अपडेटः अर्थमन्त्री खतिवडाद्वारा संसदमा बजेट प्रस्तुत

  • मंगलबार, १५ जेष्ठ, २०७५
  • 1 year ago
  • अर्थ
Education Park

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गरिरहेको छ । अर्थमन्त्री युवराज खतिवडाले अहिले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् । 

 

सरकारले हरेक जेठ १५ मा संसद्मा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्रीले केहीबेरअघि शुरु भएको बैठकमा बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् । 

 

नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि गठित नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत गरेको हो । 

 

आजकै मन्त्रिपरिषद्को बैठकले उक्त बजेटलाई पारित गरेको थियो । यही जेठ ७ गते संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत गरिएको छ ।

 

89.लघु उद्यम व्यवसायमा ५ वर्ष आयकर छुट

88.विदेशीबाट फर्केनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने

87.गाडी र मोटरसाइकलमा कर बढ्यो

86.मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि

85.शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज

 84.वैदेशिक ऋण २ खर्ब २ अर्ब

83.राजस्वबाट ८ खर्ब उठाइने

82.बजेटको आकार १३ खर्ब १५ अर्ब

 81.कर्मचारीको तलब भने बढेन

80.कर्मचारी र शिक्षकको पोशाक भत्ता बढेर १० हजार पुर्‍याइयो

79.कर्मचारीको महंगी भत्ता २ हजार बढ्यो

78.कैदीको छोराछोरीले दूधवापत पाउने १० रुपैयाँ बढाएर ३५ पुर्‍याइयो ।

77.कैदीको सिदा खर्च ४५ बाट ६०

76.सार्वजनिक संस्थान सञ्चालन र व्यवस्थान ऐन ल्याइने

75.सरकारी सेवालाई आगामी वर्षमा विद्युतीय प्रणालीमा लगिने

74.भ्रष्टाचार गर्ने र गराउने दुबैलाई कानुनी दायरामा ल्याइने

73.सरकारी सेवालाई आगामी वर्षमा विद्युतीय प्रणालीमा लगिने

72.भ्रष्टाचार गर्ने र गराउने दुबैलाई कानुनी दायरामा ल्याइने

71.हुलाक बचत बै‌कलाई खारेज। सञ्चित रकमलाई वाणिज्य बै‌कमा राख्ने व्यवस्था गरिने

70.१ अर्बभन्दा बढी पूँजी रहेको उत्पादनमुलक कम्पनीले पब्लिक कम्पनीमा परिणत भइ सेयरमा सूचीकृत हुनुपर्ने

69.एक वर्षभित्र सबै नेपालीको बै‌क खाता

68.यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब

67.लाइसेन्स र यातायात दर्ता प्रदेशबाटै गरिने

66.सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याइने

65.चलचित्र व्यवसायमा बक्स अफिस प्रणाली लागू गरिने

64.पत्रकार दुर्घटना विमाका लागि अनुदान

63.रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरिने

62.सबै प्रकारका सूचनामा नेपालीको पहुँच पुर्‍याइने

61.सबै प्रकारका सूचनामा नेपालीको पहुँच पुर्‍याइने

60.प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड । ५ योजना छनोट गर्न पाइने । त्यसका लागि सम्बन्धित क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा समिति बनाइने

 59.आगामी वर्ष भूकम्पको पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन

58.काठमाडौंमा केवलकार मोनोरेलका लागि सम्भाव्यता अध्ययन

57.सडक बजेट ५ अर्ब

56.सडक प्रयोग गरेवापत कर तिर्नैपर्ने व्यवस्था गरिने ।

55.दक्षिणी सीमा जोडिएको स्थानीय तहमा सडक पूर्वाधारका लागि ५३ करोड

54. उर्जा क्षेत्रमा ८३ अर्व ७९ करोड बजेट 

53. तराईमा २५ हजार घरमा गोवरग्यास प्लान्टमा अनुदान दिइने

52. ग्रामीण विद्युतीकरणका लागि ५ अर्ब विनियोजन

51. विद्युत नियमन आयोग गठन गरिने

50. सर्वसाधारणको लगानीमा ३ हजार मेगावाटको आकर्षक योजना सुरु गरिने

49. राष्ट्रसेवक र विदेशमा रहेका नेपालीको लगानीमा विजुली आयोजना बनाइने

48. बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गरी आयोजना निर्माण अघि बढाइने 

47. ०७५ (८५ उर्जा दशक मनाइने

46. १ हप्ताअघि नै जलवायुको पूर्वानुमान गर्न सकिने व्यवस्था गर्ने 

45. जनताको तटबन्धका लागि २ अर्ब विनियोजन 

44. भेरी बबइ रानी जमरा लगायतका सिञ्चाइ योजनाका लागि १० अर्ब

43. सार्वजनिक स्थलहरुमा स्मार्ट शौचालय बनाइने

42. आगामी वर्षलाई राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गरिने

41. मेलम्ची खानेपानीको दास्रो चरणको आयोजनाको सुरुवात 

40. भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पूननिर्माण गरिने । 

39. ३ वर्षमा रानीपोखरी र धरहरा निर्माण गरिसक्ने 

38. हवाइ क्षेत्रमा १९ अर्ब बजेट विनियोजन

37. सबै स्थानीय तहमा हेलिप्याड निर्माण

36. हिमाल आरोही र पर्यटकको आकस्मिक उद्दार प्रभावकारी बनाइने

35. स्तरीय होटल तथा पर्यटन पूर्वाधार विकासमा सहज बनाइने

34. १०० वटा पर्यटकीय गन्तव्य पहिचान गरी प्रवर्द्धन गरिने

33. भिजिट नेपाल २०२० सञ्चालन गरिने

32. उद्योग वाणिज्य र आपूर्ति क्षेत्रमा १० अर्ब

31. औद्योगिक उत्पादनमा ५ प्रतिशतसम्म निर्यात अनुदान

30. प्रत्येक स्थानीय तहमा सहकारीमार्फत सुपथ मूल्य पसल खोलिने ।

29. प्रत्येक स्थानीय तहमा उद्योग ग्राम

28. निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र

27. फलाम खानी उत्खनन गर्न आवश्यक बजेट विनियोजन

26. साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा

25. कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने

24. प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेशमा जैविक विषादी प्रयोगशाला स्थापना

23. भू उपयोग सम्बन्धी कानुन संसदको यसै अधिवेशनमा पेश गर्ने

22. इजाजत लिएर मात्र घर जग्गा खरिद बिक्री गर्न पाइने

21. २ वर्षभित्र जग्गाधनीपूर्जा विद्युतीय बनाइने

20. २६ जिल्लाका गरिब परिवारलाई आगामी वर्ष परिचयपत्र दिने । बाँकीलाई २ वर्षभित्र दिने

19. प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेशमा जैविक विषादी प्रयोगशाला स्थापना

18. कृषि औजार कारखाना स्थापना गरिने

17. महिला बालबालिका क्षेत्रमा १ अर्ब ८८ करोड १२ लाख बजेट

16. सबै स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना गरिने

15. शिक्षक दरबन्दी पुनर्संरचना गरिने

14. सबै स्थानीय तहमा प्राविधिक विद्यालय पुर्‍याइने

13. मानवीय विकास सूचका‌क भन्दा कमजोर रहेको जिल्लामा ५ कक्षासम्म दिवा खाजा

12. २ वर्षभरीमा साक्षर नेपाल घोषणा गरिने

11. स्वास्थ्य क्षेत्रमा ५६ करोड ४१ करोड विनियोजन

10. सार्वजनिक सवारी साधनमा धुमपान निषेध

9. आयुर्वेदिक विश्वविद्यालयका लागि १० करोड

8. अस्पतालहरुमा जेष्ठ नागरिक वार्ड सञ्चालन गरिने

7. सबै स्थानीय तहमा कम्तीमा एक चिकित्सुकको सेवा अनिवार्य

6. सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर

5. स्वास्थ्य विमा मुलुकभरी विस्तार गरिने 

4. सबै प्रदेशमा श्रम स्वीकृति दिने कार्यालय

3. अन्तर सरकारी श्रम सम्झौता गरी सीप सिकेर मात्र वैदेशिक रोजगारी

2. शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याजदरमा ७ लाखसम्म ऋण दिने

1. दुर्गम क्षेत्रमा आपतकालीन सुत्केरीको उद्दारका लागि एयर एम्बुलेन्स उपलब्ध गराइने । 

 

 


थप समाचार

बाजुराको भुवाखोलामा जिप दुर्घटना, तीनजनाकाे मृत्यु, ११ जना घाइते

  • 3 minutes ago
बाजुराको भुवाखोलामा जिप दुर्घटना, तीनजनाकाे मृत्यु, ११ जना घाइते

बाजुरा । बाजुराको भुवाखोलामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

बिदामा मस्त मेस्सी

  • 21 minutes ago
बिदामा मस्त मेस्सी

स्पेनिस क्लब बार्सिलोनाका धेरैजसो खेलाडीहरू बिदा सकाएर बार्सिलोना फर्किसकेका छन् ।

आजबाट हलमा ‘घर’ : डराउलान् त दर्शक ?

  • 28 minutes ago
आजबाट हलमा ‘घर’ : डराउलान् त दर्शक ?

काठमाडौँ । जेठ ३ गते प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ले दर्शकको मन जित्दै लगानीमात्र उठाएन खल्तीपनि मज्जाले भर्‍यो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।