विलासीताका गाडी र मोटरसाइकलमा भारी अन्तशुल्क वृद्धि

  • बुधबार, १६ जेष्ठ, २०७५
  • 7 months ago
  • अर्थ

काठमाडौं । सरकारले मंगलबार आर्थिक वर्ष २०७५ ७६को बजेटमार्फत महँगो सवारी साधनको अन्तशुल्क वृद्धि गरेको छ । अब विलासीताका महँगो गाडी र मोटरसाइलको मुल्यमा १०० प्रतिशतसम्मले वृद्धि हुने भएका छन् ।

 

गाडीको मूल्यमा हाल ६० प्रतिशतसम्म अन्तशुल्क लिँर्दै आएकोमा अबभने १०० प्रतिशत पुग्ने भएको छ । मोटरसाइकलको अन्तशुल्क भने ४० बाट ६० प्रतिशतसम्म पुगेको छ । सरकारले १००० सिसिका गाडी र १५० सिसिका मोटर साइकलमा यस्तो शुल्क वृद्धि गरेको हो ।

 

अब भन्सारमा १००० देखि १५०० सीसी सम्मका गाडीलाई अहिले लाग्दै आएको भन्दा ५ प्रशित बढी अन्तशूलक लाग्नेछ । अहिले मूल्यको ६० प्रतिशत अन्तशुलक लाग्दै आएकोमा अब त्यो बढेर ६५ प्रतिशत भएको छ ।

 

त्यसैगरी १५ सयदेखि २००० सीसीसम्मका गाडीमा ७० प्रतिशत अन्तशुल्क लगाइने भएको छ । यस्तै २००० सीसीदेखि २५ सय सीसीसम्मका सवारीलाई ८० प्रतिशत अन्तशूलक लगाइने भएको छ ।

 

त्यस्तैगरि, २५ सय सीसीदेखि ३ हजार सीसीसम्मका सवारीमा ९० प्रतिशत अन्तशूलक लाग्नेछ । ३००० सीसीभन्दा माथिका गाडीमा अब सय प्रतिशतसम्म अन्तशुल्क लाग्ने भएको छ ।

 

१५० सीसीदेखि २५० सीसीसम्मका बाइकमा लाग्ने अन्तशुल्कमा १० प्रतिशत वृद्धि भएको छ । ४०० सिसिभन्दा माथिका मोटरसाइलले सडक दस्तुर मात्र २ लाख तिर्न पर्ने भएको छ ।

 

अब २००० सीसीसम्मका कार र जीपमा मूल्यको ८ प्रतिशत सडक दस्तुर लाग्नेछ । यस्तै २ हजार सीसीभन्दा बढीका जीप र कारमा सडक दस्तुर १० प्रतिशत र्पुयाइएको छ । मोटरसाइकलको पनि सडक दस्तुर पनि बढेको छ । तर, १५० सीसीसम्मको बाइकमा ५ हजार रुपैयाँ दस्तुर बढेर १५ हजार पुगेको छ ।

 

त्यसैगरी १५१ देखि २५० सीसीसम्मको बाइकको सडक दस्तुर १८ हजार रुपैयाँ पुगेको छ । यसअघि यो सेगमेन्टका बाइकमा १२ हजार मात्रै कर थियो ।

 

अब २५१देखि ४ सय सीसीसम्मका बाइकमा ५० हजार सडक दस्तुर लिइनेछ । यो सेगमेन्टमा ३५ हजार सडक दस्तुर बढेको छ । त्यसैगरी ४०१ सीसीभन्दा माथिका बाइकमा सडक दस्तुर मात्रै १ लाख ८० हजारसम्म दस्तुर बढेको छ ।


थप समाचार

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

  • 19 minutes ago
अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउट

यमुना नदीबाटै पक्राउ परे खुङ्खार मानव तस्कर लोप्साङ लामा

  • 23 minutes ago
यमुना नदीबाटै पक्राउ परे खुङ्खार मानव तस्कर लोप्साङ लामा

काठमाडौँ । खुँखार मानव तस्कर लोप्साङ लामा पक्राउ परेका छन् । भारतीय बाटो हुँदै नेपाली युवती खाडी देशमा बेचबिखन गर्दै आएका लामालाई दिल्ली प्रहरीको विशेष सेलले यमुना नदीभित्र प्रवेश गरी पक्राउ गरेको हो

चाबहिल र पुरातत्व विभाग अगाडि आकाशे पुल निर्माण गरिने

  • 24 minutes ago
चाबहिल र पुरातत्व विभाग अगाडि आकाशे पुल निर्माण गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ ।



जीवनशैली/स्वास्थ्य

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

हार्दा–हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक–पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।

विचित्र विश्व

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउटा अजबगजबको विकास गरेर देखाउनेमा पर्छ दुबई ।