अर्थमन्त्री खतिवडाकाे जवाफ : बजेट वायुपंखी घाेडा हाेइन, कछुवाकाे गतिमा कार्यान्वयन हुन्छ

फाइल फाेटाे
Education Park

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकार दुई तिहाइ बहुमतको भए पनि आर्थिक अनुशासनभित्र रहेर चल्ने बताएका छन् । 

 

राष्ट्रियसभामा आव २०७५/७६ को आयव्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत र सजग रहेको बताए । 

 

उनले सरकार कालो धनको पक्षमा नरहेको जनाउँदै स्वस्थ्य र पारदर्शी ढंगले कार्यक्रमलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । 

 

डा. खतिवडाले भने, ‘प्रतिपक्षले भनेजस्तो यो बजेट न त बायुपंखी घोडा हो, न त कछुवाको गतिमै कार्यान्वयन हुन्छ, हामी हाम्रै गतिमा हिँड्छौँ, कसैको उक्साहटमा लाग्दैनौँ, पहिलको भन्दा छिटो हिँड्छौँ ।’ 

 

बजेटले राखेको आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्छौ, यसले आर्थिक समृद्धिका लागि ठूलो फड्को मार्ने र प्रतिपक्षले भनेजस्तो हावामा नभई खुट्टा जमीनमै टेकेको बताउँदै डा खतिवडाले भने, ‘राष्ट्रिय उद्योगलाई संरक्षणको नीति दिएर पहिलो पटक बजेट ल्याएका छौँ । उद्योगलाई पारदर्शी व्यवहार गर्न सहयोग गरिरहेका छौँ । सरकारले निजी क्षेत्रमैत्री एकद्वार प्रणाली अवलम्बन गरेको छ, धेरै पैसा कमाउनेलाई कर लगाउने कुरालाई निजी क्षेत्रसँग जोडर हेर्न हुन्न, धेरै सम्पति कमाउनेलाई निजी क्षेत्रसग जोड्दा अन्याय हुनेछ ।’ 

 

अर्थमन्त्री खतिवडाले भने, ’कुन मुलुक विश्वमा यस्तो छ, राज्यलाई प्रभावकारी भूमिकामा नराखी समाजवादी अर्थतन्त्र ल्याएको होस् । राज्य र निजी क्षेत्रको भूमिकालाई परिपूरक गरेर अघि लैजाने हो । आवतजावत गर्ने, सम्पत्ति कमाउने अधिकार सबै जनतालाई छ, कमाएको सम्पत्तिमा राज्यले कर लिने कुरा कसरी बेठीक हो ?’ 

 

संघ, प्रदेश र स्थानीय तहको भूमिका परिपूरक रहेको र अर्को वर्ष प्रदेशमा बजेट थपिने उनले बताए । डा. खतिवडाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बजेट रु. एक खर्बभन्दा बढी प्रधानमन्त्री कार्यालयमा राखेकै कारण अधिनायकवादका रुपमा नहेर्न आग्रह गरे । 

 

उनले भने, ’लगानीको वातावरण बनाइन्छ, संस्थागत करका दरमा फरक पारेको छैन, वर्तमान सरकार निजी क्षेत्रलाई सम्मान गर्ने सरकार हो, सामाजिक सुरक्षाका स्वरुप र दायरा परिवर्तन हुँदैछ, बीमा र आवासका कुरा छन्, सामाजिक सुरक्षा भत्ता हामीले नै ल्याएका हौँ ।’ 

 

बैठकमा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले अर्थमन्त्रीसँग अदालतका लागि छुट्याइएको बजेट कम भएको विषयमा स्पष्टीकरण माग गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २७ गते बिहान ११ बजे बस्नेछ । 


थप समाचार

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

  • 11 minutes ago
यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

आज वि.सं.२०७६ साल असार १२ गते । विहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी, ५५ घडी ५७ पला, रातको ०

माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

  • 20 minutes ago
माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

जिरी । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ । माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पु¥याएसँगै जडानकार्य पनि शुरु भएक

तीन दशकपछि कालोपत्रे सुरु भयो

  • 23 minutes ago
तीन दशकपछि कालोपत्रे सुरु भयो

डडेल्धुरा । डडेल्धुराको वुडर जोगबुढा सडक निर्माण शुरु भएको तीन दशकपछि कालोपत्रे लगायतको काम शुरु भएको छ । डोटी वुडरदेखि डडेल्धुराको सदरमुकाम जोगबुढासम्मको ३० किलो मिटर सडकमा कालोपत्रेको काम थालिएको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

आज वि.सं.२०७६ साल असार १२ गते । विहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी, ५५ घडी ५७ पला, रातको ०३ बजेर ३४ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।