बजेटको पक्ष र विपक्षमा छलफलः क–कसले के–के भने ?

  • आइतबार, २० जेष्ठ, २०७५
  • 3 months ago
  • अर्थ

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदहरुले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी, व्यावहारिक र वस्तुपरक रहेको बताएका छन् ।

 

विपक्षी दलका सांसदहरुले भने बजेट यथार्थपरक नभएको भन्दै आलोचना गरे । 

 

आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सत्तापक्षका सांसदहरुले बजेट वस्तुपरक रहेको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 

 

सांसद प्रभु शाहले आगामी आवका लागि प्रस्तुत बजेट वस्तुपरक र यथार्थमा आधारित भएको र बजेटले लिएको लक्ष्य उपयुक्त भएकाले कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । उनले शहीद परिवारको जीवनयापन सहज बनाउनका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 

 

सांसद भानुभक्त ढकालले सरकारले आगामी आवका लागि प्रस्तुत गरेको बजेट हालसम्मकै प्रभावकारी रहेको भन्दै विरोधका लागि विरोध गर्ने प्रवृत्ति गलत रहेको बताए । 

 

विगतमा राज्यकोषको चरम दुरुपयोग गरिएको र देखाउनका लागिमात्रै केही कार्यक्रम ल्याइएको भन्दै उहाँले वर्तमान सरकारले यथार्थवादी बजेट प्रस्तुत गरेको दाबी गरे । 

 

सांसद राजकिशोर यादवले सरकारले ल्याएको बजेटमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा विज्ञापनमा भनिएजस्तै ‘हात्ती र हात्ती छाप चप्पल’ जस्तो भएको बताए । उनले स्थानीय, प्रदेश र संघबीचमा बजेटले तालमेल नगरेको भन्दै बजेट संघीताको मर्म भन्दा बाहिर रहेको आरोप लगाए । 

 

सांसद उमाशंकर अरगरीयाले बजेट वितरण प्रक्रिया व्यवहारिक र वस्तुपरक नभएको, हचुवाको आधारमा मात्रै विनियोजन गरिएको बताए । 

 

सांसद राजेन्द्र लिङदेनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा व्यक्त भएका प्रतिवद्धताबाट वर्तमान सरकार पर हटेर बजेट निर्माण गरेको भन्दै यस्तो प्रक्रियाबाट आर्थिक समृद्धि प्राप्त गर्न नसकिने टिप्पणी गरे । 

 

सांसद सुजाता कोइरालाले शान्ति प्रक्रिया अझैसम्म नटुङ्गिएकाले सहमति, सहकार्य र एकता अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेपाली काँग्रेसलाई एक्ल्याएर जाने कार्यले राम्रो नगर्ने बताए । 

 

आगामी आवका लागि प्रस्तुत बजेटमा नेपाली काँग्रेसले जितेको स्थानीय निकायमा पक्षपात गरेर बजेट विनियोजन भएको भन्दै उनले त्यसलाई सच्याउन आग्रह गरे । सांसद कोइरालले पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई बजेटले भूलेकाले त्यसतर्फ ध्यान दिन माग गरे । 

 

सांसद रामेश्वरराय यादवले बजेटमा देखाएको समृद्ध नेपाल, सुखी नेपालीको सपना अत्यन्त महत्वपूर्ण भएको भन्दै प्रतिपक्षलाई साथमा लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

 

सांसद एकवाल मियाँले बजेटले माथिबाट तल्लोस्तरमा कार्यक्रम लगेकाले प्रभावकारी नहुने भन्दै स्थानीय तहदेखि केन्द्रसम्म हुने गरी बजेट बिनियोजन हुनुपर्ने बताए । उनले बजेट असन्तुलित भएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिए । 

 

सांसद सरिता गिरीले आर्थिक नीति तथा लक्ष्य प्राप्तिका हिसाबले बजेटमाथि शंका रहेको भन्दै केन्द्रिकृत राज्य व्यवस्थाको चरम विन्दुमा रहेको बजेट सामाजिक न्यायका विरुद्ध पनि भएको बताए । 

 

सांसद बिन्दा पाण्डेले सरकारले बजेटमार्फत आर्थिक वृद्धिदर आठ प्रतिशत पु¥याउने, आगामी आव भित्र पाँच लाखजनालाई नयाँ रोजगारी सिर्जना गर्ने, सिपयुक्त जनशक्तिको व्यवस्था गर्ने, निर्यातजन्य उद्योगको विकास गर्नेजस्ता विषय सकारात्मक र प्रभावकारी रहेको धारणा व्यक्त गरे । 

 

सांसद डा नारायण खड्काले आठ प्रतिशत आर्थिक वृद्धिदरको आधार के हो भन्ने प्रश्न गर्दै बजेट ‘फोकस लेन्स’ भएको आरोप लगाए । 

 

सांसद हितबहादुर तामाङले विगतमा उदारिकरणको नाममा उद्योग धन्दा बिक्री गरेर आर्थिक समृद्धि हुन्छ भन्नेहरुले वर्तमान सरकारले ल्याएको बजेटको विरोध गरेको भन्दै सारभूतरुपमा बजेटले समाजवादको आधार तयार पार्नेमा जोड दिए । 

 

सांसद पुष्पाकुमारीकर्ण कायस्थले बजेटले सबै क्षत्रेलाई उत्तिकै महत्व दिएको भन्दै यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 

 

सांसद प्रकाशमान सिंहले दुई तिहाई मत प्राप्त वर्तमान सरकारले बजेटमा ‘निराशाको पोको’ मात्रै ल्याएको आरोप लगाए । खुला अर्थनीति अंगालेको मुलुकमा निजी क्षेत्रलाई नियन्त्रण गर्न खोजिएको भन्दै उनले सरकारको व्यवहार प्रजातान्त्रिक मूल्य र मान्यता विपरित छ भने । 

 

 


थप समाचार

हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

  • 10 hours ago
हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

काठमाडौं । प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले महाअभियोगको सामना गर्न आफु तयार रहेको बताएका छन् । सत्तारुढ दल नेकपाले महाअभियोग प्रस्ताव पेश गर्ने भन्दै आफ्ना स

खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

  • 10 hours ago
खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

काठमाडौं । संसदीय सुनवाई विशेष समितिबाट प्रधानन्यायधीशमा अस्वीकृत दीपकराज जोशी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सत्तारुढ दल नेकपाका सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ । नयाँ प्रधानन्यायाधीश न

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

  • 10 hours ago
फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

काठमाडौँ । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको