वाम सरकारकाे समाजवाद उन्मुख बजेटमा समेटियाे यस्ता कार्यक्रम

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि समाजवाद उन्मुख उद्देश्यसहितको बजेट प्रस्तुत गरेको छ । 

 

संघीय संसद्को आज बसेको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले गरिबी र पछौटेपनको अन्त्य गर्दै संविधानमा उल्लेख गरिएका नागरिकको मौलिक हकलाई सुरक्षित हुने गरी बजेट तयार गरिएको जानकारी दिए । 

 

भौतिक पूर्वाधारको विकास, ऊर्जा, सिंचाई क्षेत्रलाई बजेटमा विशेष प्राथमिकता दिइएको छ । यस्तै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अगाडि सारेको छ । 

 

बजेटले ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर सबै विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । त्यसैगरी आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने लक्ष्य राखिएको छ । 

 

मदन भण्डारी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने, सातवटै प्रदेशबाट श्रम स्वीकृतिका लागि आवश्यक कार्यालयको व्यवस्था गरिने भएको छ । 
शिक्षा विज्ञान प्रविधिको क्षेत्रमा रु एक खर्ब ३४ अर्ब बजेट विनियोजन गरिएको छ ।

 

यस्तै विद्यार्थीलाई पाँच प्रतिशत व्याजमा रु. सात लाखसम्मको शैक्षिक ऋण दिने कार्यक्रम समेत बजेटमा समावेश छ । 


थप समाचार

सफल जीवनः जर्मन चान्सलर एन्जेला मर्केलको जीवनयात्रा

  • 2 minutes ago
सफल जीवनः जर्मन चान्सलर एन्जेला मर्केलको जीवनयात्रा

एजेन्सी । जर्मनीको इतिहासमा पहिलो महिला चान्सलर बनेकी एन्जेला डोरोथिया क्रिस्टियन डेमोक्रेटिक युनियनकी नेतृ पनि हुन् । जर्मन राजनीतिज्ञ र पुर्व रिसर्च साइन्टिस्ट मर्केलले युरोपियन युनियमा ठुलो जिम्मेव

सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय

  • 15 minutes ago
सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय

काठमाडौं । आज फाइन सुन तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबारको तुलनामा सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।

आइएसविरोधी गठबन्धनले गरेको कारबाहीमा ४३ सिरियालीको मृत्यु

  • 15 minutes ago
आइएसविरोधी गठबन्धनले गरेको कारबाहीमा ४३ सिरियालीको मृत्यु

बेरूत, लेबनान । अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामन चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानब अधिकारवादी संगठनले शनिबार जनाएको छ । मारिनेमा अधिकांश सर्बसाधारण रह



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन खाने फर्सी ? यस्ता छन् फाइदा

किन खाने फर्सी ? यस्ता छन् फाइदा

काठमाडौं । फर्सी धेरै उपयोगी फल हो । फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी नै हुन्छ । फर्सीको मुन्टा र डल्लोमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । यसले कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा भएमा औषधिका रूपमा समेत काम गर्छ । कब्जियत भएमा तथा टाउको दुखेमा पनि फर्सिले काम गर्छ । त्यस्तै पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ ।

विचित्र विश्व

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

एक दिनमा १२ घण्टा दिउँसो र १२ घन्टा राति हुन्छ भन्ने सामान्य कुरा त हामि सबैलाई थाहा भएकै कुरा हो तर विश्वमा केही यस्ता ठाँउहरु पनि छन् जहाँ चौबिसै घण्टा दिउँसो हुन्छ ।