बजेट कार्यान्वयनको तालिका बनाइने

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले देशको हितका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । 

 

नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा आज साँझ आयोजित बजेटपछिको छलफलमा उहाँले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । “उद्योग क्षेत्रको विकासका लागि चाहिने ऐन, कानून चाँडो बनाएर सरकार नेपालको औद्योगिक विकासलाई अगाडि बढाउन चाहन्छ”, उहाँले भन्नुभयो । 

 

बजेट कार्यान्वयनको तालिका बनाएर सरकार अगाडि बढ्ने उहाँको भनाइ थियो । अर्थमन्त्री डा खतिवडाले आव २०७५र०७६ को बजेटले बजेट घाटालाई निश्चित सीमाभित्र राख्ने कोशिश गरेको स्पष्ट पार्नुभयो । उहाँले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरी मुलुकमा चार लाख जनतालाई रोजगारी दिने कुरामा सरकार लागेको बताउनुभयो । कार्यक्रममा अर्थ मन्त्रालय राजश्व सचिव शिशिरकुमार ढुंगानाले महिला उद्यम विकासका लागि सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

 

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक व्यवसाय ऐनलाई पूरा गर्दै लगानीको वातावरण निर्माणमा सरकार लाग्नुपर्ने बताउनुभयो । “सरकारले निजी क्षेत्रलाई दिने अभिभावकत्वको प्रतीक्षामा निजी क्षेत्र रहेको छ”, उहाँले भन्नुभयो । अध्यक्ष शर्माले उद्योग क्षेत्रमा रहेको पुरानो कानूनलाई परिवर्तन र संशोधन गर्नु आवश्यक भएको बताउनुभयो ।

 

कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्पराज आचार्यले बजेटको समग्र अवस्थाबारे प्रकाश पार्नुभएको थियो भने विभिन्न निजी क्षेत्रका व्यक्तिले बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव र आगामी दिनमा उद्योग क्षेत्रको विकासका लागि गर्नुपर्ने कार्यबारे सुझाव दिनुभएको थियो । 


थप समाचार

ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

  • 5 hours ago
ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

यो हप्ता दुई पक्षबीच भएका गहन छलफलहरुको श्रृंखलापछि दुवै तर्फका अधिकारीहरुको प्राविधिक तहमा सम्झौताको ड्राफ्टमा सहमति जुटेको छ ।

तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

  • 8 hours ago
तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खान

'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

  • 8 hours ago
'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

ब्रेक्जिट डिलको विषयमा बेलायतभित्रै तथा प्रधानमन्त्री टेरेसा मेको आफ्नै दल र क्याबिनेटमा समेत एकमत बन्न नसकिरहेको अवस्थामा दबाब बढिरहेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

जाडो होस या गर्मी बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरैलाई फाईदा हुन्छ। अनुहारको छाला राम्रो बनाउन, शरीरको तौल घटाउने भनेर कागती पानी पिउने गरिन्छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।