आरुघाट बजारको मुअब्जा २५ लाखसम्म दिनुपर्ने माग

  • शनिबार, ६ असोज, २०७५
  • 2 months ago
  • अर्थ

गोरखा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रका प्रभावितले आरुघाट बजारको मुअब्जा निर्धारण गर्दा प्रतिआना रु २५ लाख सम्म दिइनुपर्ने माग गरेका छन् । 

 

प्रभावितहरूको तर्फबाट धादिङ र गोरखाका संयुक्त सरोकार समितिले बूढीगण्डकी आयोजनाको वातावरण मुअब्जा वितरण पुर्नवास तथा पुनःस्थापना इकाइका संयोजक कृष्ण कार्कीलाई आज ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् । 

 

सरोकार समितिका गोरखा संयोजक जगन्नाथ खनाल र धादिङका संयोजक दिनेशकुमार ढकालसहितको टोलीले संयोजक कार्कीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् । 

 

ज्ञापनपत्रमा आरुघाट बजारको शाखा सडकमा प्रतिआना रु २० लाख, अन्य शाखा सडकमा प्रतिआना रु १५ लाख मुअब्जा निर्धारण हुनुपर्ने माग गरिएको हो । त्यस्तै घडेरी उन्मुख आवादी जग्गाको मुअब्जा प्रतिआना रु १० लाख निर्धारण हुनुपर्ने उनीहरूले माग गरेका छन् । 

 

चापनी, स्वर्खा, ओढारे, स्तुलखोला, र बूढीगण्डकी किनारको सम्पूर्ण आवादी जग्गाको मुअब्जा प्रतिरोपनी रु २० लाख निर्धारण हुनुपर्ने, मध्यपहाडी लोकमार्गको स्वामी चौतारादेखि बूढीगण्डकी पक्की पुल र बूढीगण्डकीको पक्की पुलदेखि विशाल नगरसम्मको क्षेत्रको प्रतिरोपनी रु २५ लाख मुअब्जा निर्धारण डुबान प्रभावितको माग छ । 

 

ज्ञापनपत्रमा डुबानका कारण पुख्र्यौली भूमि छोड्नु पर्दाको मनोवैज्ञानिक पीडामा रहेका डुबान प्रभावितलाई छिटो न्यायोचित मुअब्जा निर्धारण गरी वितरण गर्नुपर्ने माग गरिएको हो । आरुघाट बजार गोरखा र धादिङको व्यापारिक केन्द्रको रूपमा रहेको, गोरखा–आरुघाट, धादिङ–आरुघाट र काठमाडौंसँग सिधा सडक जोगिएको तथा सबै गाउँपालिकाको आरुघाट केन्द्र भएकाले मुअब्जा निर्धारण गर्दा यस्ता विषयलाई आधारमा बनाइनुपर्ने उनीहरूको माग छ । 

 

ज्ञापन पत्र बुझ्दै संयोजक कार्कीले डुबान प्रभावित आरुघाट बजारको स्थलगत अध्ययन गरी उचित मुअब्जा निर्धारण गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । बूढी आयोजनाको मुअब्जा निर्धारण हुन बाँकी रहेका स्थान आरुघाट, खहरे लगायतका क्षेत्रको मुअब्जा निर्धारण गर्न अध्ययन भइरहेको भन्दै छिट्टै मुअब्जा तोकिने उहाँले जानकारी दिए । 


थप समाचार

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 2 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 7 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

  • 8 hours ago
ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

गत महिना प्रधानमन्त्री मेले युरोपेली संघसंग गरेको ब्रेक्जिट सम्झौता बेलायतमा लगभग अस्वीकृत जस्तै बनेपछि सम्झौताका केहि बुंदामा परिमार्जन गराउने उनको कोशिस थियो । तर युरोपेली संघले सम्झौता थप वार्ताको



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।