बजेटले यी वस्तुहरुको मूल्य बढ्यो

  • बुधबार, १६ जेष्ठ, २०७५
  • 7 months ago
  • अर्थ

काठमाडौं । सरकारले मंगलबार आर्थिक वर्ष २०७५ ७६को बजेट घोषणा गरेसँगै विभिन्न वस्तुहरुमा कर बढाएका छन् । अर्थमन्त्री डा. युवराज खतिडाले सरकारको बजेट घोषणासँगै उपभोक्ताले मदिरा, चुरोट, सूर्तीजन्य पदार्थमा महंगो शुल्क तिर्नु पर्ने भएको हो । मदिरा, चुरोट, सूर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक वस्तुमा अन्तःशुल्क वृद्धि गरिएको हो ।

 

यस्तै कोका मिश्रित चकलेट, पफ्र्यूम, खेलौना तथा रेफ्रिजेरेटर जस्ता वस्तुको आयात तथा आन्तरिक उत्पादनमा समेत अन्तःशुल्क लाग्ने व्यस्था आजको बजेटले गरेको छ । सवारी साधन अन्तर्गत ४ पाङ्ग्रे गाडीहरुमा पनि अन्तःशुल्क वृद्धि गरिएको छ । १ हजार सीसीभन्दा माथिका ४ पाङ्ग्रे सवारी साधनमा अन्तःशुल्क वृद्धि गरिएको हो ।

 

साथै मोटरसाइकलमा पनि अन्तःशुल्क वृद्धि गरिएको छ । १ सय ५० सीसीभन्दा माथिका क्षमता भएका मोटरसाइकलहरुमा अन्तःशुल्क वृद्धि गरिएको हो ।

 

यस्तै मदिरा तथा सूर्ति जन्य पदार्थमा पनि अन्तःशुल्क वृद्धि भएको हो ।

 

यस्तै मंगलबारबाटै चुरोटको उत्पादन र पैठारीमा प्रतिखिल्ली पच्चीस पैसाका दरले स्वास्थ्य जोखिम कर लगाउने व्यवस्था भएको छ ।


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 2 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 7 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 7 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।