IIMS College

ISMT

HUB Education

सागका पूर्वाधार निर्माणको लागि बजेट निकासा

Education Park

Kathmandu Trade Show

Royal Education Foundation

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पूर्वाधार निर्माणका लागि आवश्यक बजेट निकासा भइसकेको बताएका छन् । 

पोखरामा निर्माणाधीन खेल पूर्वाधारको आज निरीक्षण गर्दै उनले निर्माण कार्यको प्रगति र आवश्यक प्रक्रियाअनुसार नै बजेट निकासा भइरहेकाले पूर्वाधार निर्माण र तयारीको काम रोकिने अवस्था नरहेको स्पष्ट पारे । 

सरकारले साग खेलकूदलाई भव्यताका साथ आयोजना गर्ने तयारी गरिरहेको बताउँदै मन्त्री विश्वकर्माले भने, “बजेटका कारणले निर्माणमा सुस्तता छैन, ढिलाइ हुने स्थिति पनि छैन । समयमै पूर्वाधार निर्माण गरेर प्रतियोगिता भव्य बनाउँछौँ ।” 

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने साग देशको प्रतिष्ठासँग जोडिएकाले सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद् तथा विभिन्न खेल सङ्घ प्रतियोगिता भव्य बनाउन लागिपरेको बताउँदै मन्त्री विश्वकर्माले काठमाडौँ तथा पोखरामा हालसम्म भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनकरुपमा अघि बढेको उल्लेख गरे । 

मन्त्री विश्वकर्मालाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले पोखरा रङ्गशालास्थित निर्माणाधीन फुटबल रङ्गशाला, ब्याडमिन्टन कोर्ट, बहुउद्देश्यीय कभर्ड हल लगायतका पूर्वाधारको कामको प्रगतिका बारेमा जानकारी गराएका थिए । 

निरीक्षणमा मन्त्री विश्वकर्मासँगै गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगर, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङ, गण्डकी प्रदेश खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीलगायत सहभागी भएका थिए । 

थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 4 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 4 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 4 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व