बुढीगण्डकीलाई चालु आर्थिक वर्षभन्दा ८ अर्ब बढी बजेट विनियोजन
- बुधबार, १६ जेष्ठ, २०७५
- 8 months ago
- अर्थ

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजनाको लागि सरकारले १७ अर्ब ९९ करोडल ९६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई चालु आर्थिक वर्षको भन्दा झण्डै ८ अर्ब बढी बजेट विनियोजन गरेको हो ।
सरकारले चालु आर्थिक वर्षमा बुढीगण्डकी जलविद्युत आयोजनालाई १० अर्ब १७ करोड बजेट विनियोगन गरेको थियो ।
आगामी वर्षका लागि विनियोजन गरेको रकममध्ये अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणका लागि मात्रै १७ अर्ब ७३ करोड छुट्याइएको छ ।
बाँकी रकमले पुनर्बास र पुनर्स्थापनाका कामहरु पनि सुरु गरिने बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्थापना इकाइका प्रमुख कृष्णबहादुर कार्कीले बताए ।
बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने गोरखा र धादिङका साविकका २७ गाविसका जग्गा सरकारले २०७३ चैतदेखि नै खरिद बिक्री रोक्का गरेको छ ।
रोक्का गरिएकामध्ये चालु आर्थिक वर्षसम्म गोरखा र धादिङका गरी साविकका १२ गाविसको मात्र मुआब्जा वितरण सकिने अनुमान गरिएको छ । सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा मुआब्जा वितरण लम्बिरहेको छ ।
बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको जग्गाको भने मुआब्जा नै तोकिएको छैन । कार्कीले अहिलेको बजेटले ती क्षेत्रको समेत मुआब्जा वितरण गर्न पु्ग्ने वा नपुग्नेबारे हिसाब गरिनसकेको बताए ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा बजेट प्रस्तुत गर्दा आगामी आर्थिक वर्षमा बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गरिसक्ने र निर्माण सुरु गर्ने बताएका थिए ।
थप समाचार
खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी
- 1 hour ago

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतै रोकिएकी छन् ।
नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद
- 1 hour ago

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरबाट ३ थान बन्दुक बरामद गरिएको छ ।
पाँच कम्पनीकाे शेयर सूचिकृत
- 2 hours ago

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।
विचित्र विश्व
शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।