बिना प्रतिस्पर्धा प्रभु बैंकलाई बुढीगण्डकीको मुआब्जा वितरणको जिम्मा

Education Park

गोरखा  । बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितका लागि वितरण हुने मुआब्जाको रकम वितरणमा बिवाद देखिएको छ । प्रभावितका लागि वितरण गर्ने रकम बिना प्रतिस्प्रधा निजी बैंकलाई दिएको भन्दै विवाद भएको हो । यसअघि राष्ट्रिय बाणिज्य बैंक मार्फत वितरण हुदै आएको भएपनि पछिल्लो समय ढिलासुस्ती भएको भन्दै आयोजनाले प्रभु बैंकलाई वितरणको जिम्मा दिएको हो ।

 

‘हामीले पहिलादेखि नै मुआब्जा वितरण गर्दै आइरहेका छौ, यो पल्ट पनि आयोजना कार्यालयको आग्रहमा उहाँहरुकै कार्यालयमा डेक्स राखेर प्रभावितहरुको तथ्यांक संकलन हामीले नै गरेका हौ’ राष्ट्रिय बाणिज्य बैंक गोरखाका प्रबन्धक महेन्द्र प्रसाद तिमिल्सिनाले भने ‘यो पल्ट मुआब्जा बितरण हुने तिनै गाविसका प्रभावितहरुको खाता समेत खोलेर चेक समेत बनाइसकेका छौ, अब ति सब चेक पोल्न पर्ने भएको छ ।’ 

 

यो पटक बितरण हुने साविकका गाविसहरु फुजेल, नामजुङ र बोर्लाङका प्रभावितहरुको सम्पूर्ण तथ्यांक संकलन गरुनजेल केही नबोलेको आयोजनाको कार्यालयले अन्तिम समयमा निजी बैंकलाई वितरणको जिम्मा दिएको बाणिज्य बैंकको आरोप छ । ‘पहिला तपाईहरुले नै हो बाड्ने भनेर तथ्यांक संकलन गर्न लगाउनु भयो अनि अन्तिममा बाणिज्यले ढिला सुस्ती गर्छ भनेर बिना प्रतिस्प्रधा निजी बैंकलाई वितरणको जिम्मा दिने भनेर निर्णय गर्नुभएछ, हामीले त निर्णय भएपछि मात्रै थाहा पायौ’ बैंकका प्रबन्धक तिमिल्सिनाले भने ।

 

यस अघि बाणिज्य बैंकले घ्याल्चोक, भुम्लिचोक, दर्बुङ गाविस र फुजेलका केही वडाहरु गरेर १ हजार ९ सय ६६ घरधुरीलाई कार्यालयले तोकेकै समयभित्र मुआब्जा वितरण गरिसकेको जनाएको छ । ‘पहिला हामीले यत्रो घरधुरीलाई मुआब्जा बाड्यौ, गाँउगाँउमा घुम्ती शिविर गरेर मुआब्जाको रकम बाड्यौ, अहिले आएर ढिला ग¥यो, जनताले दुख पाए भन्न कतिको उपयुक्त हो ?’ उनले भने ।

 

आयोजनाको कार्यालयले भने साविकको फुजेलका केही वडाका ४ सय ३२ घरधुरीलाई मुआब्जाको रकम वितरण गर्न ७० करोड ३७ लाख ३६ हजार ८ सय ८५ रकम बाणिज्यको खातामा पठाएको बैंकको भनाई छ । यता प्रभु बैंकलाई साविकका नामजुङ र बुंकोटको जिम्मा दिएको छ । दुई साविकका गाविसका प्रभावितका लागि १ अर्ब ३५ करोड रकम प्रभु बैंकको खातामा निकासा भएको छ ।

 

यता प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई भने धेरै प्रभावितलाई एकै पटक मुआब्जा वितरण गर्नुपरेकाले यो उपाय अपनाइएको बताउछन् । ‘हामी ठूलो भोलुममा काम गर्दैछौ, पहिलादेखि नै निजी बैंकलाई पनि दिनुपर्छ भन्ने छलफल चलेको रहेछ, जनतालाई छिटो र प्रभावकारी रुपमा रकम वितरण होस भनेर यस्तो निर्णय गरेका हौ’ उनले भने ‘यो ट्रायल हो, यसबाट जनता सन्तुष्ट भए भने अर्को पटक अरुलाई पनि वितरण गर्न जिम्मेवारी दिन्छौ ।’ तर बैंक छनौट गर्दा प्रतिस्प्रधा भने नगराएको उनि स्विर्काछन् ‘हामी प्रतिस्प्रधा गराउन तिर नलागेकै हो, पहिलेदेखि नै प्रभु बैंकले आयोजनामा कुरा गरिरहेको रहेछ, त्यै भएर अहिलेलाई उहाँहरुलाई मात्रै दियौ  ।’

 

दुवै बैंकलाई एकै दिन रकम निकासा भएको र जसले छिटो र जनतालाई चित्त बुझाएर मुआब्जा बितरण गर्छ आगामी दिनमा उसैलाई प्राथमिकतामा राखेर जिम्मेवारी दिने प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ । ‘हामीले एकै दिन दुवै बैंकलाई रकम निकासा गरेका छौ, हेरौ कसले छिटो बाड्छ, यो पहिलो चरणलाई हामीले ट्रायल कै रुपमा हेरेका छौ’ उनले भने ।

 


थप समाचार

डी लिट्ट किन बार्सिलोनाको अफर लत्याएर युभेन्ट्स गए ?

  • 7 minutes ago
डी लिट्ट किन बार्सिलोनाको अफर लत्याएर युभेन्ट्स गए ?

एजेन्सी । इटालियन क्लब युभेन्ट्सले नेदरल्याण्ड्सका युवा खेलाडी माथिस डी लिट्टलाई भित्र्याएका छन् । उनलाई स्पेनिस क्लब बार्सिलोना र फ्रान्सेली क्लब पीएसजीले अफर गरेको भए पनि उनी इटालियन घरेलु लिग विजेत

अष्ट्रेलियाको पीआर लिएकाहरू न्यूजिल्याण्डमा गएर बस्न र काम गर्न पाउँछन् कि पाउँदैनन् ?

  • 11 minutes ago
अष्ट्रेलियाको पीआर लिएकाहरू न्यूजिल्याण्डमा गएर बस्न र काम गर्न पाउँछन् कि पाउँदैनन् ?

केही दिन अगाडि मलाई एउटा फोन आयो । फोन गर्ने व्यक्तिले आफू इमिग्रेशन डिपार्ट्मेन्टको अफिसर भएको, अष्ट्रेलियाको सरकारले विद्यार्थीको लागि नयाँ नियम ल्याएको

'प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस्'

  • 19 minutes ago
'प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस्'

एक दाजु भाई हरेक दिन समुद्रको किनारै किनार हिड्ने गर्थे । सँगै हिड्दा दाजुले कहिलेकाही भाईलाई पिट्ने वा गालीगलौज गर्ने गथ्र्यो । तर, भाई जवाफ फर्काउँदैनथ्यो, बरू रिस उठ्नासाथ दाजुले आज गाली ग¥यो भन्द



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।