्धन गरिने

भिजिट नेपाल २०२० सञ्चालन गरिने

उद्योग वाणिज्य र आपूर्ति क्षेत्रमा १० अर्ब

औद्योगिक उत्पादनमा ५ प्रतिशतसम्म निर्यात अनुदान

30. प्रत्येक स्थानीय तहमा सहकारीमार्फत सुपथ मूल्य पसल खोलिने ।

29. प्रत्येक स्थानीय तहमा उद्योग ग्राम

28. निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र

27. फलाम खानी उत्खनन गर्न आवश्यक बजेट विनियोजन

26. साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा

25. कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने

24. प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेशमा जैविक विषादी प्रयोगशाला स्थापना

23. भू उपयोग सम्बन्धी कानुन संसदको यसै अधिवेशनमा पेश गर्ने

22. इजाजत लिएर मात्र घर जग्गा खरिद बिक्री गर्न पाइने

21. २ वर्षभित्र जग्गाधनीपूर्जा विद्युतीय बनाइने

20. २६ जिल्लाका गरिब परिवारलाई आगामी वर्ष परिचयपत्र दिने । बाँकीलाई २ वर्षभित्र दिने

19. प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेशमा जैविक विषादी प्रयोगशाला स्थापना

18. कृषि औजार कारखाना स्थापना गरिने

17. महिला बालबालिका क्षेत्रमा १ अर्ब ८८ करोड १२ लाख बजेट

16. सबै स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना गरिने

15. शिक्षक दरबन्दी पुनर्संरचना गरिने

14. सबै स्थानीय तहमा प्राविधिक विद्यालय पुर्‍याइने

13. मानवीय विकास सूचका‌क भन्दा कमजोर रहेको जिल्लामा ५ कक्षासम्म दिवा खाजा

12. २ वर्षभरीमा साक्षर नेपाल घोषणा गरिने

11. स्वास्थ्य क्षेत्रमा ५६ करोड ४१ करोड विनियोजन

10. सार्वजनिक सवारी साधनमा धुमपान निषेध

9. आयुर्वेदिक विश्वविद्यालयका लागि १० करोड

8. अस्पतालहरुमा जेष्ठ नागरिक वार्ड सञ्चालन गरिने

7. सबै स्थानीय तहमा कम्तीमा एक चिकित्सुकको सेवा अनिवार्य

6. सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर

5. स्वास्थ्य विमा मुलुकभरी विस्तार गरिने 

4. सबै प्रदेशमा श्रम स्वीकृति दिने कार्यालय

3. अन्तर सरकारी श्रम सम्झौता गरी सीप सिकेर मात्र वैदेशिक रोजगारी

2. शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याजदरमा ७ लाखसम्म ऋण दिने

1. दुर्गम क्षेत्रमा आपतकालीन सुत्केरीको उद्दारका लागि एयर एम्बुलेन्स उपलब्ध गराइने । 

 

 


थप समाचार

काठमाडौंको ‘ज्यानमारा फुटपाथ’

  • 29 minutes ago
काठमाडौंको ‘ज्यानमारा फुटपाथ’

काठमाडौं । शंकर न्यौपाने दृष्ट्रिविहीन हुन् । उनलाई राजधानीको सडकपेटीमा हिँड्न बहुत कठिन छ । सडक पार गर्न त झन् सास्ती ।

बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा मेला शुरु

  • 30 minutes ago
बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा मेला शुरु

बैतडी । सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आजदेखि जात (जात्रा) शुरु भएको छ । दशरथचन्द नगरपालिका–८ स्थित उक्त मन्दिरमा बिहीबार र शुक

स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

  • 36 minutes ago
स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

अदुवा खाँदा यस्तो फाइदा !

अदुवा खाँदा यस्तो फाइदा !

अदुवालाई तरकारीमा स्वादको लागि प्रयाग गरिन्छ । तर, यसमा औषधिय गुण पनि हुने गरेको छ । यहाँ हामीले अदुवाको फाइदाको बारेमा केही जानकारी प्रस्तुत गरेका छौं ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।